© २०२३
दाङमा आँखा रोगीको उपचार घरमै गएर गर्न सुरु गरीएको छ । राप्ती आँखा अस्पतालको नेपाल नेत्रज्योति संघले सुरु गरेको राष्ट्रिय अन्धोपन सर्वेक्षण कार्यक्रम २०७५ अन्र्तगत पहिलो चरणमा तुलसीपुरका बिभिन्न स्थानमा घरघरमै गएर आँखाको उपचार गरीएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिएका छन् । उनका अनुसार दाङमा १७ स्थान तोकीएको र ति स्थानमा गई आँखा रोगीको उपचार गर्न सुरु गरीएको हो । घरमै उपचार संभव भएका हरूलाई घरमै र जटिल किसीमका बिरामीहरूलाई राप्ती आँखा अस्पताल रक्षाचौरमा निःशुल्क उपचार गरीने गरेको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् । सर्वेक्षणमा ५० बर्षमाथीको आँखाका बिरामीहरूको उपचारगर्ने गरीएको छ ।
अन्धोपन सर्वेक्षण कार्यक्रम दाङका लागी १७ स्थानमा भएको र अहिले सम्म ६ स्थानमा सर्वेक्षण गरीएको गौतमले जानकारी दिएका छन् । ६ स्थानमा गरीएको सर्वेक्षणमा ७ सय जनाको उपचार गरीएको र त्यसमा एक सय जतिमा आँखामा मोतिविन्दुको समस्या देखिएको छ । यस्ता बिरामीलाई राप्ती आँखा अस्पताल रक्षाचौरमा निशुल्क सल्यक्रियाको ब्यवस्था मिलाईएको गौतमले जानकारी दिएका छन् । राष्ट्रिय अन्धोपन सर्वेक्षण कार्यक्रम साविक राप्ति अञ्चलको दाङ, रोल्पा, प्यूठान र पूर्वी रुकुममा रहेको छ । जस अन्तरगत दाङमा १७ स्थान, रोल्पा र प्यूठानको सात सात स्थान र पूर्वी रुकुमको दुई स्थान गरी ३३ स्थानमा सर्वेक्षण शिविरको आयोजना गरीने कार्यक्रम अन्तरगतपहिलो चरणमा दाङबाट सुरु गरीएको छ । साउन २६ गते देखी सुरु भएको सर्वेक्षण कार्यक्रम सुरु भएको छ । यो सर्वेक्षण असोज महीनामा सक्नुपर्ने सुचना अधिकारी बालाराम खड्काले बताएका छन् । सर्वेक्षणका क्रममा बिरामीहरूको उपचार गरीने र जटिल किसीमका विरामीलाई अस्पतालमा पठाउने गरीएको छ । सर्वेक्षण कार्यक्रममा आँखा चेकजाँचका लागी नेत्रविशेषज्ञ डाक्टर सुरेश रसाईलीको नेतृत्वमा एक टोली रहेको छ । टोलीले घरमै उपचार गर्दै आएको छ । पछिल्लो पटक टोलीले तुलसीपुर ६ मा गरेको सर्वेक्षणमा ५० जनाको उपचार गरेको रसाईलीले जानकारी दिएका छन् । सर्वेक्षणका क्रममा गरीएको चेक जाँचमा धेरैजसो आँखा पाक्ने रोग देखीएको र तिनको सर्वेक्षणकै क्रममा उपचार हुने गरेको छ । उपचारमा संलग्न डाक्टरहरूले आँखाका रोगीले प्रयोग गरेको रुमाल, औषधि प्रयोग नगर्न आँखाका बिरामीहरूलाई सुझाव दिने गरेको बताएका छन् ।
सन् २०१८ मा नेपाल भरी यस्ता सर्वेक्षणहरू हुने कार्यक्रम रहेको छ । साविक राप्तिको चार जिल्लामा हुने सर्वेक्षण ४० दिन सम्म सञ्चालन हुने छ । सर्वेक्षणमा ५० बर्ष माथिका व्यक्तिहरूको आँखा चेकजाँच गर्ने र सो विरामीहरूमा आँखामा देखिएको मोतिविन्दुको सल्यक्रिया निःशुल्क हुने कार्यक्रम रहेको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् । यस्तो सर्वेक्षण पहिलो पटक सन् १९८० देखि १९८१ सम्म भएको थियो । त्यतिबेला अन्धोपनको समस्या ०.८४ प्रतिशत रहेको थियो । त्यसैगरी सन् २०१० मा भएको सर्वेक्षणले अन्धोपन घटेर ०.३५ प्रतिसतमा पुगेको बताईएको छ ।