© २०२३
एम्स कलेज बुटवलको आयोजानमा विविएस प्रथम बर्षमा विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । एम्स एजुकेशन फाउडेसनका कार्यकारी गोपाल प्रसाद न्यौपानेका अनुसार कार्यक्रममा नेपाल राष्ट्र बंैक सिद्धार्थनगरका प्रमुख तथा डाईरेक्टर अशोक पाण्डेले सहजीकरण गरेका थिए । उनले व्यवस्थापन क्षेत्रको संभावना महत्व, तथा कुल नेतृत्व कसरी लिने भन्ने विभिन्न सिद्धान्तहरुको बारेमा प्रकाश पारेका थिए । १ सय १० जना विद्यार्थीहरु सहभागी रहेको अभिमुखिकरणमा एम्स एजुकेशन फाउडेसनका अध्यक्ष थानेश्वर गौतम, नेपाल राष्ट्र बैंकका सहकायक डाईरेक्टर माधवराज ढकाल, प्लस टु संयोजक विनोद गौतमले शुभकामना मन्तव्य राखेका थिए । यस्तै कार्यक्रममा फाउडेसनका सञ्चालक गोविन्द शर्मा बस्याल, विद्यार्थि अस्मिता लाकौल, विष्णु बस्याल, सन्दिप पोखरेल लगायतले बालेका थिए ।
यस्तै एम्स माविमा कक्षा एक देखि ९ सम्म र ११ देखि विविएस फोर्थ एअर सम्मका दुई समुहमा तीज गित प्रतियोगीता सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य गोपाल प्रसाद न्यौपानने, निमित्त क्याम्पस प्रमुख विकास श्रेष्ठ, प्लस टु संयोजक विनोद गौतम, गोविन्द शर्मा बस्याल, सुरेन्द्रराज ज्ञवाली, लंक बस्नेत लगायतले तीजको महत्वको विषयमा आ आफ्नो धारणा राखेका थिए ।
प्रतियोगीतमा जुनियर तर्फ प्रथम द्धितिय र तृतीय कक्षा ५, कक्षा ४, कक्षा ३ र पोत्सहान कक्षा एक को समुह भएको थियो भने सिनियर तर्फ कक्षा ८ प्रथम, द्धितिय कक्षा ९, तृतिय कक्षा ६ को समुह भएको थियो । प्रतिस्पर्धामा रुकु पाण्डे, राम गुरुङ्ग, सर्मिला खनाल, राजेश चन्द्र भण्डारी, रमा भट्राईले निर्णयकको भुमिका निर्वाह गरेका थिए । किरण गुरुङ्ग र सिता आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा सृजना मल्ल, समिक्षा पोखरेल बोलेका थिए ।