ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कक्षाकोठा, पढाइ र उपलब्धी

२५ भाद्र २०७५, सोमबार
२५ भाद्र २०७५, सोमबार

एच.के.श्रेष्ठ

हल्टियन आलोचनः शिक्षाका सिद्धान्तविद्, औपचारिक शिक्षाका अमेरिकी आलोचक जोन हल्ट “स्कुल इज ब्याड फर चिल्ड्रेन” भन्छन् । उनको जिकिर अनिवार्य स्कुल उपस्थितिलाई खारेज र परिमार्जित गर्नुपर्छ भन्नेमा छ । तर्क गर्छन्, विद्यार्थीलाई वास्तविक संसार सिकाउन समुदायमा लगिनुपर्छ । औपचारिक शिक्षाका शिक्षालयहरूले विद्यार्थीहरूलाई निश्चित कम्पाउण्डले घेरिएका विद्यालयभित्र अझ कक्षाकोठाभित्र थुनेर बर्बाद गरिरहेका हुन्छन् । विचारक जोन हल्टको यो आशयले महान् शिक्षाविद् जीन ज्याक रुसोको “पर्खालहरू भत्काउ, पुस्तकहरू च्यात, बालबालिकाहरूलाई प्रकृतिको काखमा लगेर फालिदेऊ” भन्ने भावसँग सामिप्यता राख्दछ ।
हल्टको जिकिरमा स्कुलहरूले विद्यार्थीलाई सिकाइ जीवनयापनभन्दा फरक हो भन्ने सिकाउँछ । एजुकेसनलाई मिसएजुकेसनमा परिणत गराइएको छ । औपचारिक शिक्षालयहरूका कक्षाकोठामा बन्दक विद्यार्थीहरूका प्राकृतिक उत्सुकता, आत्मविश्वास, जाँगर र स्रोतसाधन गुमाउने काम गरिएको छ । हल्टियन आरोप पुष्टि हुने गरी कक्षाकोठाहरूमा शिक्षकको कमजोरी, अयोग्यता र असक्षमताको उपज विद्यार्थीलाई अल्छी, निस्क्रिय, बेवास्ता गर्ने, सिक्न मन नगर्ने बनाइनुका साथै दक्षता घटाइएको छ । कुनै पनि राष्ट्रमा कति दक्ष र अदक्ष म्यान पावर उत्पादन भयो भन्ने कुरा कक्षाकोठासँग पनि ठोकिन्छ । औपचारिक शिक्षाको व्यापक चलनचल्तीमा रहेको शिक्षालयहरूभित्र कक्षाकोठामा क्रियाशील शिक्षकहरू र शिक्षण सिकाइ कसरी भएको छ भन्ने प्रश्न पेचिलो भइसकेकोछ । यो पङ्क्तिकारको प्राध्यापन यात्रामा आफ्नै लामो अनुभव र औपचारिक÷अनौपचारिक रिसर्च र अवलोकन तथ्यका अनुभूतिले विद्यालयहरूका कक्षाकोठामा हुने शिक्षण सिकाइ र त्यसको वाहक शिक्षक अत्यन्त कमजोर लापरबाही र गैरजिम्मेवार देखिएको छ
शिक्षकः पेसाहरूमध्ये अत्यन्त महत्वको पेशाकर्मी शिक्षक बहुमुखी क्षमता र प्रतिभाको हुनु जरुरी छ । शिक्षकले समालोचक, मनोवैज्ञानिक, कलाकार, व्यवस्थापक, अनुसन्धानकर्ता, न्यायमूर्ति, उत्प्रेरक, सहजकर्ता आदिको चौतर्फी भूमिकामा चलायमान हुनुपर्दछ । शिक्षक एउटा मोडेल फिगर पनि हो जसको व्यवहार, बोली, रहनसहन, क्रियाकलाप र लवाइखुवाइबाट विद्यार्थीहरूले सिक्दछ । शिक्षण पेसा एउटा ‘छाता’ पेसा पनि हो जहाँ सबै प्रोफेसन बढाइन्छ । शिक्षक स्वयम् विद्यार्थीहरूको लागि पुस्तक हो । हरप्रकारले ऊ स्मार्ट देखिनु जरुरी हुन्छ । यस्तो चौतर्फी महŒवको मोडल शिक्षकहरू झुत्रे, झामे्र, लुतुरे, लुम्रे बनेर कक्षाकोठामा जाने पनि छन् ।
सिक्ने र सिकाउने जस्तो पेशाका शिक्षक समयको प्रवाहसँगै बौद्धिक रूपमा अपडेट हुनु जरुरी छ । त्यसको लागि अध्ययन नै आवश्यकता पर्दछ । ज्ञानको स्रोत वा भन्डार नै अध्ययन हो तर वातावरण यति बिग्रिसकेको छ कि प्रायः शिक्षकहरू अध्ययन नै गर्दैनन् । कहिल्यै आपूmले पढेका पूर्व पुस्तकहरू, पढाउने पुस्तक, नयाँ पुस्तकहरू, ज्ञानवद्र्धक सामग्रीहरू, सन्दर्भ सामग्रीहरू, लेख, रचनाहरू, पत्रपत्रिकाहरू पढ्ने बानी नै छैन । कुनै बौद्धिक बहस तथा प्यानलिष्ट कार्यक्रममा ध्यान दिने मन नै छैन । शिक्षकको दिमाग जाम भएको अवस्था छ । उनीहरू पनि समाजकै उपज भएकोले सबै सामाजिक विकृति, विसङ्गतिले आक्रान्त वातावरणको शिकार भएका छन् । दिमागमा राम्रो पढाएर राम्रो सेवा दिने, समाजको उत्थान गर्ने र बनाउनेभन्दा पनि धन–सम्पत्ति कमाउने, जोड्ने, सुख–सुविधा भोग्ने, आ–आफ्नो सन्तानकोमात्र भविष्य बनाउने आदि चिन्तनले दिमाग अकुपाइ भएको छ । त्यस्तो जाम खोल्ने चाबी अध्ययन, अनुसन्धान र बौद्धिक प्रयास नै हो । जसको अबलम्वनमा शिक्षक लागेको पाइँदैन । जबसम्म अध्यापन हुँदैन माइन्डको वा ज्ञानको नवीकरण कसरी हुन्छ ? कामचोर प्रवृत्तिले ग्रस्त शिक्षकहरू पनि कम छैनन् । त्यसो त हरेक विद्यालयमा केहि न केहि पिरियड प्रत्येक शिक्षकलाई लिजर दिइनु पर्दछ र छ पनि । अध्ययन गर्न, विद्यार्थीको कपी जाँच गर्न, ज्ञान र खोजमूलक चिन्तन गर्न, पढाउनु पर्ने पाठयोजना तथा विद्यार्थीको समस्याप्रति घोत्लिनकाखातिर व्यवस्था गरिएको लिजर पिरियड पूरै खुराफात गरी बिताएर दुरूपयोग हुने गरेको छ । गुटबन्दी गर्ने, कुरा काट्ने र अझ सक्षम, दक्ष, इमान्दार र स्वाभिमानी शिक्षकहरूको विरुद्ध षड्यन्त्र गर्नेसम्म पनि भेटिन्छन् । नजानेको कुरा सिकौं र जानेकोलाई सम्मान गरौँ भन्ने फिटिक्कै छैन । त्यस्तो खुराफाती हरेक विद्यालयमा छन्, केवल मात्रा फरक होला । दुनिया बालबालिकाको आचरण सुधार्नु पर्ने शिक्षकहरूकै आचरण र नियत खराब भएपछि शिक्षण कस्तो होला ?
विचारक तथा शिक्षाविद् जीन ज्याक रुसोले भनेका छन्, “द चाइल्ड इज इन्नोसेन्ट, इट इज द सोसाइटी हु करप्ट्स् द माइन्ड अफ द चाइल्ड ।” विविध रूपमा समाजले भ्रष्ट गर्दै गरेको बालबालिकालाई सही र सुनौलो मार्गनिर्देशक बोटेरूपी शिक्षक नै यति कमजोरीमा हुन्छन् भने कस्तो शिक्षण सिकाइ होला ? क्षमता, आचरण, नैतिकता, इमान्दारितासँगै सिकाइको वाहक बोली हो । कतिपय शिक्षकको बोली नै प्रष्ट छैन भने पढाएको कसरी बुझ्दछन् विद्यार्थीले ? कैयौँ त अन्टे«न्ड शिक्षक छन् ।
कक्षाकोठामा शिक्षकः अङ्ग्रेजीमा भनाइ छ, “अ टिचर इज अ सेटर अफ वेटर स्टेज, स्टुडेन्टस् आर डान्सर ।” मतलब एउटा शिक्षकले कक्षाकोठामा कुशल व्यवस्थापकको रूपमा विद्यार्थीहरूकानिम्ति सम्भव भएसम्म राम्रोभन्दा राम्रो, सुविधाजनक तौर–तरिकाहरू सेट गरिदिनुपर्छ । जहाँ सिकारु (डान्सर) लाई अति सहज होस् । यसको निम्ति शिक्षक सम्पूर्णताको पोख्त हुनु जरुरी छ । विद्यार्थीको उमेर, क्षमता, पूर्वज्ञान, सांस्कृतिक विविधता, भाषा, चाहना, बाध्यता, मनोविज्ञान, आदिमा राम्ररी दख्खल हुनु जरुरी छ । विद्यार्थीहरूको अति उत्तम, मध्यम र निकै कमजोर तह र तप्कालाई बुझेर पढाउन जरुरी छ । यी पक्षको अनविज्ञताले शिक्षकहरू कक्षाकोठामा कनिकनि पिरियडको समय बिताउन बाध्य हुनुपरिरहेको देखिन्छ ।
कक्षाकोठामा अध्यापन गराउन अति आवश्यक शिक्षाको स्रोत वा पाठ्यक्रमको किसिम, उद्देश्य, मर्म र भावना, कोर्ष अफ स्टडी आदि बारे ज्ञान, विवेक, विवेचना पहिचान र दख्खलताको अभावले शिक्षण पीडामा जकडिएका अधिकांश शिक्षक छन् । आपूmले पढाउने शीर्षकको अर्थ र सार्थकता नै नबुझ्ने शिक्षकहरूबाट आशा कति गर्ने ? शिक्षण गर्दा विषय, एकाई, शीर्षक, उप शीर्षक, शिक्षण विधि, एप्रोच, तरिका, टेक्निक, उत्प्रेरणा वा मोटिभेसनको ज्ञान र ठम्याइ नहुँदा कक्षाकोठा निरस बनीरहेका हुन्छन् । फलस्वरूप शिक्षक उग्र हुने, रिसाउने, पिट्ने, विद्यार्थीमा अधिनायकत्व लाद्ने गर्दछन् । यसको परिणाम सुन्दै आएका छौ कि विभिन्न स्कुलमा विद्यार्थीलाई अंगभंग बनाइयो । शिक्षकले उक्त पेशाबाटै अवकास लिन प¥यो ।
लोकतन्त्रमा शिक्षक झन् यतिसम्म बिग्रिएको छ कि वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक, पाक्षिक, एकाइ आदि योजना त छोडौँ एउटा शिक्षकमा हुनुपर्ने दैनिक पाठयोजना पनि लिएको हुन्न कक्षाकोठामा । अङ्ग्रेजीमा एउटा भनाइ छ– “वेल विग्यान इज हाल्फ फिनिस्ट ।” राम्ररी सुरु गरिएको काम आधा सके बराबर हो । शिक्षकको लागि लेसन प्लान हुनु भनेको मात्रै पनि आधा सफलता जस्तो हो । जसले कक्षाकोठाको सम्पूर्ण क्रियाकलापकको निर्देशन गर्दछ । पढ्ने, लेख्ने चलन हरायो, घरमा पैसा कमाउने लतमा दौड्नु पर्छ, कसले दिने समय र कसले बनाउने पाठ योजना ?
शिक्षणमा दुई पक्ष ‘ह्वाटनेस र हाउनेस’ अनिवार्य शर्त हो । विषयवस्तु (कन्टेन्ट) ह्वाइटनेसमा पर्दछ । जोमाथि उल्लेख भईसक्यो । कलात्मक पक्ष हाउनेसअन्तर्गत हो । जो शिक्षण सिकाइमा उत्तिकै महत्व राख्दछ । शिक्षण एउटा कला हो । विद्यार्थीहरूको दिमागमा विषयवस्तुलाई प्रभावकारी र दीर्घकालीन ढंगले घुसाउन शिक्षकले भरपुर कला प्रयोग गर्नुुपर्ने हुन्छ । मुख्य कुरा पढाउने होइन सिकाउने हो । पढाउनु र सिकाउनु फरक हो । तमाम शिक्षकले पढाउलान् तर सिकाएका हुँदैनन् । कक्षाकोठामा विषय, पाठ र शीर्षकको प्रकृति हेरिकन सम्पूर्ण विधि, तरिका, टेक्निक प्रयोग गर्नुपर्ने हुन्छ । तर अहिले एक्काइसौँ शताब्दीमा पनि पुरानै गुरुकुल शिक्षाको तरिका अपनाइएको देख्न सकिन्छ । विद्यार्थी केन्द्रीत विधि होइन शिक्षक केन्द्रित विधि नै हावी छ । विद्यार्थीको भूमिका निस्क्रिय बनाएर घोक्न लगाइन्छ । शिक्षणले मुख्य प्रेरणा जगाउने हो । विद्यार्थीलाई उत्प्रेरित गर्ने र भविष्यसम्म छाप पार्ने हो । यी पक्षलाई ध्यान नपु¥याई अध्यापन गर्ने, शिक्षकले शिक्षा आलोचक होरयास म्यानले भनेझैँ काँचो÷चिसो फलामलाई हिर्काईरहेका हुन्छन् । त्यस्तो पढाइको कुनै औचित्य रहन्न । अर्का शिक्षा समालोचक÷विचारक आर्थर वार्डले टिप्पणी गरेका छन्– “बेढङ्गको शिक्षकले भन्छ मात्र, राम्रोले व्याख्या गर्छ, विशिष्टले प्रस्तुत गर्छ तर महान् शिक्षकले प्रेरित गर्छ ।” हाम्रा शिक्षालयका कक्षाकोठाहरूमा विशिष्ट र महान् शिक्षकको अभाव छ । केही राम्रा तर अधिकांश बेढङ्गका शिक्षकहरू नै छन् । त्यसैे त ग्रिक दार्शनिक प्लेटोले, “शिक्षक ठग हुन्” भनेका होइनन् । शिक्षकले कुनै टेक्स्टको विषयवस्तु, विद्यार्थीलाई मुस्किलले तीस प्रतिशत दिएका होला जबकि सत्तरी प्रतिशत ठगी भइरहेको हुन्छ । भाषा शिक्षणका चार सीपहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइको सन्तुलित प्रयोग गरिएको हुँदैन । कतिपयलाई थाहै छैन । कक्षामा आउन र जानुअघि समयबाटै ठगी सुरु हुन्छ । कक्षाकोठाको पिरियड औपचारिकतामा मात्र सीमित छ । शिक्षासम्बन्धी चाइनिज भनाइ छ, “ह्वाट आइ हियर –आइ फर्गेट, ह्वाट आइ सी– आइ रिमेम्बर, ह्वाट आइ डु– आइ लर्न ।” शिक्षकले ‘लर्निङ वाइ डुइङ’ तरिकाबाट शिक्षण नगरेसम्म विद्यार्थीले सिक्न सक्दैनन् । बरु विद्यार्थीको अज्ञानता, अन्यौलता, अल्छीपना र असक्षमताको फाइदा उठाएर कलेज, क्याम्पस तहसम्मका कक्षाकोठामा शिक्षकले प्लेजारिजम (बौद्धिक चोरी÷ठगी ) अपनाएका हुन्छन् । पढाउने, गराउने र सिकाउनुको सट्टा कसैको गाइड, गेसपेपर, सन्दर्भ पुस्तक वा पुरानो नोटबाट विद्यार्थीलाई लेखाउने र हिँड्ने गर्दछन् । अब यसलाई पढाएको भन्ने कि के भन्ने ?
इटालियन शिक्षाविद् जोन डिबेको भनाइ छ, “यदि विद्यार्थीले सिकेका छैनन् भने शिक्षकले पढाएको छ भन्न मिल्दैन ।”(इफ द स्टुडन्ट ह्याभन्ट लनर््ट, द टिचर ह्याजन्ट टोट) यही सिकाइ नभएको पुष्ट्याई वर्षैपिच्छेको एस.एल.सी., एस.इ.इ. र उच्च तहका नतिजाहरूले देखाइरहेको छ । हरेक वर्षका नतिजाहरूमा अनुत्तीर्ण ५० प्रतिशतभन्दा बढी हुनु र उत्तीर्ण प्रतिशत न्यून वा अति न्यून हुनुले यसकै पुष्टी गर्दछ ।
पढाइको कुरा गर्ने हो भने तुलनात्मक रूपमा प्रायः नेता शिक्षकले राम्रो पढाएका हुँदैनन् (अपवाद बाहेक) । उनीहरूको विषयको नतिजा नेपालभरिको हेर्ने हो भने नाजुकै छ । स्थायी शिक्षकले पनि त्यति राम्रो पढाइ गर्न खोज्दैनन् । राजनीतिक दल, नेता, शैक्षिक निकायहरूमा शक्ति भएका, समितिका अध्यक्ष, विद्यालय प्रशासन आदि–आदिका व्यक्तिगत निगाह र कोटाका शिक्षकले पनि राम्रो पढाउन नपर्ने देखिन्छ । त्यसो त जो निगाह वा कोटामा परेका हुँदैनन्, अस्थायी हुन्छन्, त्यसमा पनि निजीस्रोत र त्यसमध्ये पनि विद्यालय प्रशासन समिति वा राज्यबाटै पीडित शिक्षकहरूले बढी राम्रो पढाउँछन् भन्दा अतियुक्ती हुँदैन ।
कारणः यो लोकतन्त्रभित्रको शिक्षामा किन यस्तोविधि अराजकता, मनपर्दी, अक्षमता, असफलता र अस्त–व्यस्तता ? यसको बुँदागत कारण हुन्– राजनीतिकरण, नातावाद, कृपावाद, भ्रष्टाचार, घुसखोरी, प्र.अ. बनाउन, शिक्षक सरुवा वा नयाँ भर्नागर्न रकमको चलखेल, बाहुनवाद, अक्षम र पक्षपाती प्रशासन आदि नै हुन् । यस्तै छ यहाँ कुशल प्रशासककै अभाव छ । सक्षम, योग्य, दक्ष, कुशल, स्वाभिमानी शिक्षकको भन्दा अयोग्य, अक्षम, कामचोर र खराब शिक्षकको संरक्षण र प्रोत्साहन विद्यालय प्रशासनबाटै हुन्छ । यसैलाई पुष्टि गर्दै शिक्षाविद् बोब टालवर्टले भनेका छन्, “खराब शिक्षकको मूल्य नै बढी हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?