ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

स्थानीय सरकारको काँधमा कक्षा ११ को छात्रबृत्ति ?

१९ असार २०७५, मंगलवार
१९ असार २०७५, मंगलवार

सरकारले दिदै आएको कक्षा ११ को छात्रबृत्तिमा विद्यार्थीहरु अलमलमा परेका छन् । छात्रबृत्ति दिने जिम्मेवारी फेरबदल भएपछि उनिहरु अलमलमा परेका हुन । छात्रबृत्ति दिने निकाय र छनौट गर्ने निकाय को हो ? भन्ने बिषयमा विद्यार्थीमा अलमल छ ।
सोमबार बुटवल उपमहानगर पालिकाको शिक्षा महाशाखाका कर्मचारीलाई छात्रबृत्तिका लागि जानकारी लिन आएका विद्यार्थी र अभिभावकसँग बोल्नमा भ्याइ नभ्याई थियो । रुपन्देहीको बुटवल उपमहानगर मात्र नभई छिमेकी तिलोत्तमा नगरपालिका देखि छिमेकी जिल्लाका विद्यार्थी तथा अभिभावक महाशाखामा देखिएका थिए । तिलोत्तमा नगरपालिका घर बताउने सृष्टि सुवेदीले आफुले विज्ञान बिषय रोजेको र छात्रबृत्ति पाउने निकाय थाहा नभएपछि महाशाखामा आएको बताइन । सरकारले परिक्षा लिइ छात्रबृत्ति दिन्छ भन्ने सुनेकी भएपनि निवेदन दिने र परीक्षा दिने निकाय थाहा नभएको उनले बताइन । अर्घाखाँची जीवनउद्दार माविबाट ३.६ जिपिए ल्याएका रोशन भुसालले पनि छात्रबृत्तिको अन्यौलका कारण उपमहानगरको शिक्षा महाशाखामा आएको बताए ।
छात्रबृत्ति दिने जिम्मेवारी सहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा विभागले शिक्षा विकास तथा समन्वय एकाई तथा स्थानीय तहका शिक्षा अधिकृतहरुलाई पत्राचार गरेको छ । माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहमा आएसँगै यसबर्षदेखि भने उक्त छात्रबृत्तिको जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । शिक्षा विभागले लेखेको पत्रमा कक्षा ११ मा संस्थागत विद्यालयमा छात्रबृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि छात्रबृत्ति सम्बन्धी आवश्यक व्यवस्था त्यहाँबाटै मिलाउनु भनेको छ । संस्थागत विद्यालय छात्रबृत्ति कार्यान्वयन कार्यविधि २०७४ को नमूना शिक्षा विभागकै वेभसाइटमा राखिएको र गोरखापत्रको नियमित प्रकाशनमा समेत सूचना गरिएको विभागले जनाएको छ । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार निर्देशन गरिएको विभागको भनाई छ ।
बुटवल उपमहानगरका शिक्षा महाशाखा प्रमुख लोकराज पन्थीले कक्षा ११ मा पढ्न चाहने विद्यालयहरु विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि फारम भर्ने व्यवस्था गरिएको बताए । पन्थीले असार ३० गतेदेखि साउन ७ गतेसम्म तोकिएको ढाँचामा सम्बन्धित विद्यालयमा निवेदन दिन सक्ने बताए । परीक्षाको बिषयमा भने के कसरी गर्ने यकिन भैनसकेको पन्थीको भनाई छ ।
शिक्षा विभागको पत्रमा संस्थागत विद्यालयलाई मात्र जनाएपछि सामुदायिक विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले के कसरी छात्रबृत्ति पाउने भन्ने बिषयमा अझै अलमल देखिएको छ । ति विद्यालयले पनि संस्थागत विद्यालय जस्तै गरी विद्यार्थीलाई छात्रबृत्ति दिनुपर्ने शिक्षाका अधिकारीहरु बताउँछन् । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएका कारण विभागले पत्रमा उक्त कुरा नखुलाएको स्रोतको भनाई छ ।
तर स्थानीय सरकारहरुले छात्रबृत्तिको पाउने विद्यार्थीको परीक्षा संचालन, नतिजा प्रकाशन र कार्यान्वयन पक्षको अनुगमनका लागि आर्थिक र मानविय स्रोतको व्यवस्थापन कसरी गर्ने हुन हेर्न बाँकी नै छ । साविकको उच्च माध्यमिक शिक्षा परिषद र गत बर्षसम्म साबिकको जिल्ला शिक्षा कार्यालयलाई छात्रबृत्ति पाउने विद्यार्थीको छनौट गर्नै जिम्मेवारी रहेको थियो ।
बुटवल उपमहानगरमा छात्रबृत्तिको बिषयमा जानकारी लिदै विद्यार्थी । तस्वीर बुटवल टुडे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?