ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तीजः कसरी मान्दैछौँ हामी ?

२६ भाद्र २०७५, मंगलवार
२६ भाद्र २०७५, मंगलवार

सरिता श्रीस

“कहाँमा जान्छौ रानी चरी बगाल, बरिलै भगवान्लाई भेटन
भगवानलाई भेटन के के पाहुर चाहिन्छ, बरिलै फूलपाती चन्दन”
तीजमा दिनहुँजसो यहि गीत सुनियो, आमाको धीमा गतिको नाच अहिले पनि स्मृतिमा ताजा छन् । अहिले सोंच्दा लाग्छ हामी यो गीतले तीजमात्र मान्दै थिएनौँ, भगवानको सर्वोच्चता स्वीकार्दै थियौँ । भगवानको अस्तित्व स्थापित गर्दै थियाँै र उनलाई पुज्नको लागि चाहिने सामग्रीको सुची संकलन गर्दै थियाँै । सोच्नुस त, जब तपाईँ कुनै मन्दिरको ढोका अगाडि पुग्नुहुन्छ, त्यस वरपरका पसलेले भन्छ “म्याडम एक सयमा फूल, पाती टिका, अगरबत्ति । म्याडम, त्रिशुल, धजा, नरिवल २५० मा”। यो बजार हामीलाई भगवानको घर खाली हात जानुहुन्न भनेर सिकाउँदै थियो, हिँजै देखि तयार गर्दै थियो ।
मेरी आमाहरू जसले दाइको किताब चोरी चोरी आफुले अक्षर चिने र मलाई बाबु ‘ह्वाट इज योर नेम’ भन भन्दै मैले ‘माई नेम इज सरिता श्रीस’ भनेको सुन्दा स्वर्गमै पुगेको अनुभुति गरँे । उनले छोरा छोरीलाई ईश्वरकै आशीर्वाद सम्झे, ईश्वरै सम्झे, अनि उनीलगायतले के र कसरी प्रश्न गरुन् यी सबै कुरामा ?
आजका आधुनिक ठानिने महिलाहरू, जो एकै झलकमा दुनिया घुमेर भ्याउँछन्, किन प्रश्न गरिरहेका छैनन् ? वर्तलाई डाइटिङको परिभाषा दिइरहेका छन् । डाइटिङ अन्य दिनमा पनि त हुन सक्छ तर त्यहि दिनको कथित डाइटिङले पुनः पुरुष प्रधान सत्ताको निरन्तरता स्वीकारिरहेको छ । बजारले महिलालाई भोग्य वस्तु सम्झियो भन्नेहरूले समेत प्रश्न गरीरहेका छैनन् । महिलाबाद बारे सधैँ चासो देखाए झैं गर्नेेहरूले पनि समाजको गहिराइमा पुगेर आलेचना गरेका छौँ त ?
मानिलिउँ कि यो मौसम गाउने र नाच्ने हो । उसो भए के हामी तयार छौं यो गीतको लागि –
“कहाँमा जान्छौ रानी चरी बगाल, बरीलै भगवानलाई भेटन
भगवानलाई भेट्ने कुरा साँचो हो या झुठो हो, बरिलै नढाँटी भन न”
के यो गीतले यही मर्ममा पूर्णता पाएर गाउन र नाच्न सम्भव छ ?
हाम्रो संस्कार, संस्कृति हाम्रो सम्पत्ति हुन्, परिचय हुन् । समयको गतिशीलतासँगै संस्कार, संस्कृति पनि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ ।
तीज एउटा परम्परा र संस्कृतिको रूपमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भइरहेछ । तर हरेक संस्कृतिको उद्गमको आफ्नै कारणहरू हुन्छन् । संस्कृति तत्कालिन उत्पादन सम्बन्धको उपज हो । उत्पादन सम्बन्धको परिवर्नन संगै कि त संस्कृति नामेट हुन्छन् कि त फरक फरक स्वरूपमा रूपान्तरण हुन्छन् । तीज पनि सामन्ति उत्पादन सम्बन्धको जगमा उठेको थियो भने अहिले पूँजीबादमा यो बजारको बिकाउ बस्तुमा परिणत भएको छ ।
तीज गीत भगवानकै वरिपरी मात्र घुमेको छैन, पक्कै पनि तीज । महिलाका दुःख पिरलाई गीतको माध्यमबाट पोख्ने चाड पनि हो । खास गरेर समाजमा महिलाको अवस्था कस्तो छ भन्ने बारे तीजका गीतहरूले चित्रण गर्दछन् । हरिदेवी कोइरालाको एउटा गीत–
“उडि आयो रानी चरि, बस्यो सेतो हिमालमा
बुहारी भन्दा दाइजो प्यारो, अहिले नेपालमा
मुखले त भन्छन् सबैले, दाइजो हामीलाई चाहिन्न
साँच्चै दाइजो नलिने त कोही पाइन्न”
तीजका अहिले प्रचलित गीत पनि दुई थरीका छन् । रेकर्ड भएर बजारमा घन्किरहेका केही गीतहरू शरीर रोमान्स, सस्तो पे्रम र यौवनसंग जोडिएका छन् भने तर टोल टोलमा गाँउ गाँउ मा महिला दिदि बहिनीहरूले गाइरहेका गीतहरू कञ्चनपुरको निर्मला काण्ड, बढ्दो बलत्कार र महिला हिंसा महङ्गी जस्ता सामयिक मुद्दामा केन्द्रीत छन् । यसले महिलाको विभाजित संसार उजागर गर्दछ ।
आजभोलि एक महिना देखि पार्टी प्यालेसमा तीज मनाउने, दर खाने प्रचलन शुरु भएको छ । यसको पछाडि सार्वजनिक स्थलको अभाव पनि हो । तर विभिन्न सम्पर्क समाज, संस्था, टोल समिति आदिले तीज मनाउने नाममा फजुल खर्च र मोजमस्तीमा केन्द्रीत भएका छन् । यसलाई विकृति भनेर आलोचना गरिँदा एकखाले टिप्पणी हुने गरेको छ – पुरुषले एघार महिना मनोरञ्जन गर्दछन् भने एक महिना महिलाले मनोरञ्जन गर्न किन नहुने तर यो निकै हचुवा र सस्तो टिप्पणी हो । खासमा पार्टी प्यालेसमा तीज मनाउनेहरू दिनभर महिला दिदी बहिनीलाई एक प्लेट खाना खुवाएर साँझ तिनै संस्थाका पुरुषहरूले रक्सी पार्टी गरेका उदाहरणहरू पनि प्रशस्त छन् । त्यसैले प्रश्न पार्टी प्यालेसमा मनाउने वा नमनाउने भन्ने होइन । प्रश्न आम महिलाका मुद्दा उठेका छन् कि छैनन् भन्ने हो । आम महिलाको पहुँचमा तीज कार्यक्रम छन् कि छैनन् भन्ने हो ।
अन्त्यमा,
सुन्नुहोला दिदी बहिनी, सुन्नुहोला दाजुभाइ
नयाँ नेपाल भन्छौँ हाम्ले बराबरीलाई
चेतनाका दियाहरू बारै मासे बाल्नु छ
शोषण र हिँसाहरू हाम्ले फाल्नु छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?