© २०२३
लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा रूपन्देहीमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा उपचारमा आउने मृगौला (किड्नी) का बिरामीलाई मध्यनजर राखेर ३ लाख बराबरको उपकरण सहयोग गरेको छ । सोमबार अस्पतालमा बिशेष कार्यक्रमको आयोजना गरि लायन्स क्लब अफ बुटवल स्टार्स २०१८÷०१९ का अध्यक्ष एमजेएफ एमएल पाण्डे, डिष्ट्रिक गर्भनर एमजेएफ सुनिल ओझा, मेडिकल सुपरिटेन्डेन डा.कृष्ण खनाल, पूर्ब गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ ले संयुक्त रूपमा सामान हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै डिष्ट्रिक गर्भनर एमजेएफ सुनिल ओझाले सामाजिक सेवा भावनाले गरिएको स्टार्सको कार्य छोटो समयमै उत्कृष्ट भएको बताउँदै आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा लाग्नुपर्ने बताएका थिए ।
मेडिकल सुपरिटेन्डेन डा.कृष्ण खनालले अस्पतालमा आउने बिरामीहरूको अब सोडियम, पोटासीयम र लिथियम सजिलै चेक हुने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष एवं जोन चेयर एमजेएफ पर्सन सन्दिप कसौधन लगायतले बोलेका थिए । कार्यक्रममा सिनियर डिष्ट्रिक एडभाईजर एमजेएफ सुरेस रत्न बज्राचार्य, निबर्तमान अध्यक्ष तथा एरिया को चिफ एमजेएफ आशिष कृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । संयोजक सन्तोस गुप्ताका अनुुसार बार्षिक कार्यक्रमको स्वास्थ्य सम्बन्धी गरिएको बताए ।