ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

अलमलले शिक्षा क्षेत्र अस्तव्यस्त

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

केन्द्रको कानुनसग नबाझिने गरी शिक्षाको कानुन बनाउन सक्ने र पाठयक्रम फेर्न सक्ने अधिकार सहित जिल्ला शिक्षा कार्यालय अंग गरी पालिकामा शिक्षा विकास शाखा खोल्ने सरकारी नीति रहयो ।
पालिकामा शाखा पनि खुले । कार्यालयलाई जिल्ला प्रशासनको मातहत रहने गरी इकाई भनेर बोर्ड परिवर्तन गरिएको छ । तर, काम नया“ संरचनामा भताभुङ नै छ ।
अलमल र अस्तव्यस्तताले शैक्षिक गुणस्तर खस्किने संभावना छ । इकाई र पालिका शाखामा कर्मचारी अभावले काम अस्तव्यस्त नै भएको छ । बोर्ड मात्रै फेरियो, पुरानो जिल्ला शिक्षा कार्यालय हु“दा गरिने सबैजसो काम गरेको इकाई प्रमुख मनिराम पराजुलीले बताए । इकाइमा एक जना अधिकृत र दुई जना प्राविधिक सहायक रहने व्यवस्था छ । अहिले एक जना मात्रै छन । शिक्षा कार्यालय हु“दा एक जना उपसचिव (जिल्ला शिक्षा अधिकारी) शाखा अधिकृत दुई जना सहित २३ जनाले काम गरिएको थियो । शिक्षा विभागबाट इकाइमा रहेका अस्थायी र करार कर्मचारीलाई हाजिर नगराउन पत्र आएपछि एक्लै कसरी काम गर्ने अन्योल भयो, उनले भने । शिक्षकको तलब मात्रै पालिका मार्फत गएको छ । स्रोत व्यक्ति र उनीहरुको सट्टामा बसेका शिक्षकलाई इकाइबाटै व्यवस्था गरिएको उनले बताए ।
कर्मचारी अभाव, कानूनी जटिलताले काम गर्न साह्रै दुःख भएको छ, उनले भने । संघीयता आएपछि अझै अस्तव्यस्त नै भयो । कसरी काम गर्ने हामी अन्योलमै छौं, उनले भने । इकाइलाई जिल्ला प्रशासन मातहत राखिएको छ । सानो कुरा पनि प्रमुख जिल्ला अधिकारीलाई भेटेरै सोध्नुपर्छ । तर ठयाक्कै काम के गर्ने भन्ने सिडिओलाई अझै तोकिएको छैन । जिल्ला समन्यव समितिको प्रमुख जिल्ला शिक्षा समितिको अध्यक्ष हुने व्यवस्था छ । अध्यक्षले ऐन नियमावली अनुसार काम गर्ने, शैक्षिक समस्या, बेथिति नियन्त्रण र नियमन गर्ने लगायत अधिकार छ । सिडियो समिति सदस्य रहने व्यवस्था छ । पालिका शाखामा पनि कर्मचारी अपुग छन । यता पुरानै कामको चाप छ, पछिल्लो समय शिक्षा क्षेत्र साह्रै तहस नहस नै भयो, उनले भने । पालिका अधिकृतले प्रशासनिक काम गर्दा ठिक्कै हुन्छ । शैक्षिक गुणस्तर, विद्यालय अनुगमन र विविध काम गर्ने कानूनी रुपमा स्पष्ट नहुनु र जनशक्ति पनि प्रयाप्त नहु“दा शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरा गफ मात्रै भएको उनले बताए । असाध्यै दुःख भयो, हाम्रा योजना नै प्रभावकारी गर्न सकिएन, उनले भने ।
जिल्लामा तीन नगर र तीन गापा छन । भूमिकास्थान नगरपालिका शिक्षा विकास शाखा प्रमुख रहेका पराजुली शिक्षा विकास तथा समन्यव इकाई प्रमुख भएर आएपछि दुई महिना देखि रित्त रहेको छ । शाखा प्रमुखमा अधिकृत हुनुपर्ने भएपनि पाणिनी गाउ“पालिकामा प्राविधिक सहायकले काम गरेका छन । शीतगंगा र सन्धिखर्क नगरपालिका सहित मालारानी र मालारानी गाउ“पालिकामा अधिकृत छन । पालिकामा नगर र गाउ“ शिक्षा समिति गठन गर्नुपर्छ । शीतगंगामा बाहेक अरुमा गठन भएको छैन ।
स्रोत व्यक्ति रहने या टहने भन्नेमा पनि अन्योल छ । शीतगंगा नगरका शिक्षा विकास शाखा प्रमुख माधव बञ्जाडेले नगर शिक्षा समिति गठन गरेर कामको शुरुवात गरेको बताए । स्थानीय ऐन छैन, संविधानमा उल्लेख भए अनुसार काम गर्न थालिएको छ । एक वडामा एक नमुना स्कुल बनाउन अंग्रेजी माध्यमबाट पढाई शुरु र प्राथमिक तहका शिक्षकलाई पा“च दिने तालिम गरिएको उनले बताए । अनुगमन र कक्षा अवलोकन गर्न म एक्लै छु कसरी गर्ने ? सदरमुकाम इकाइ कार्यालयमा र अरु काममा जा“दा कार्यालय बन्द गर्छु, उनले भने । सहायक स्तरका दुई जनाको दरबन्दी छ । कर्मचारी छैनन । शिक्षक सरुवा, अस्थायी नियुक्ती, परीक्षा सञ्चालन र काम गर्ने कानूनी अस्पष्टताले काम अन्योल रहेको उनले बताए । प्रदेस र स्थानीय सरकार शिक्षा ऐन र कार्यविधि पनि अझै बनेको छैन । नगर शिक्षा समिति पनि पुरानै तरिकाले गठन भयो । शैक्षिक गुणस्तर वृद्धि गर्न अप्ठेरो गरेको उनले बताए ।
मालारानी शिक्षा शाखा प्रमुख रमेश पंथीले पालिका स्कुलमा शैक्षिक गुणस्तर राम्रो बनाउने र नतिजा सुधार्ने विषयमा काम शुन्य जस्तै भएको उनले बताए । जनशक्ति अभाव, जिम्मेवारी धेरै र जनप्रधिनिधिले आफनै ढंगले काम गर्न खोज्दा कुरा नमिल्दा शिक्षा क्षेत्र तहसनहस भएको उनले बताए । कुनैपनि पालिकाले स्थानीय कानून बनाएका छैनन ।
शान्ति मावि बा“गीका प्रध्यानाध्यापक मानबहादुर पाण्डेले नया“ संरचनाका कर्मचारी कामकाजी नभएको बताए । कर्मचारी र जनप्रतिनिधिबीच तालमेल नमिल्ने समस्या, कार्यसम्पादन अस्तव्यस्त र शैक्षिक प्रशासनिक काम सन्तोषजनक नभएको उनले बताए । स्थानीय सरकारको कानून छैन, नियमावली पारित छैन । नीतिगत समस्याले शैक्षिक गुणस्तरवृद्धि गर्ने गतिविधि प्रभावकारी नभएको उनले बताए । पालिकामा प्रअ बैठक भएपनि काम कसरी गर्ने शिक्षा क्षेत्रलाई कसरी सुधार्ने भन्ने योजना केही भएन, उनले भने ।
सरकारी स्कुलमा पढाई राम्रो नभएकाले अधिकांश अभिभावकले नीजि स्कुलमा छोराछोरी भर्ना गर्छन । अझैपनि अलमल हुने, कर्मचारी र जनप्रतिनिधिले चुस्तदुस्त रुपमा गतिविधि अघि नबढाएमा उपल्लो कक्षामा पनि विद्यार्थी संख्या घटने संभावना हुने अभिभावक संघका अध्यक्ष बाबुराम पंथीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%