© २०२३
‘हामी सेवा गर्छौं’ भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लब अफ बुटवल स्टार्सले शंकरनगर वनबाटिका तथा अनुसन्धान केन्द्र तिलोत्तमामा पहिलो पटक विश्व (ग्लोव) को मानचित्र सहितको लायन्स बाटिका निर्माण गरेको छ ।
क्लबले करिब १० लाख रूपैयाँ बराबरको ‘लायन्स स्टार्स बाटिका’ निर्माण गरेको हो । बाटिकाको शुक्रबार लायन्स डिष्ट्रिक ३२५ वि २ ड्रिष्टिक गर्भनर शुनिल ओझा एमजेएफले पार्कको उद्घाटन गरेका हुन् । पार्कमा पहिलो पटक सोलार प्रणालीबाट सञ्चालन हुने विश्वको ग्लोब राखिने छ । निरन्तर रूपमा चलिरहने विश्वलाई नै एकताको सन्देश दिने खालको हुने लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एम्. एल्. पाण्डेले जानकारी दिए ।
उनका अनुसार पार्कको एक छेउमा विहान मर्निङ्ग वाकको लागि आएका अवलोकन कर्ताहरूको लागि छुट्टै जिम सेन्टर समेत सञ्चालन गरिने छ । जुन बाटिका भित्र पहिलो पटक लायन्स स्टार्सले गर्न लागेको हो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गर्भनर शुनिल ओझाले वातावरण जोगाउनको लागि क्बले गरेको कार्य उच्च रहेको भन्दै सराहना गरेका थिए । उनले छोटो समयमा नै क्लबले देवदहमा हर्वल गार्डेन निर्माण गर्नुको साथै अहिले वन बाटिकामा लायन्स गार्डेन निर्माण गर्नु आफैमा गौरवको कार्य भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व डिष्ट्रिक गर्भनर अरूण प्रताप राणाले वन वाटिकामा निर्माण हुन लागेको भ्यु टावरमा पनि लायन्सले सहकार्य गर्न सक्ने बताएका थिए । युवाहरूको स–सानो प्रयासबाट नै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने भन्दै पूर्व गभर्नर राणाले समाजमा जित्ने मानिसहरूले हरेक कार्य फरक ढंगले गर्दै आएको भनाई राखेका थिए ।
कार्यक्रममा शंकर नगर वन विहार तथा अनुसन्धान केन्द्र सञ्चालक समितिका अध्यक्ष बाबुराम अर्याल, सहिद स्मृति पार्क सञ्चालक समितिका अध्यक्ष खिमलाल पाण्डे, सिनियर डिष्ट्रिक एड्भाईजर नवराज न्यौपाने, एडिष्ट्रिक एड्भाईजर टंक प्रसाद गैरे, योगेश आचार्य, फष्ट लेडी मिरा ओझा क्लबका पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्ष शुसिल पाण्डे लगायतले बोलेका थिए । à