© २०२३
रोशनी भण्डारी
तीज पौराणिक कालदेखि मनाउँदै आएको एउटा रमाइलो चाड हो । यो पर्वले महिलाहरूलाई आफ्नो माइतिघरका नातागोता, छरछिमेकी, इष्टमित्र, बाबाआमा, दाजुभाइ, दिदिबहीनी आदिस“ग भेटघाट गर्ने अवसर मिलाइदिन्छ । माइतिघरमा पाकेको खानाको परिकार खाने, भेटघाट गर्ने, नाचगान गर्ने, रमाइलो गर्ने आदि यस पर्वका बिशेषता हुन् । तर, अहिले यसको स्वरूप पुरै बदलिएको छ । हरियो तरकारी, गेडागुडी, अचार, खीर, पुलाउ, दाल, पनिर, च्याउ, चुकौनी, फलफूल, दूध दहीजस्ता स्वादिला र पोषणयुक्त खानेकुरा हाम्रो अ“ाखाले देख्दैनन् । दरखाने भन्ने बित्तिकै हाम्रो मानसपटलमा चिकेन मटन, माछा, भुटुवा, तारेको मासु, रोष्टजस्ता परिकारहरू झलझली आउने गर्दछन् । अझ हुनेखानेहरूले त तीजको दर रेष्टुरेष्टमा गएर खाने, रेकर्डगरिएका पपगीत, छाडा लोकगीतहरूमा नाच्ने, मदिरा पिउनेजस्ता चलन पनि चलाइसकेका छन् ।
पुराना तीजका गीतहरूले चेलीले पतिको घरमा भोग्नुपरेका बेदना, सासु र बुहारीबीचको बेमेल र नन्द भाउजुबीचको असमझदारी तथा देउरानी जेठानीबीचको मनमुटावजस्ता कुराहरू प्रत्यक्ष वा लाक्षणिक रूपमा दर्शाउ“थे । आजभोलि खाली मायाप्रिति र प्रेममा आधारित गीतहरूले गर्दा पुराना गीतहरू आश्चर्य लाग्ने विषय बस्तुजस्ता बनेका छन् । महंगा महंगा कपडा र गरगहनाले गर्दा पनि यस पर्वमा मध्य र निम्न आर्थिक अवस्था हुनेहरूले अप्ठारो र बोझ महशुस गर्ने गर्दछन् । यस्तो व्यवहारले गर्दा हुनेखाने र हु“दाखाने नेपाली महिलाहरूकाबीचमा आकाश र जमीनको फरक परेको छ । न्यून आयस्रोत हुनेहरू पनि हुनेखानेहरूको दा“जोमा तौलिन खोज्नु हाम्रो भूल हो । यस्तो चलनले हामीले तीजलाई सहजरूपले रमाइलो गरी मनाउनुको साटो बोझ र भारी मान्नुपर्ने स्थिति सृजना गरिदिन्छ । त्यसैले आफ्नो गच्छे अनुसारको कपडा गरगहना लगाऔं सादा र पोषणयुक्त दाना पकाएर खाऔं, तीजलाई हा“सी हा“सी रमाइलो गरी मनाऔं र यसको मौलिकता र महत्वलाई जोगाऔं रिमिक्स नगरौं ।
बुटवल ४, आदर्शनगर