© २०२३
यस क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल भएकोे रोटरी क्लव अफ बुटवलको २६ औ पदहस्तान्तरण कार्यक्रम विहिवार सम्पन्न भएको छ । यो क्लव सन १९९३ मा स्थापना भएको हो । कार्यक्रममा वर्ष २०१७÷१८ का अध्यक्ष राजेन्द्र लम्सालले वर्ष २०१८÷१९का अध्यक्ष नारायण प्रसाद पन्थलाई पद हस्तान्तरण गरे । त्यसैगरी सचिव मधु प्रसाद अर्यालले वर्ष २०१८÷१९ का सचिव दया भण्डारी तथा कोषाध्यक्ष वोनिन पियाले नव निर्वाचित कोषाध्यक्ष यदु पाण्डेलाई माईन्युट , खाता हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।
कार्यक्रममा रोटा वर्ष २०१८÷१९का अध्यक्ष पन्थलाई डिष्ट्ीक गभर्नर चिन्तामणी भट्टराईले पद तथा गोपनीयताको सपथ गराए लगत्तै अध्यक्ष पन्थले अन्य पदाधीकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए ।
रोटरी इन्टरनेश्नल डिष्ट्ीक ३२९२ नेपाल भूटानका डिष्ट्ीक गभर्नर चिन्तामणी भट्टराईले रोटरीले फेलोसिप भन्दा पनि समाजसेवालाई प्राथमिकता दिएको बताउदै समाजसेवमा लाग्न रोटरीयनहरुलाई आग्रह गरे । रोटरीले के काम ग¥यो भन्दा पनि समाजका कस्तो प्रभाव पा¥यो भन्ने कुरा महत्वपूर्ण हुने बताउदै उनले समाज रुपान्तरणमा रोटरी क्वल सारथी वन्न खोजेको बताए । उनले भने– हामी समाजसेवक हौ, समाज रुपान्तरण संघ सरकार र संघ संस्थासंग सगसंगै काम गर्न चाहन्छौ ।’ उनले रोटरी कलव वुटवल नमुना क्लव भएको बताउदै यसको शाख बचाउन र दुई पाईला अघि वढेर काम गर्न नव कार्य समितिलाई शुभकामना दिए ।
कार्यक्रममा डिजिएन राजिव पोखरेलले अन्य क्वलहरुले भन्दा फरक काम गर्न सुझाव दिए । आई सिएम चेयर सन्तोष रिजाल , रोटरी क्लव अफ बुटवल पास्ट प्रेसिडेण्ट काउन्सीलका अध्यक्ष निर्मल लाकौल, चिन्तामणि सुवेदी, विन्दु लम्साल, रोटरी क्वल अफ पाल्पा लुम्विनीका अध्यक्ष गोपाल पोखरेल, निवर्तमान अध्यक्ष राजेन्द्र लम्साल, इन्ट्याक्ट क्वलका अध्यक्ष रोहन भट्टराई, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष पन्थले रोटरीयनहरुले जिम्मेवारी सुम्पेको बताउदै जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी