© २०२३
तिलक प्रसाद न्यौपाने
कुनैबेला योजना आयोगको भित्तामा राजाको फोटासंगै हलो जोतिरहेको ग्रामीण किसानको फोटा झुण्डाएर गरिब गाउँले र किसानको हितमा योजना बनाउने, बजेटको ठूलो हिस्सा गाउँको विकासमा प्रवाहित गर्ने, ग्रामीण जनताले अपनाएको व्यवसायिक गतिविधिहरूलाई अझ दक्ष बनाउन प्रयत्न गर्ने, कृषिमा आधारित उद्योगको स्थापनालाई प्राथमिकता र ग्रामीण जनता आत्मनिर्भर हुन पाउने उपाय र वातावरणका लागि सरकारले सहयोग पु¥याउने नीति लिइएको थियो । सरकारी अवधारणालाई बढावा दिने गाउँको दिगो विकास हुने वातावरणलाई निर्माण गर्न वीपी कोराइला दृढविश्वासकासाथ लागेका थिए । सोहीअनुसार हाल देशको बदलिँदो परिस्थितिअनुसार जसरी राजाको फोटा राखिएको योजना आयोगको भित्तामा हुनुपर्नेमा राष्ट्रपतिको फोटासँगै गरिब किसान जसले हलो जोतिरहेको छ, को फोटा पनि झुण्डाउँदै देशको बास्तविक आर्थिक अवस्थाको चित्रण गराई उनीहरूको जीवनस्तर सुधार गर्ने गराउने रणनीति बनाउनु पर्दछ । नेपाल गाउँ नै गाउँले भरिएको देश, गरिबै गरिबले भरिएको देश हुनाले ती गरिबहरूको जीवनस्तर सुधार गर्ने रणनीति बनाउन सरकार तथा योजना आयोगले उचित वातावरण बनाउनु पर्दछ ।
शहरमा बसेका मानिसहरूको जीवनस्तर तुलनात्मका ढंगले राम्रो यस अर्थमा हुन्छ कि उनीहरू सहज शिक्षा, स्वास्थ्य र सञ्चारको पहुँचमा पुग्ने र भौतिक पूर्वाधारहरूको उपयोग गर्न पाउने हुनाले गरिबीको अवस्थामा बसिरहनु पर्दैन । उनीहरूका जीवनस्तर सुध्रन पुग्दछ । तर गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता भौतिक पूर्वाधारहरूको सहज पहुँच नपुग्ने हुनाले उनीहरू थप गरिब बन्न पुग्दछन् । त्यसैले ती गरिबहरूलाई आधार बनाई उनीहरूकै रणनीतिक हितमा योजना बनाई के कसरी उनीहरूको आर्थिक अवस्था उकास्न सकिन्छ भन्ने चिन्तन गर्नुपर्दछ । सहरीकरणको विकास अलम्बनका लागि हरेक गाउँमा गुणस्तरीय शिक्षाका निम्ति विद्यालय, उच्चाशिक्षाको प्रबन्ध, व्यवसायिक शिक्षाको पठनपाठन गराई गाउँलेहरूलाई पनि रोजगारी तथा स्वरोजगारको व्यवस्था प्रदान गर्नुपर्दछ । धुलोमैलो, फोहर पानीमा गाई भैँसीको गोबर गउँतमा खेल्ने समयमा उचित पौष्टिक आहार नपाउने गाउँले किसानहरू चाँडो बिरामी पर्न सक्दछन् । उनीहरूलाई औषधि उपचारको सहज पहुँच गाउँमा नै बनाउने हो । गाउँमै स्वाथ्य चौकी तथा अस्पताल भएमा उनीहरू सोही ठाउँमा सहज उपचार पाउँछन् । त्यस्तै गाउँमा भएका अधिकांश मानिसहरूका परिवार बैदेशिक रोजगारीमा गएको अवस्था भएकाले आफ्नो परिवारको सदस्य विदेशमा भएको बेला चिठ्ठी पत्रभन्दा पनि छिट्टै खबर पाउन सक्ने, फोन, इमेल, म्यासेन्जर तथा फ्याक्स लगायतका शिघ्र खबर पाउने साधनहरू गाउँमै उपलब्ध गराउनु पर्दछ । यसो भएमा गाउँका किसानहरू सुबिधा प्राप्तीको प्रलोभनमा गाउँ छोडी ठूलो सहरतिर भौँतारिनु पर्दैन । त्यस्तै यातायातका साधनहरू आफ्नै किन्ने र प्रयोग गर्ने हैसियत नभएका गाउँलेहरूले सरकारी वा सार्वजनिक सवारी साधनहरू प्रयोग गर्ने सहज वातावरण गाउँमा नै निर्माण गर्नुपर्दछ ।
यदि यसो हो भने गाउँले किसानहरूले कृषि कार्य गर्न समय पाउँछन् । उनीहरूले तयार गरेको उब्जनी ठूलो सहरमा पु¥याउन सकिन्छ । उनीहरूको हातमा उत्पादन गरेको बस्तुको प्रतिफल मौद्रिक रूपमा प्राप्त हुन्छ । फलस्वरूप उनीहरू धनी र समृद्ध बन्न पुग्दछन् । आफूले चाहेको बस्तु तथा सेवा खरिद गर्न सक्दछन् । त्यसकारण विश्वेश्वर प्रसाद कोइरालाले आफू प्रधानमन्त्री हुँदा विर्ता उन्मुलन कार्यमार्फत रैतीबाट जनता बनाई प्रत्यक्ष जनताको मतदानद्वारा सरकार निर्माण गरी जनतालाई सार्वभौम बनाउने परिपाटीको प्रमाण हामीसामु ल्याएका थिए, जुन कुरा छर्लङ्ग छ । त्यस्तै गाउँको विकास गरेमा पुरै गाउँलेको मुहार फेरिन्छ र देश समृद्ध बन्न पुग्दछ । गाउँका मानिसहरूको रोजगारी वृद्धि, व्यक्तिगत आयमा वृद्धि भएको अवस्थामा समग्र राष्ट्रको आम्दानी बढ्दछ । जसले प्रतिव्यक्ति आम्दानीमा बृद्धि हुन पुग्दछ । त्यसकारण गाउँका मानिसहरूको स्तर सुधारका गर्नका निम्ती राजनेताले सहि नीति निर्माण गर्ने र नीतिलाई कार्यान्वयन गर्दै लैजानु पर्दछ । राजनेताले आफूले भ्रष्टाचार नगर्ने भ्रष्टाचारलाई प्रश्रय नदिने भ्रष्टाचारको संगत नगर्ने र संभावित भ्रष्टाचारलाई देख्न सक्नुपर्दछ ।
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । त्यसैले नेपालको विकासका निम्ति गाउँको विकासको नीति ल्याउनुपर्दछ । गाउँको विकाससंगै देश विकास हुन पुग्दछ । गाउँमा रोजगारी तथा स्वरोजगारीको अभियान सञ्चालित हुनपुग्छ । जसअन्तर्गत घरेलु तथा साना उद्योगहरू विस्तार हुन्छन् । गरिबी निवारण र रोजगारी वृद्धि गर्ने, स्थानीय आवश्यकताको परिपूर्ति गर्ने, राष्ट्रिय आय बढाउने, स्थानीय कच्चा पदार्थको सदुपयोग गर्ने, राष्ट्रभरीका गाउँको सन्तुलित विकास गर्न टेवा पु¥याउने, ठूला उद्योगको विकासमा टेवा पु¥याउन सकिन्छ । विदेशी मुद्रा आर्जन गर्न साथै कला संस्कृतिको संरक्षण गर्न घरेलु तथा साना उद्योगलाई केन्द्रीय सरकारले संरक्षणको नीति ल्याउनुपर्दछ । स्थानीय सरकारलाई अधिकार दिनुपर्दछ भन्ने वीपी कोइरालाको भावना समेटिएको थियो । गाउँको उत्थान तथा विकासको निम्ति राष्ट्रपतिको फोटासंगै एकजना गाउँको किसान (हलो जोतिरहेको) को फोटो झुन्डाई योजना बनाउँदा उसको तस्वीर हेरेर रणनीति अबलम्बन गर्न सकिन्छ । यदि राजनेताले उचित रणनीति अपनाउने हो भने नेपालमा शिघ्र आर्थिक विकास गर्न सकिन्छ । नेपालको आर्थिक विकासमा संभावनामध्ये कृषि पहिलो हो । यस्तै जलविद्युत, वन, खनिज, पर्यटनउद्योग, परम्परागत सिपमा आधारित उद्योगहरू पनि पर्दछन् । नेपालको कृषिलाई आधुनिकीकरण गरी कृषिजन्य उद्योगको विकास गरी बढिभन्दा बढि लाभ लिन सकिन्छ । आवश्यक दक्ष जनशक्तिको योग्य श्रमशक्ति र गुणस्तरीय कच्चा पदार्थको आपूर्तिको व्यवस्थापनमार्फत कृषि उद्योगलाई फष्टाउने रणनीतिलाई ल्याउनु पर्दछ । जुट उद्योगमा आधारित सनपाट, चुरोट उद्योगमा आधारित सुर्ती खेती, चिनी उद्योगमा आधारित उखुखेती गरी ठूला उद्योग स्थापना गर्न सकिन्छ ।
नेपालमा उत्तरी हिमालबाट करिब ६ हजार नदीनालाहरू भिरालो जमीनमा तिब्रगतिमा बगिरहेका छन् । ८३ हजार मेगावाट विद्युत निकाल्न सकिन्छ । तिनै नदीनालाहरूबाट खानेपानीको आपूर्ति हुनुको साथै कुलोको माध्यमबाट सिंचाइ र घट््््टे मिलहरू पनि सञ्चालन गर्न सकिन्छ । त्यसैले चाहे जलविद्युत निकाल्दा होस् चाहे कुलोबाट सिंचाइ गरेर होस् या मिलबाट किन नहोस्, किसानहरूको आर्थिक अवस्थामा सुधार हुनपुग्छ । वनबाट फर्निचर उद्योग, वनस्पती, सलाई उद्योग, श्रृंङ्गार उद्योग, दुना टपरी उद्योग, हर्वल उद्योग, तथा औषधि उद्योगहरू आदिमार्फत ७७ वटै जिल्लामा गाउँलेहरूको आर्थिक अवस्थामा सुधार ल्याउने संभावना रहेको छ । नेपालमा रहेका फलाम, तामा, अपुख, सिसा, सुन, चाँदी, कोइला, पेट्रोलियम पदार्थ, ग्यास चुलो, ढुङ्गा–खरी खानी, मार्वल म्याग्नेसाइट, मिथेल, क्रिपिन जस्तापाता, स्टील, गन्धक गेरु, सिंगमर्मर, खरी, हरठोस पराइराइट कोवाल्ट, नुन गाउँगाउँमा पाइने हुनाले हाम्रा ती गाउँलेहरूलाई नै रोजगारी दिई धनी तथा समृद्धितर्फ उन्मुख गराउन सकिन्छ । उद्योग सञ्चालन गर्दा दक्ष अदक्ष कामदारले आआफ्नो क्षमताअनुसार अवसरहरू पाएका हुन्छन् । स्वदेशी तथा विदेशी पर्यकहरूलाई आकर्षण गर्ने हिमश्रृंखला हिमतालहरू, हिमनदीहरू, सर्बोच्च सिखर सगरमाथा लगायत १० वटा हिमालहरू अवलोकन गराउने हो भने त्यहाँबाट पनि अत्यन्त ठूलो प्रतिफल हात पार्न सकिन्छ । महाभारत पर्वत, चुरे पहाड, चुरे श्रृंखला, हरियो वनले पर्यटकलाई आकर्षण गरेको छ । धार्मिक सामाजिक तथा सांस्कृतिक रीतिरिवाज परम्परा, प्राचीन कला ऐतिहासिक स्थल, मठ मन्दिर, गुम्बा, मस्जिद आदिका कारणले पनि पर्यटक आउँछन् । गाउँमा बस्ने किसानहरूको आर्थिक अवस्थमा पर्यटनबाट पनि सुधार हुन्छ । गाउँमा पुग्दा लुम्बिनी जानकी मन्दिर, पशुपतिनाथ, मुक्तिनाथलगायत पर्वतारोहण,¥याप्टिङ्ग, टे«किङ्ग, बिञ्जी जम्पिङ्ग, आदि पनि गाउँमै छन् । जसले गाउँलेको जीवनमा सकारात्मक प्रभाव पारेको छ ।
बीपी २०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री भएको बेला उद्गार गरिएको बोलीमा सहरलाई भन्दा गाउँलाई प्राथमिकता दिइएको थियो । किनकी नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँको विकास गरेरमात्र देशको विकास हुनसक्दछ भन्ने विश्वेश्वरप्रसाद कोइरालाले गाउँमा बस्ने मानिसहरूको आर्थिक अवस्थामा सुधार गर्नका लागि योजना आयोगको कार्यालयमा हलो जोतिरहेको किसानको फोटा हेर्दै नीति तथा कार्यक्रम तय गर्नुपर्दछ भन्नुभएको थियो । यो कुरा आजका पुस्ताको लागिमात्र हैन, भोलिका पुस्तामा पनि उत्तिकै प्रासांगिक रहने छ । वीपीको जन्मदिवस (भाद्र २४) मा नेताहरूले उनलाई सम्झने क्रममा उनका रणनीतिलाई पनि आत्मसात गरे कि ? à
बुटवल– ७ दीपनगर ।