ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

मुस्कान खोसिएको मुखौटा

२२ भाद्र २०७५, शुक्रबार
२२ भाद्र २०७५, शुक्रबार

–गिरि श्रीस मगर

ऋषि आजादको स्ट्याट्सः सन् २०१८ अगस्त २८ । तद्नुसार वि.सं. २०७५ भाद्र १२ गते । बिहान १ः३१ मा विश्रुत लेखक,पत्रकार एवं बुद्घिजीवी ऋषि आजादले सामाजिक सञ्जाल (फेसबुक) मा उटा स्ट्याट्स पोष्ट गर्नुभयो । सामान्य मानिसको स्ट्याट्स भए ‘गफ देको’ होला भनी वास्ता गरिँदैनथ्यो । तर मित्र आजादको गम्भीर स्ट्याट्सलाई उपेक्षा गर्न सकिएन । त्यो स्ट्याट्सले मलाई हिमाली जिल्ला डोल्पा सम्झिन बाध्य पा¥यो ।
स्ट्याट्सको पेटबोलीले भन्थ्यो– सत्ताधारी नेकपाका वामदेव गौतम नामधारीसत्ताका कामदेवलाई संसदमा गई गाडीमा झण्डा हल्लाउ“दै हिँड्ने राजसी जङ चल्यो । त्यसैले ती कामरूपी नेता जनताको भारी मत पाएर विजयी भएका डोल्पाका सांसद धन बहादुर बूढालाई राजीनामा गर्न लगाई आफू त्यहा“बाट उपनिर्वाचनमा उठेर जित्ने दुरभिसन्धि गर्दैछन् । त्यो गर्नु जनताप्रतिको गद्दारी हो ।
दुःखको परम्पराः अनुहारबाट मानौं कसैले बलात् खोसिलगेको छ मुस्कान ! र, त्यहा“ टा“सिदिएको छ रोइरहेको दुःखको मुखौटा ।
झोला बोकेर स्कूल हिंडिरहेका नानीहरू, दाउराको भारी बोकेर बजार हिंडिरहेका भरियाहरू, काममा हिंडिरहेका कर्मचारीहरू, वनतिर हिँडेका गृहणीहरू, दोकान कुरेर बसेका व्यापारीहरू, भारी बोकेर कु“दिरहेका खच्चरहरू ! कसैको अनुहारमा छैन मुस्कान र उज्यालो । दुःखले थिचिरहेको जस्तो यो दृश्य डोल्पाको हो ।
मङ्सिरको पहिलो साता म डोल्पामा थिए“ । यसअघि जुम्ला घुमिसकेको हुनाले कर्णालीको दुःखस“ग थोरै भए पनि परिचित थिए“ म ।
जाडो लागिसकेको थियो । हिमालको काखमा अवस्थित साल्दाङ, तिन्जे, मुर्सी गाउ“, काराङ, छार्का लगायतका गाउ“हरूबाट जाडो छल्न सदरमुकाम दुनैतिर झर्ने क्रम सुरु भैसकेको थियो । खच्चड र चौरीका बथान लिएर हिमालका फेंदबाट झरेका मानिसहरू सानोभेरीका किनारमा पाल टा“गेर बस्न सुरु गरिसकेका थिए ।
हामीलाई पुग्नु थियो उपल्लो दुनैस्थित डोल्पा साना जलविद्युत् केन्द्रमा । दुई सय किलोवाट क्षमताको यही जलविद्युत् केन्द्रले सदरमुकाम, वरिपरिको क्षेत्र तथा जुफाललाई विद्युत् वितरण गर्दै आइरहेको थियो । तत्कालीन ‘जनयुद्घ’को घानमा दुईपटक विष्फोटमा परेर घिटिक घिटिकहु“दै चलेको ‘पावर हाउस’ दुई वर्षदेखि आधा क्षमतामा चल्दै आएको थियो । एक नम्बर युनिटको जेनेरेटर रिवाइन्डिङ र कन्ट्रोल रिले प्यानलहरू अपग्रेड गरी दुबै युनिटलाई समानान्तरमा चलाउन ओभरसियर भाइ भक्तबहादुर झेंडी मगरलाई लिएर म त्यहा“ पुगेको थिए“ ।
हामी पुग्नुभन्दा केही दिन पहिले दुनै पुगेका रहेछन् तत्कालीन उर्जा मन्त्री जनार्दन शर्मा । विद्युत केन्द्रसम्म पुगेर निरीक्षण गर्ने कार्यक्रम पनि तय भएछ । कर्मचारीहरू माला र फूलका गुच्छा लिएर बसेछन् तर काठमाण्डौको लोड सेडिङ हटाउने अभियानमा व्यस्त मन्त्री अन्तिम अवस्थामा ‘पावर हाउस’ गएनन् ।
सदरमुकामको १७ घण्टे लोडसेडिङ ! सदरमुकामबाट चार दिन हिंडेर मात्र पुगिने गाउ“हरूमा युगौंदेखि व्याप्त अन्धकार ! त्यो अन्धकारले छुन सकेन मन्त्रीलाई ! स्वभाविक छ– डोल्पाको अ“ध्यारोभन्दा काठमाण्डौ, दिल्ली, थाइल्याण्ड वा सिंगापुरको उज्यालो चित्ताकर्षक हुन्छ मन्त्री नेताहरूका लागि ।
हो त नि ! कोही टिक्दैनन् डोल्पामा ! सीडीओ, एलडीओ, अन्य सरकारी कार्यालयका हाकिमहरू, इन्जिनियर, डाक्टर र शिक्षकहरू ! यी सबै वर्षमा ६ महिना त ‘तल’तिरै हुन्छन् । छुट्टी बस्नु वा सुगमको काजमा जानु यहा“को परम्परा नै हो । जसोतसो दुई वर्ष कटाउनु यिनलाई ‘महाभारत’ हुन्छ । सक्नेले कटाउ“छन् र भाग्छन् । नसक्नेले काठमाण्डौको ‘बल’मा सरुवा माग्छन् ।
कर्णालीका नाममा आइएनजीओ र एनजीओ चलाउनेहरू भने वनभोज हिंडेको शैलीमा डोल्पा पुग्छन् । बेरोजगारीले थङथिलो भएका युवाहरूलाई स्थानीय नेताहरूको सिफारिसमा ‘राम्रै’ तलबसहित रोजगारी दिन्छन् । काम सम्झाउ“छन् । रिपोर्ट बनाउने तरिका सिकाएर राजधानी फर्किन्छन् ।
कोही छैन डोल्पाको आफ्नै भन्नू ! सबै बाहिरका हुन् । डोल्पाको दुःखस“ग तिनको कुनै साइनो छैन । तिनलाई डोल्पाको दुःखभन्दा आफ्नै दुःख अजङ्गको लाग्छ । तिनले त मात्र जागीर खानु छ । ‘राजाको काम, कैले जाला घाम’ नै तिनको मूलमन्त्र हो ।
डोल्पाको छैन आफ्नै सीडीओ ! छैन आपनै एलडीओ । छैनन् लेक्चरर, हेडमास्टर र मास्टर ! छैनन् आफ्नै डाक्टर र इन्जिनियर ! न छन् आफनै सुब्बेनी दिदी र नर्स बहिनीहरू !
दशकौंदेखि बाहिरियाहरूको भरमा चलेको वा चल्न बाध्य डोल्पाले कहिले बुझ्ला कि डोल्पाबासी नै डोल्पाका आफ्ना हुन् ! डोल्पाको मुहारमा मुस्कान अवतरित गराउन कसैले सक्छ भने डोल्पाबासीले मात्रै सक्छन् । तर कहा“ छ डोल्पाको मुस्कान ?
अलिकति मुस्कान‘माननीय’को वरिपरि घुम्दै काठमाण्डौ गएको छ । अलिकति मुस्कान ‘हुनेखाने’ हरूस“ग नेपालगञ्ज वा सुर्खेततिर गएर बसेको छ । अलिकति मुस्कान जाडो छल्न प्लेन चढ्न जुफालमा आएर थुप्रिएको छ । हिमालको काखमा कक्रिएर बसेका गाउ“हरूको मुस्कान भने भोक, शोक, पीडा र गरिबीमा पुरिएको छ । डोल्पालाई हिमालको सौन्दर्यस“ग जोडेर हेरिन्छ । शे–फोक्सुन्डोको कञ्चन सौन्दर्यमा यसको प्रतिविम्व खोजिन्छ । यार्साको ताकतमा यसको शक्ति नापिन्छ । के डोल्पा सुन्दर, सम्पन्न र शक्तिशाली छ ? अझै पनि खच्चरकै पिठ्युमा छ डोल्पा ।
सिजन लागेपछि डोल्पामा हलचल हुन्छ । स्कुले नानीहरूसमेत किरा (यार्सा) टिप्न लगिन्छन् ! किराको खरीदविक्री गर्न व्यस्त हुन्छ डोल्पा ! तर किन त्यो आम्दानीले फेरिरहेको छैन डोल्पाको मुहार ! त्यो आम्दानी वर्षभरिको नुन तेल जोहो गर्न पनि किन पर्याप्त भइरहेको छैन ? किन झन्झन् कमजोर हु“दै गइरहेछ डोल्पा ?
देश विदेशका दलालहरूले कमाइरहेछन् अमूल्य यार्साबाट । डोल्पाको स्याउसुकुटी बनेर प्लास्टिकमा कोचिन बाध्य छ । अलिकति आलु र सिमी, अलिकति जौ र कोदो, ‘हो कि हो कि जस्तो’ अलिकति धान र मकैले केही महिना प्राण धान्न पुगे पनि खाद्य संस्थानमा घण्टौं उभिनु र धेरैजसो रित्तै हात फर्किनुको विकल्प छैन डोल्पास“ग ! अथाह प्राकृतिक सौन्दर्यले पूर्ण भए पनि डोल्पाको देह भने कुपोषणग्रस्त जस्तै छ ।
शे–फोक्सुण्डोको फोटो खिचेर ‘डोल्पो सौन्दर्य’ को शीर्षकमा अखबारमा छाप्ने वा सामाजिक सञ्जालमा शेयर गर्नेहरूले फोक्सुण्डोजस्तै गहिरो वा सानो भेरीजस्तै नागबेलीयुक्त दुःख बारे नबोलेको देख्दा भने अचम्म लाग्छ !
मुलुकका महानगर र नगर–सभ्यताउन्मुख सहरहरूमा अनेकन आन्दोलन र ‘जनयुद्घ’ को सिलसिलामा राजामहाराजाहरूको सालिकहरू तोडिएको, भत्काइएको र उखेलिएको देखिएकै हो तर सदरमुकाम दुनैको केन्द्रमा राजा वीरेन्द्रको सालिक भने साबुत रहेछ । इतिहास भनेको इतिहास नै हो । नानीहरूलाई इतिहासबाट वञ्चित गर्नु हु“दैन भन्नेहरूका लागि त्यो एउटा राहतको विषय हुन सक्छ ।
तर सालिक ! सालिक जीर्णताको उत्कर्षमा छ । सालिक घरको छानो पुरानिएको छ ! चौघेरा भत्किएको छ ! वरिपरि खच्चरको मलमूत्र र फोहर थुप्रिएको छ । सालिकको छेउँमा मगन्तेहरूले थोत्रा बोराहरू राखेका छन् । मगन्तेहरूले शायद रातभरि संवाद गर्दा हुन् सालिकस“ग ! हो, इतिहास भनेको इतिहास नै हो । तर इतिहासको यस्तोे दुर्दशा कमै मात्र देख्न पाइन्छ ।
सदरमुकाम दुनैमा इतिहासको मात्र दुर्दशा देखिदैंन । दुर्दशा वर्तमानको पनि त देखिन्छ ! कारुणिक लागेको एउटा दृश्य हेरौं–
दुनै पुगेको दिन मध्यान्हअबेला होटेलमा खाना कुरिरहेका बेला किशोर वयका एक जोडी आए । किशोरीको पिठ्यूमा यौटा बालक थियो र किशोरको हातमा यौटा पुरानिएको झोला । तिनका अनुहारमा प्रशस्त भोक, प्यास, निराशा र थकान देखिन्थ्यो । बालक बिमारी र कुपोषणले ग्रस्त थियो । उसलाई पोषण र उपचार चाहिएको थियो ।
शायद तिनीस“ग खान र उपचार गर्न पुग्ने पैसा थिएन । तिनले एक गिलास चिया र यौटा पाउरोटी मागे । बालक खान सक्दैनथ्यो तर आमाले खुवाइदिने प्रयत्न गर्थी । धेरै प्रयत्न पछि बालकको पेटमा केही घुट्को चिया र थोरै पाउरोटीको टुक्रा प¥यो । बा“की चिया र पाउरोटी आमाले खाई ।
किन त्यो बालकले उपचार पाइरहेको छैन ? ेकप्यासले क्लान्त त्यो जोडीले किन भातदाल माग्न सकेनन् ? तिनको स्वभाविक तेज, मुस्कान र सपना कसले खोसिरहेको छ ? कसले खोसिरहेको छ बालकको अबोध मुस्कान ? कसले लुटिरहेको छ आमाको छातीबाट निसृत हुने दूधको धारा ?
त्यो जोडी र बालकस“गको भेट डोल्पास“गको पहिलो भेट थियो । डोल्पाले आफ्नो पहिलो परिचय त्यसरी दिएको थियो मलाई ।
किशोर वयमा नै अनुहारमा पचास वर्षीय उमेरको पीडा लिएर खानाको विकल्पमा चिया र पाउरोटी रोज्न विवश किशोर जोडी ! चियाले पाउरोटी निल्न बाध्य कुपोषणग्रस्त तिनका शिशु ! डोल्पाको वर्तमानको विम्व !
सन् २००० को २५ सेप्टेम्बर राति तत्कालिन नेकपा (माओवादी) ले सदरमुकाम दुनैमाथि पहिलो ठूलो आक्रमण ग¥यो । १४ प्रहरी मारिएका, ४० भन्दा धेरै घाइते भएका र बैंकबाट ६ करोडभन्दा बढी रकम हात पारिएको त्यो घटना तिनका लागि उल्लेखनीय सफलता थियो । त्यो किन पनि महत्वपूर्ण थियो भने तिनले केही घण्टा भए पनि सदरमुकामका सबैजसो अड्डा कब्जा गरेका थिए ।
यसरी नेकपा (माओवादी) लाई डोल्पाले ऐतिहासिक सफलता दिएको थियो । जनयुद्धलाई थप गति दिएको थियो तर दशकौंपछि पनि डोल्पाको मुहार किन फेरिएन ? डोल्पाको प्राण अहिलेसम्म पनि किन खच्चरको पिठ्यूमा नै ओहरदोहर गर्न बाध्य छ ? किन केही घण्टा पनि टिक्न सक्तैनन् मन्त्रीहरू डोल्पामा र उड्न हतारिन्छन् काठमाण्डौ ?
आवरणमा सौन्दर्य,आत्मा विदीर्ण
जा“दा त नेपालगञ्जमा ५ दिन कुरेरै भए पनि जहाज पाइएको थियो तर फर्किदा समयमै जहाज पाइने कुनै सम्भावना नै थिएन । मौसम बिग्रेकाले केही दिनदेखि जहाज नै आएको थिएन । केही पर्यटकहरू र अधिकांश स्थानीयहरू ‘तल’ झर्न जुफालमा कैंयौं दिनदेखि जहाज कुरेर बसेका थिए ।
आकासमा उड्नुभन्दा जमीनमा हिंड्नुमा मज्जा लाग्छ मलाई । जमीनमा हिंड्दा कहा“ ठेस लाग्न सक्छ भन्ने अनुभव हुन्छ नि ! धरतीमा हिंड्दा नै थाहा हुन्छ नि धरतीको दुःख ! त्यसैले जुफालको कुनै होटेलमा अनिश्चित समयका लागि झिंझिदैं बस्नुभन्दा हिँड्नु राम्रो छ भनी भक्त भाइलाई ‘कन्भिन्स’ गरे“ ।
मङ्सिर २० गते हामी हिँड्यौं । व्यक्तिगत सामान र टुल्सट्याकल्सहरूले गर्दा भारी गह्रुंगो नै थियो तैपनि त्यो भारीले हामीलाई हतोत्साहित बनाउन सकेन ।
जुफालको फेंद भित्तीबाट शुरु भयो हाम्रो यात्रा । सानो भेरीको किनारै किनार त्रिपुराकोट, ल्याहा हु“दै ५ घण्टा हिंडेर बास बस्न पुग्यौं डोल्पाको खादाङमा । खादाङदेखि त्रिवेणीसम्म मोटर बाटोको ट्रयाक खोल्ने काम भइरहेछ अहिले । चट्टाने पहाडमा ट्रयाक खोल्ने काम सा“च्चै सकसपूर्ण छ तर तिनै पहाडको फेंदबाट बगिरहेको भेरीको अविरल गतिजस्तै बढिरहोस् त्यो काम ! यो बाटो बन्यो भने डोल्पाको आधा दुःख ढलिजाने छ ।
भोलिपल्ट बिहानै हिँडेको हामी चट्टाने पहाडमा खोलिदै गरेको ट्रयाक पछ्याउ“दै, कतै चार हात खुट्टाले हिँड्दै त कतै आङ नै सिरिङ्ग पार्ने पहराहरूमा झुण्डिदै नौ बजेतिर पुग्यौं रुकुमको त्रिवेणीमा । त्यसपछि कहिले जीपमा, कहिले पैदल गर्दै गोतामकोट, तल्लु बगर, राडीज्यूला, सीमबजार, छेपारे हु“दै बास बस्न पुग्यौं जाजरकोटको रिम्ना बजार ।
हिमाली चुचुराहरू, प्राचीन र दुर्गम गाउ“हरू ! लोभलाग्दा वन्यप्राणीहरू, मनमोहक बौद्ध गुम्बा र ताल तलैयाहरू ! यिनै हुन् डोल्पो आवरणका सौन्दर्य । यो सौन्दर्य देखेका छन् देश विदेशका धेरैले तर डोल्पाको आत्मा छाम्नु पर्नेहरूले टेकेका छन् यसको माटो ? डोल्पाली पत्रकार विष्णु बूढाले छाप्दै आएको ‘हिमाली सुस्केरा’ सुनेको छ सिंहदरबारले ?
स्ट्याट्सको अन्तिम दुई वाक्यः
हिमाली सिरेटोको अनुभूतिस“गै झण्डै तीन साता तिम्रो न्यानो काखमा बसेर कडा मिहिनेत पछि तिम्रो पोल्टामा अलिकति उज्यालो थपिदिएका थियौं डोल्पा ! त्यो उज्यालो नानीहरूको आ“खालाई दियौँ ? नानीहरूलाई त्यही उज्यालोमा अक्षरहरू छिचोल्न सघायाँै ?
डोल्पा ! तिम्रा नानीहरूले अक्षरहरू नछिचोलेसम्म, युगौंदेखि तिमीलाई थिचिबसेको दुःखलाई छिचोल्न सकिने छैन । डोल्पा ! नानीहरूलाई आफ्नो माटोलाई प्रेम गर्न सिकाऊ !
सत्ताप्रति अति आसक्त ‘कामदेव’ हरूले तिम्रा विरुद्घमा रच्ने दुरभिसन्धिहरूलाई पर्दाफास गर्न यहा“ हजारौं लाखौं ऋषि आजादहरू तैनाथ छन् । तिनका कलम कुनै पनि सत्ताले भा“च्न सक्ने छैन ।
डोल्पा ! हेर त, ऋषि आजादको स्ट्याट्सको अन्तिम दुई वाक्यहरू ! शक्तिशाली छन् ती वाक्य । किनभने त्यहा“तिम्रै आवाज बोलिएको छ ।
बर्दियामा हारेको मान्छेले डोल्पामा जित्छ भन्ने केही छैन ।
डोल्पालीले तपाईंलाई हराउनु पनि पर्छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?