ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

सहयोग संकलनबाट विद्यालयमा ५१ लाखको अक्षय कोष

२५ भाद्र २०७५, सोमबार
२५ भाद्र २०७५, सोमबार

रोल्पाको एक विद्यालयले अभिभावक, समाजसेवी र दानवीरहरूवाट संकलन गरेको रकमबाट अक्षय कोष स्थापना गरेको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–१ घुसवाङमा रहेको सरस्वती आधारभूत विद्यालयले सो सहयोग संकलनवाट ५१ लाख बढीको अक्षय कोष स्थापना गरेको हो । सहयोगीहरूवाट न्यूनतम १० रूपैयाँ देखि अधिकतम ५ लाख ९९ हजार ९ सय ९९ रूपैयाँसम्म सहयोग भएको विद्यालयले जनाएको छ । यसरी संकलित रकम ५१ लाख ७६ हजार १ सय ५२ रूपैयाँको अक्षय कोष स्थापना गरि विद्यालय संचालन गर्ने निर्णय भएको वताइएको छ । २०१७ सालमा स्थापना भएको सो विद्यालयले २०३२ सालमा प्राथमिक तहको स्वीकृत पाएको थियो । हाल कक्षा ८ सम्म अध्यापन हुदै आएको सो विद्यालय जिल्लाकै पुरानो विद्यालय मानिन्छ । राजनैतिक पहुँच नहुँदा जिल्लाकै पुरानो विद्यालय हँुदा पनि सरकारी स्वीकृती प्राप्त गर्न झण्डै १५ वर्ष पर्खनु परेको बताइएको छ । खोलाको किनारामा छाप्रो वनाएर पढाई संचालन गरेको विद्यालयले हाल भने पर्याप्त भौतिक संरचनाको व्यवस्था गरेको विद्यालयले जनाएको छ । स्थापनाको लामो समयसम्म विद्यालयको स्तर वृद्धी हुन नसकेका कारण सुधारका लागि स्थानीयबीच भएको अन्तरकृया पछि सहयोग संकलन गरि अक्षय कोष स्थापना गर्ने निर्णय ग¥यौ स्थानीय अभिभावक पुस्तमन घर्तीमगरले भने । देश विदेशमा रहेका पूर्व विद्यार्थी र समाजसेवीले मन फुकाएर सहयोग गरेका कारण यति ठूलो रकम संकलन गर्न सफल भएका हौं घर्तीले भने । राजनैतिक पहुँच पुगेका सुगम ठाउँका विद्यालयमा मात्रै राज्यको दृष्टि पुगेको देखियो, दुर्गम ठाउँमा कसैको नजर नपुगेपछि अभिभावक स्वतस्फूर्त कस्सिएर लागेका हौं अभिभावक घर्तीले भने । सामुदायिक विद्यालयमा राज्यको असमान व्यवहार हँुदा दुर्गमका विद्यालय मारमा परेको अभिभावकहरूले गुनासो गरेका छन् । विद्यालयमा अक्षय कोषका लागि ३ जनाले ५ लाख भन्दा वढी रकम सहयोग गरेका छन् । यसैगरि १ लाख बढी सहयोग गर्नेको संख्या ४ जना रहेका छन् । विद्यालयलाई ७ सय १४ जनाले सहयोग गरेको विद्यालयले जनाएको छ । सहयोगीहरूको नाम नामेसी कुदेर विद्यालयमा टाँस गरेको वताइएको छ । अक्षय कोषवाट प्राप्त व्याजले विद्यालय सुधारको काम गर्ने योजना रहेको विद्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?