ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

प्रदेश ५ सरकारको अभियान ‘विद्यालयका लागि मेरो एक दिन’

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

 ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ को नाराका साथ बुटवलमा शिक्षा दिवस मनाइएको छ ।दिवसका अवसरमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारको उद्देश्यका साथ विद्यालयका लागि मेरो एक दिन अभियानको समेत घोषणा गरिएको छ । दिवसका दिन घोषणा गरिएको कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बुटवल उपमहानगरपालिका र विभिन्न शैक्षिक संस्थाहरूले सहकार्यको प्रतिबद्धता जनाएका छन् ।
बुटवल उप–महानगरपालिका र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा शनिबार बुटवलमा आयोजना भएको कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक दिने अभियानको घोषणा गरेका हुन ।
विद्यालयका लागि मेरो एक दिन अभियानको घोषणा गर्दै मन्त्री बरालले गुणस्तरीय शिक्षाको विकासका लागि सरोकारवालाहरू सबैका बीचमा सहकार्य जरुरी रहेको बताए । उनले सरोकारवालाहरूले आ–आफ्नो दक्षता, विज्ञता तथा गच्छे अनुसार विद्यालयमा शैक्षिक, भौतिक, आर्थिक र नैतिक पक्षमा योगदान गर्न आग्रह गर्दै आफुले पनि सोही अनुसार गर्ने प्रतिबद्धता गरे ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले दिवसका अवसरमा घोषणा गरिएको विद्यालयका लागि मेरो एक दिन अभियानमा सबैलाई सामेल हुन आग्रह गरे । बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक शिक्षा नै आजको आवश्यकता रहेको भन्दै अब त्यस अनुरूपका कार्यक्रमहरू अगाडि बढाउनुपर्नेमा जोड दिए ।

शक्षा दिवसको अवसर पारी नेशनल प्याब्सन रूपन्देहीले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले अन्तर्राष्ट्रिय शिक्षाका अभ्यासमा अलमल गरेर होइन घर छेउको विद्यालयको अवस्थालाई हेरेर छलफल र योजना गर्न जरुरी भएको बताए ।
शिक्षाको विकासका लागि भन्दै आयोग गठन गर्ने र आयोगले दिएको सुझावको अध्ययन गर्ने सुझावलाई कार्यान्वयन गर्ने संस्कारको विकास नभएको मन्त्री बरालले बताए । आयोग गठन हुन्छ, प्रतिवेदन पढिदैन मन्त्री बरालले भने आयोगको प्रतिवेदन पढ्न समेत आयोग गठन गर्ने चलनले शिक्षा क्षेत्र पछि पर्यो । विभिन्न समयमा गठन भएका आयोगले दिएको प्रतिवेदनको सिरानी राखेर शिक्षाको विकास नहुने हुदा कामको विकल्प नभएको उनको जिकिर थियो ।
शिक्षा क्षेत्रमा देखिएको समस्याको बिषयमा छलफल जरुरी भएको उल्लेख गर्दै उनले नीजि क्षेत्रको लगानी नडुब्ने र शिक्षालाई सेवाको रूपमा स्थापित कसरी गर्ने बिषयमा सोंच्न जरुरी भएको उनले बताए । कार्यक्रममा नेशनल प्याब्सन अन्तर्गत रहेका विद्यालयबाट एसइई २०७४ मा ३ दशमलब ६५ र सोभन्दा बढी जिपिए ल्याउने ४७ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रवक्ता मित्रमणी खनाल प्रदेशको शिक्षाको अवस्था र प्रदेश सरकारको शिक्षाको नीति र कार्यक्रमको संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, संघीय समाजवादी फोरम प्रदेश नं. ५ का संयोजका महेन्द्र यादव, नेशनल प्याब्सनका केन्द्रिय सदस्य कृष्ण पौडेल, अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, नेशनल प्याब्सनका जिल्ला अध्यक्ष देउप्रकाश राई, उपाध्यक्ष तिलब केसी, सचिव जेबि क्षेत्री, सहसचिव बाबुराम बन्जाडे लगायतले बोलेका थिए ।

‘शिक्षाको सुधार कामले हुन्छ’
बुटवल, २३ भदौ– प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षाको सुधार कुराले नभई कामले हुने बताएका छन् । शिक्षामा बढी समय सिद्धान्तको छलफलमा बितेको हुँदा कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत वेगम केसी, उपसचिव थानेश्वर ज्ञवाली, उपसचिव नेत्रमणी खनाल, बुटवल उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थी, शिक्षक पेशागत महासंघका टिकाराम शर्मा, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोल्दै दिवसका अवसरमा शुभकामना दिए । त्यस अवसरमा प्रदेशको शैक्षिक अवस्थाका बारेमा नेत्रमणी खनाल र बुटवलको बारेमा लोकराज पन्थीले विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो । जिपिए ४ ल्याउने न्यू होराइजन इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूलका मनिषा थापा, सुम्निमा श्रेष्ठ, सक्षम देवकोटा, गौरव अमगाइ तथा एवनेजर एण्ड न्यू भिजन माध्यमिक विद्यालयका अनमोल चालिसे, स्कलर्स होम इङ्गलिस बोडिङ्ग स्कूलका सृष्टि पोखरेल, तिनाउ इङ्गलिस बोडिङ्ग स्कूलका सलिना जि.सी, आवर पिस ल्याण्ड एकेडेमीका निशान्त पाण्डेलाई नगदसहित सम्मान गरिएको थियो ।
उत्कृष्ट विद्यालयका रूपमा न्यू होराइजन इङ्गलिस बोडिङ्ग सेकेण्डरी स्कूल, कालिका मानवज्ञान माध्यमिक विद्यालयले सबैभन्दा राम्रो नतिजा ल्याएको भन्दै सम्मान गरिएको थियो । कालिका मानवज्ञान माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, नहरपुर माध्यमिक विद्यालय, न्यू होराइजन इङ्गलिस बोडिङ्ग स्कूल, एभरेष्ट इङ्गलिस बोडिङ्ग सेकेण्डरी स्कूल, दीप बोर्डिङ्ग हाइस्कूल, समिट इङ्गलिस बोर्डिङ्ग हाइस्कूल, अक्सफोर्ड माध्यमिक विद्यालय, तिनाउ इङ्गलिस बोर्डिङ्ग स्कूल र नयाँगाउँ माध्यमिक विद्यालयका अध्यक्ष र प्राचार्यहरूलाई समेत सम्मान गरिएको थियो ।
प्रतियोगिताका विजेतालाई पुरस्कार
यसैबीच साक्षरता दिवसको पूर्व सन्ध्यामा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको हाजिरीजवाफमा न्यू होराइजन इङ्गलिस बोडिङ्ग सेकेण्डरी स्कूल प्रथम कान्ति माध्यमिक विद्यालय दोस्रो तथा कालिका मानवज्ञान माध्यमिक विद्यालय तेस्रो र बुटवल ग्लोरी बोडिङ्ग स्कूल चौथो भएका थिए । यस्तै उपमहानगरले चित्रकलाको पनि प्रतिस्पर्धा गराएको थियो । जस्मा छात्रतर्फ विनय श्रेष्ठ न्यू होराइजन इङ्गलिस बोडिङ्ग सेकेण्डरी स्कूल, अनजु सिर्पाली लक्ष्मी माध्यमिक विद्यालय, अनुप पुन दिप बोडिङ्ग सेकेण्डरी स्कूल, टेनिक श्रेष्ठ क्यानन सेकेण्डरी स्कूल थिए । चित्रकला छात्रातर्फ विधिसा भण्डारी लुम्विनी शिक्षालय, आयुषा खनाल दिप बोडिङ्ग सेकेण्डरी स्कूल, प्रितिकुमारी शाह तिलोत्तमा माध्यमिक विद्यालय, करिश्मा थापा आइडियल इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूललाई पुरस्कार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?