ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

बालमैत्री स्थानीय शासन वडाः शिवराज

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

जिल्ला समन्वय समिति कपिलवस्तुले शिवराज नगरपालिका वडा नं. ९ साविक शिवगढी गाविसलाई बालमैत्री स्थानीय शासन वडा घोषणाको स्वीकृति प्रदान गरेको छ ।बालमैत्री स्थानीय शासन रणनीति तथा कार्यान्वयन कार्यविधि २०६८ अनुसार सम्पूर्ण उपलब्धी पूरा गरेको साथै सूचकहरू हासिल गरेकाले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि जि.स.स.ले स्वीकृति प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति अन्तर्गत जिल्ला स्तरीय बालमैत्री स्थानीय शासन जिल्ला समिति, विषयगत कार्यालय र विज्ञको टोलीद्वारा गरिएको अनुगमन पश्चात वडाले सम्पूर्ण उपलब्धी पूरा गरेको ठहर गर्दै बालमैत्री स्थानीय शासन वडा घोषणाको स्वीकृति पत्र प्राप्त गरेको वडासचिव प्रेम वलीले जानकारी दिए ।
जिल्ला समन्वय समिति संयोजक एवं जिल्ला स्तरीय बालमैत्री स्थानीय शासन जिल्ला समिति संयोजक नारायण प्रसाद खनालको नेतृत्वको टोलीले वडास्थित विभिन्न विद्यालय, स्वास्थ्य चौकी, शौचालय लगायत बालमैत्री भए नभएको अनुगमन गरेको थियो । अनुगमन टोलीले स्थानीय अनगुमन तथा समन्वय समिति, बाल संजाल, सरसफाई लगायतका समितिसँग अन्तरक्रिया समेत गरेपछि सम्पूर्ण सूचक पूरा गरेको ठहर गरेका थियो ।
अनुगमन टोलीमा जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछाने, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत, महिला तथा बालबालिका कार्यालयका दिपेन्द्र पन्थी, शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्मा, कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल, कालिकाका सन्दिप लम्साल, जिल्ला समन्वय समिति सदस्य सठिया थारु, कालिका कार्यक्रम प्रमुख अजय कुमार चौधरी, सुभाष रेग्मी लगायतको सहभागिता रहेको थियो । टोलीले प्रकाश मावि, सरस्वती मावि, शिवगढी आधारभूत विद्यालय, शिवगढी स्वास्थ्य चौकी, २४ घण्टे प्रसुति सेवा लगायतको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनपश्चात वडा कार्यालयमा आयोजित अन्तरक्रियामा वडाध्यक्ष चुरबहादुर खडकाले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि विगत २०७१ सालदेखि बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिंदै आएको अवगत गराए । पाँच वर्षको प्रयासपछि बल्ल ३९ वटा सूचक पूरा गर्न सफल भई बालमैत्री स्थानीय शासन वडा घोषणाको अन्तिम चरणमा पुगेको बताए ।
आगामी असोज ३ गतेका दिन शिवराज नगरपालिका वडा नं. ९ लाई भव्यताका साथ बालमैत्री स्थानीय शासन वडा घोषणाको तयारीमा जुटेको उद्घोष गरे । बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि यतिबेला त्यहाँ मूल समितिको मातहतमा विभिन्न ७ वटा उपसमिति गठन गरी कार्यक्रम अघि बढाई पूरा तयारी पूरा भएको वडाध्यक्ष खडकाले बताएका छन् ।
वडाले पाँच वर्षपछि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेका सेवा प्रभाव सम्बन्धी २७ वटा सूचक तथा संस्थागत विकास सम्बन्धी १२ वटा सूचक गरी ३९ वटा सूचक पूरा गरेको अनुगमन टोलीले अनुगमन पश्चात ठहर गरेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%