ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

गरिबका घर उज्याला हुँदै

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

माण्डवी गाउँपालिका–५ रम्दी सिखे्रकी क्वारी थापाले ६९ वर्षको उमेर हुँदासमेत बिजुलीको उज्यालो अनुभव गरिनन् । खरले छाएको झुपडीमा उनी वर्षौदेखि एक्लो जीवन विताइरहेकी छन् । घरखर्च धान्नै मुश्किल पर्ने थापालाई बिजुली जडान गर्ने सपनाजस्तै लाग्छ । चर्किएको घरमा उनको जीवन गुज्रिरहेको छ ।
हालै गाउँपालिकाबाट घरमा बिजुली जडान गरिदिने खबर सुनेपछि उनी खुसी छन् । ‘यतिका वर्ष अध्याँरोमै बिते’,उनले भनिन्,‘गाउँपालिकाले बिजुली ल्याइदिने खबर सुनेकी छु । चाँडै गर्दिए हुन्थ्यो ।’ उनका श्रीमानको ३० वर्ष अघि नै मृत्यु भइसक्यो । श्रीमान्को मृत्युपछि थापाका दुःखका दिन शुरु भएका हुन् । एउटी छोरी थिइन, उनको पनि विहे भइसक्यो । गाउँभरी सवैको घरमा बिजुली बलेको छ । विधुवा भत्ताले थापाको जीवन चलेको छ । उनीसहित आर्थिक अभावले विजुली जडान नगर्नेहरू गाउँमा तीन जना छन् । स्थानीय धन बहादुर घर्ति र चिन्त बहादुर थापाको घरमा विद्युत विस्तार हुन नसकेको स्थानीय बल बहादुर घर्तिले बताए ।
आफ्नै गाउँपालिकाभित्रै झिमरुक जलविद्युत आयोजना संचालन भएपनि गरिबीकै कारण उनीहरूले उज्यालो महशुस गर्न नपाएका हुन् । जनप्रतिनिधि चुनिएपछि गरिबको घरमा विद्युत बिस्तार हुने खवरले गाउँलेहरू हर्षित छन् । गाउँमा विद्युत विस्तार भएपनि वर्षौदेखि बिजुली जडान गर्न नसकेकाहरूको घरमा उज्यालो गराउने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी गराए । आर्थिक अवस्था कमजोर भएर विद्युत जडान गर्न नसकेकाहरूलाई पहिलो प्राथमिकता दिएर योजना अघि बढाउने उनको भनाई छ । ‘केही घरमा पैसा नभएकै कारण बिजुली जडान नभएको पाइएको छ’,उनले भने,‘त्यस्ता व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिएर काम गर्छौ ।’ गाउँ गाउँबाट घरपरिवार पहिचान गर्ने काम भइरहेको समेत उनले बताए ।
क्रमागत रूपमा योजना संचालन गर्नेगरी यसवर्ष विद्युतीकरण विस्तारका लागि दशलाख रूपैयाँ बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत नारायण पौडेलले जानकारी दिए । ‘धेरैजसो विद्युत पहुँच नै नपुगेका छन्’,उनले भने,‘निवेदन संकलन गर्ने काम भइरहेको छ । प्राथमिकताका आधारमा सहयोग गर्छौ ।’ बुटवल पावर कम्पनी लिमिटेडसँग सहकार्य गरेर विद्युतीकरणको काम पुरा गर्ने योजना रहेको उनले बताए । गाउँपालिकाले सम्वन्धित व्यक्तिलाई लुज तार, जडान खर्च लगाएत सहयोग गरेपछि नियमित विद्युत महशुल उपभोक्ताले नै तिर्नुपर्ने छ । हालसम्म २ सय ९९ घरधुरीमा विद्युत्त बिस्तार हुन नसकेको तथ्यांक संकलन भएको उनले जानकारी दिए । यसमध्ये वडा नम्बर एकमा एकसय नौ जना, दुईमा ७४, तीनमा ५४, चारमा ४५ र पाँचमा १७ जना छन् । संकलित तथ्यांकलाई छिट्टै अन्तिम रूप दिएर योजना अघि बढाउने उनले बताए । माण्डवी गाउँपालिकाभरी विद्युत विस्तार गर्ने क्षेत्राधिकार बुटवल पावर कम्पनी लिमिटेडको हो । साविकका २३ गाविसमा विद्युत विस्तार गर्दै आइरहेको वितरण प्रमुख श्याम थापाले जानकारी गराए । चालु आर्थिक वर्षमा विद्युतीकरणका लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएको समेत उनले जानकारी गराए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?