© २०२३
गोबिन्द राज पोखरेल
भाद्र १३, २०६५ ऋषि पञ्चमीको दिन १७ पुगेर १८ टेकेकी बालिका मञ्जु रावत घरबाट नुहाउन निस्केकी हराइन् । प्युठान नगरपालिका २ बस्ने उक्त बालिकाको शव ३ दिनपछि सोही जिल्लाको ऐरावती गाउँपालिका २ बरौलाको झिमरुक नदी किनारमा भेटियो । उनको शव हेर्दा कसैले बलात्कार गरेर हत्या गरेको आम रूपमा प्रश्न उठ्यो । उनीसँग सामान्य बोलचाल गर्ने सोझो केटालाई नक्कली अनुसन्धानको रूपमा महिनौँ दिनसम्म हिरासतमा राखियो । स्वभावैले उनी नक्कली थिए छुटे । अन्ततः उक्त मुद्दाको अनुसन्धानबिनै अहिलेसम्म तामेलीमै छ, फेरि कहिलै अगाडि नबढ्ने गरी बसेको छ । उनको हत्यापछि उनीसंगै पढेका दौँतरीहरू झस्कन्छन् । असुरक्षित भएको सम्बन्धमा यदाकदा सामाजिक सञ्जालहरूमा पोष्ट गरेर मनको बह पोख्ने गर्दछन् । त्यस्तै ०७५ साल जेष्ठ महिनाको २०÷२२ गतेतिर सोही नपाको वडा नं। २ मै मोवाइल पसल सञ्चालन गर्दै आएका सुबेदी थरका व्यक्तिले आफैले जन्माएकी १८ पुग्न लागेको छोरीलाई करणी गरेकैकारण तत्कालै इ।प्र।का बिजुवार प्युठानमा पीडित बालिका आफैले उजुरी गरिन् । उनले आफू १४ बर्षको उमेरदेखि नै बाबुबाट बलात्कृत भएको उजुरी गरेकी थिइन् । उनको उजुरी बमोजिम निजको बाबुलाई गिरप्mतार गर्न पुलिसहरू आए । बन्द कोठाभित्र बसेका उनले बिस सेवन गरिसकेछन् । उनलाई तत्काल भैरहवा मेडिकल कलेजमा उपचारको लागि पुलिसले लिएर गयो । एक हप्ताको उपचार पछि पुनः जिल्ला प्रहरी कार्यालय प्युठानमा हिरासतमा राखियो । केही दिनपछि बालिकाले पुलिसमा दिएको निबेदन, पुलिसमा गरेको बयानका बिरुद्ध अदालतमा बयान दिन लगाइयो । उ अहिले हिरासतबाट मुक्त भैसकेको छ । उनका सबै प्रमाणहरू कृत्रिम रूपमा खडा भए । बाबु चोखो बने बालिका कुमारी बनिन् । कञ्चनपुरमा निर्मला पन्तको बलत्कारपछि भएको हत्या घटनाले फेरि राज्यले अभिभावकत्वको भुमिका निर्वाह गर्न सकेन भनेर महिनौँ दिन देखि आन्दोलन भैरहेको छ । आन्दोलनकै क्रममा प्रहरीकै गोली लागी अर्को किशोरीको हत्या भएको छ । निर्मला हत्याले अहिले पनि राहत मागेको देखिँदैन न्याय मागेको छ । बलात्कारको सम्बन्धमा यी सबै प्रतिनिधि पात्र मात्र हुन् ।
महिला देख्नेबित्तिकै झम्टनु पर्दछ, एकान्त र चरित्रहिन गराउन पनि बलत्कार गर्नुपर्छ भन्ने हाम्रा धर्म, संस्कार अनि चलचित्र प्रदर्शनीले पनि प्रशस्त स्थान दिएको पाइन्छ । एउटा केटीलाई पाउन र उसंग सहबास गर्नकै लागि देखाइने चलचित्र हाम्रो अपराधिक मनोबृत्तिकोलागि कम जिम्मेवार छैन । धर्मशास्त्रमा चरित्रको पुष्टाइ गर्न रामले सीतामाथि सतित्वको प्रमाण खोज्नु, शिबले सात बर्षकी गोमा ब्राह्मणीलाई गर्भिणी बनाउने स्वस्थानी ब्रतकथा, ३२ लक्षणले युक्त महिलाको महिमा, इन्द्रले गौतम ऋषी पत्नी अहिल्यामाथि करणी वा हाम्र्रा धर्मशास्त्रमा महिलालाई चरित्रहिन बनाउन गरिएका बर्णनहरू पनि बलत्कारको लागि कम जिम्मेवार छैनन् । बजारमा बेचिने बस्तुमा महिलाको रूप, बाल बिबाह अनि अनमेल बिबाहलाई राज्य स्वयं अग्रसर भै दण्डित गरेनन् जसले हाम्रो संस्कार र परंपराबाटै बलात्कारलाई साथ दिने एउटा पाटो बन्यो ।
बलात्कार पछिको हत्या हुँदा एउटा जघन्य अपराध हो । बलात्कारलाई बलात्कारकै रूपमा नहेर्ने र त्यसलाई मञ्जुरीको नाममा नामाकरण गरिएका धेरै दृष्टान्तहरू देखिन्छन् । यो राज्यको उपस्थितिमा पनि छ, समाजको उपस्थितिमा पनि छ । जमिन्दारको गर्भ दुःखी कामदारले स्वीकार्न बाध्य बनाइनु, दलितमाथि गैर दलितको गर्भलाई बिभिन्न प्रलोभनमा अर्को दलितलाई स्वीकार्न लगाउनु, आप्mना अभिभावक माथिल्लो र कानुन कार्यान्वयन तहमा बसेकोले कानुन हातमा लिएर अपराध कर्ममा सरिक भएकालाई संरक्षण गर्नु, राज्यले खडा गरेका सुरक्षा निकाय, अड्डा अदालतहरू पेशागत मर्यादाभन्दा राजनैतिक मर्यादामा बढी चलखेल गर्नु नै अनुसन्धान पद्दती खुकुलो र अपराधिक कार्यमा बढोत्तरी भएको हो । कुनै बेला पोखराको नमिता सुनिता काण्डलाई दरवारका व्यक्तिहरूको संलग्नतामा बलात्कारपछिको हत्यालाई राज्यको पहुँचको रूपमा हेरियो । पञ्चायतको अन्त्य पछाडि पनि सत्ता, राजनीतिक पात्रको प्रभावमा अपराधलाई अपराधीकरण नगर्ने र अनुसन्धान पद्दती फितलो बनाउने प्रणाली बस्यो ।
बलात्कारको घटना बढ्नुमा को जिम्मेवार भन्ने मुल प्रश्न हो । कस्तो व्यक्तिसंग यौन क्रियाकलाप गर्ने, कुन उमेर समुहसंग यौन सम्बन्ध राख्न हुन्छ भन्ने सम्बन्धमा पहिला त घरमा नै यस बारेमा परिवारसंगै बसेर आप्mना बाल बच्चालाई शिक्षा दिन सकिरहेका छैनौ । बिद्यालयमा पुगेपछि पनि यस बारेमा यथेष्ट जानकारी गराउने हो । यौन कुण्ठा , स्वतन्त्रता र जिम्मेवार पक्षको बारेमा खुला बहस र शिक्षा प्रदान गर्न सकिरहेका छैनौ । विकसित मुलुकमा रातको १ । २ बजे पनि निस्फिक्रि महिलाहरू सडकमा, गल्लीमा हिंडीरहेको पाउँछौँ । आप्mनो पेशा व्यबसाय सुरक्षित तवरले गरेको महशुस गरिरहेका हुन्छन् । त्यसको पछाडि राज्यले प्रदान गरेको सुरक्षा अनुभूति पनि हो । यौन कुण्ठा जिम्मेवारिता, संबेदनशीलता र स्वतन्त्रताको सम्बन्धमा नागरिकमाथि यथेष्ट अनुभूति राज्यले दिन सकेको छैन । सरकारको जिम्मेवार पदमा बसेर बलात्कार र गलत यौन क्रियाकलापमा संलग्न अधिकारीहरूको बिरुद्धमा प्रमाण संकलन गर्ने कार्यको लागि नागरिकहरूले जुलुश, धर्ना र तोडफोड नै गर्नुपर्ने अबस्था किन रहयो रु र कहिलेसम्म रहने रु
बलात्कार नचिनेकोले मात्र होइन सुरक्षा दिने बाबुसमेतले गर्ने भएकोले कसको भर गर्ने रु उमेर समुहकोमात्र पनि कुरा भएन, जुनसुकै उमेरको पनि बलात्कृत हुने देखिएको छ । सुरक्षित स्थान पनि भएन । घरमा, विद्यालयमा, कारखानामा, कार्यालयमा, उद्योगमा जहाँ पनि बलात्कृत हुने यस अबस्थाले कुन ठाउँलाई सुरक्षित सम्झने हो रु भन्न सकिने देखिएको छैन । उमेरकै कारणले पनि बर्तमान अबस्थामा १८ बर्ष भन्दा मुनिकोसंग सहमतीमा समेत करणी गर्न नमिल्ने बर्तमान कानुनी व्यबस्था छ । साथै नाबालक बलात्कारलाई जबरजस्ती करणीको कार्य भन्दै आजीबन कारावासको व्यबस्था बर्तमान कानुनले व्यबस्था गरेको छ । जबरजस्ती करणी एउटा पक्ष हो तर बलात्कार, समाज, अपराध, छानविन र अनुसन्धान अर्को पक्ष हो ।
आम नागरिकमा प्रश्न उठीरहेको छ अपराध, अनुसन्धान, सुरक्षा निकाय र त्यसलाई सञ्चालन गर्ने प्रणाली ठीक तरिकाले चलेको छ त रु बलात्कारका कारण संसारमा अत्यन्त ठूला दुर्घटना भएका छन् । बलात्कार आप्mनै आँखा अगाडि हुँदा पनि भौतिक रूपमा बलियो नभएकै कारण पीडितले बयान फेर्ने, गरिवीका कारण अरूबाट बलात्कार भएर पनि बोल्न नसक्ने, अशिक्षा र डर त्रासकाकारण आप्mना कुराहरू राख्न सकिरेहका छैनन् । सो समयमा पीडितहरूको लागि अबिभावक बन्नु पर्ने राज्य प्रतिपक्षको भूमिका निभाइरहेको जस्तो आभाष पीडितहरूले गरेका हुन्छन् ।
नागरिकका आवाज कता फर्किरहेको छ रु माथि उल्लेख गरेअनुसार मञ्जु रावतको सम्बन्धमा राज्य अनभिज्ञजस्तै छ भने छोरीको बलात्कार अनि निर्मला पन्तको बलात्कारपछिको हत्या सम्बन्धमा व्यबसायिक बन्नुपर्ने सरकारी निकायले व्यवसायिक भूमिका निर्वाह नगरेको स्पष्ट देखिएको छ । जसले प्रमाण संकलन गर्नुपर्ने हो उसैले प्रमाण नष्ट गर्ने, लुकाउने, नक्कली खडा गर्ने, कुनै न कुनै प्रभाव ९आर्थिक, राजनैतिक० र पदीय शक्ति अनि पहुँचका कारणले राज्यलाई न्याय गरिरहेको देखिएन ।
जब राजनैतिक पार्टी संबेदनशील छैनन्, नागरिकलाई सहजीकरण गर्ने पदाधिकारी जिम्मेवार बन्दैनन् तब महिला, बृद्ध, अपाङ्ग, बालक कसैले पनि सुरक्षित महशुस गर्दैन । जसले सुरक्षा गर्ने हो उसैबाट बलात्कृत समाज, कुरीति र संस्कार अझै पनि माथि उठ्न सकेको छैन । नैतिकता, स्वतन्त्रता र जिम्मेवारीतालाई बहन नभएको सम्बन्धमा सामान्य नागरिकले न्याय महशुस गर्ने परिबेश बन्न सकिरहेको छैन भने यस्तो परिस्थितिमा बलात्कार, बलात्कार पछिको अपराध अनि हाम्रो अनुसन्धान पद्धतिले कसरी मुर्त रूप पाउला रु यस्तो प्रश्न कहिलेसम्म उठाउने रु समाजले उत्तर खोजेको छ, खोजीरहने छ । [email protected]