© २०२३
निर्वाचन आयोग आईतवार हुने चुनावको अन्तिम तयारीमा छ । आयोग सम्वन्धित स्थानसम्म मतपत्र पु¥याउने, मतदान स्थलको व्यवस्थापन गर्ने, मतदान स्थलको सुरक्षाको बन्दोबस्तीका लागि सुरक्षा निकायसंग समन्वय गर्ने लगायतका काममा व्यस्त छ । राजनैतिक दलहरुले निर्वाचन प्रचार प्रसारको काम विहिवार राती १२ बजेबाट अन्त्य गरिसकेका छन । अहिले मौन अवधी सुरु भैसकेको छ । आयोग मौन अवधीको मूल्याँकन गर्दै छ । यही बेला चलखेल हुने डरमा आयोगले शान्ति सुरक्षाको विषयलाई सम्वेदनशील भन्दै दल र तिनका उम्मेदवारलाई कसीकसाउ गरेको छ । निर्वाचनलाई भयरहित तबरले सम्पन्न गर्ने अभियानमा निर्वाचन आयोगको चनाखीलाई अन्यथा भन्न सकिदैन । राजनैतिक दलहरुले समेत अव मौन अवधी भनिएपनि शून्य अवधीको समयलाई सदुपयोग गरेर निर्वाचनलाई स्वच्छ वनाउनेतर्फ प्रयास गर्नुपर्दछ । यही बेला हो– दल र तिनका उम्मेदवारहरुबीच विवाद सिर्जना हुने, गालीगलौजमा उत्रिने । तसर्थ आयोग यो अवधीका अत्यन्त संवेदनशील हुनु जरुरी छ ।
विगतका दिनमा देखेकै हो– निर्वाचनको अन्तिम समयमा उम्मेदवारहरुबीच हानथाप विवादका घटना भएको । उनीहरुले आफ्नो धरातलीय राजनीतिक यथार्थ के हो भन्ने विर्सनु हुँदैन । राजनीतिक दलका नेता–कार्यकर्तालाई निर्वाचन आयोगको यस्तो पनि आचार–संहिता छ भन्ने सामान्य पनि हेक्का भएको पाइँदैन । त्यहीकारण उनीहरूको बोली–व्यवहारमा समयमै कडा रोक लगाउनुपर्ने अवस्था देखिन्छ । आयोगको आचारसंहिता भन्छ– ‘निर्वाचनको मौन अवधीमा कुनैपनि दलको एउटा उम्मेदवारले अर्को दलको उम्मेदवारविरुद्ध अनर्गल प्रचार, सामाजिक सञ्जालमा झुटा आरोप लगाउन पाईदैन । सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषा प्रयोग गर्न पाईदैन । तसर्थ यो समय भनेको हामी सवै नेपाली संयम बन्ने बेला हो । यो समयको सही सदुपयोग गर्ने बेला हो । आयोगले आचारसंहिता जारी गराएर मात्र हुँदैन त्यसको निरन्तर कडा अनुगमनको आवश्यकता पनि छ । यो बेला राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पु¥याउने काम गर्न हुँदैन भन्नेतर्फ होसियार हुन सकियो भने पनि निर्वाचनको स्वच्छता र मौन अवधीको पालनामा समस्या हुँदैन भन्ने हो ।
निर्वाचन पूर्वको मौन अवधीमा निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोगलाई बढी नै महत्व दिनुपर्दछ । निर्वाचनका समयमा बर्जित काम र गतिविधिका विषयमा सामाजिक सञ्जाललाई प्रयोग गरेर बढी सूचना प्रवाह गर्न सकियो भने त्यसबाट पनि अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्न सक्छ । त्यसैगरी द्वेष र घृणाजन्य बोली व्यवहारलाई नियन्त्रण गर्ने, शीर्ष नेता र उम्मेदवारका भाषणलाई तोडमरोड गर्ने विषयमा पनि आयोगको ध्यान पुग्नुपर्दछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्ने सेयर, लाइक र कमेन्टले पनि प्रभाव पार्न सक्छ । तसर्थ आयोगले यो विषयमा ध्यान पु¥याउनु पर्दछ ।