ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुक्सेको पाखामा कण्डेलको पौरख, ‘बर्षमा १५ लाख कमाउन कहि जानु पर्दैन’

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–४ श्रृङ्गा रुक्सेका किसान रामकृष्ण कंडेलको पाखाबारीमा जाने जो कोही पनि दङ्ग पर्दछन् । मान्छे उभिएरहिँड्न गाह्रो हुने पाटाबारीभरीमा कण्डेलले लटरम्म तरकारी फलाएका छन् । पखेराभरी कफि खेती गरेका छन् भने ख¥यानमा भुटुक, कागती, सुन्तला समेत रोपेका छन् । जिल्लामै नमुना किसानको रूपमा पहिचान बनाएका कण्डेलको महिनेत साच्चै नै तारिफ गर्न लायक छ । ४५ रोपनी जग्गामा उनले ९ रोपनी जग्गा भाडामा लिएका छन् । २० हजाररूपैयाँ बर्षको तिर्ने गरी । विगत सम्झीदै कण्डेल भन्छन्–‘बारीमा जम्मा चारपाथी जौ स्याहारेको पनि ति दिन थिए तरअहिले त्यही बारीमा १५ लाखको तरकारी बेच्ने गरेको छु ।’
परिवारनै कृषि पेशामा लागेका कण्डेलले बारीमा थरीथरीका तरकारी तथा फलफूल खेती गरेका छन् । ‘चारवर्षअघिसम्म बारीमा मकै, गहुँ ,कोदो, जौं रोप्दा घरमा खान पनि पुग्दैन थियो,’–कण्डेल भन्छन् । अहिले टमाटर, सिमी, बोडी, तितेकरेला, सिस्नो, भुटुक, खुर्सानी, अमिलो, सुन्तला रोपेकोले पैसाबाट आएको आम्दानीले राम्रोसँग नै घरव्यवहारचल्नुको साथै बचत समेत भएको उनको भनाइ छ ।
पशु चौपाय समेत पालेका कण्डेलले त्यसबाट समेत आम्दानी गर्दछन् । बाख्रा, भैंसी समेत उनले पालेका छन् । गाउँमा कोही कसैले कृषि खेती के कसरी गर्ने भनेरसल्लाह सुझाव लिन परेमा कण्डेलको मा नै आउने गर्दछन् । उनी भन्छन्–‘कृषक पाठशाला जस्तै बनेको छ मेरो बारी ।’
विगत ४ बर्षदेखि ब्यबसायिक कृषि कर्म थालेपछि कण्डेलले गत बर्ष १२ लाख आम्दानी गरेका थिए । गुल्मी जिल्लामा सबैभन्दा बढी तरकारी उत्पादन गर्ने किसानका रूपमा जिल्ला कृषि विकास कार्यालय, गाउँपालिकाबाट समेत पटक पटक उनी पुरस्कृत भएका छन् । अन्नबाली लगाउँदा भन्दा अहिले तरकारीबाट ९५ प्रतिशत आम्दानी बढेको बताउने उनले यो सिजनमा १५ लाख कमाउने मा ढुक्क छन् ।
केही समय भारतमा रोजगारीको लागि गएका उनले ६ महिना मुम्बईमा विताएका थिए । विदेशको दुःख भन्दा स्वदेशमा नै नंग्रा खियाउने उद्देश्यका साथ स्वदेश आएका उनलाई घरपरिवारले पनि विदेश नजान सुझाव दिएकै कारण कृषि कर्ममा पुर्णरूपमा लागेको बताउँछन् । गत बर्ष उनले ४ लाख रूपैयाँ बराबरको त कागती मात्रै बिक्री गरेका छन् । अधिकांस उनले उत्पादन गरेको कागती पहाडी जिल्लाहरूमा भन्दा तराईमा खपत हुने गरेको छ । यस्तै फूल काउली ५ रोपनी क्षेत्रफलमा लगाएरउनले २ लाख ५० हजाररूपैयाँ आम्दानी गरेको अनुभव सुनाउँछन् ।
तरकारी, फलफूल खेती मात्र नभएरउनले नर्सरी (बिरुवा) समेत स्थापना गरेका छन् । गाउँमा कसैलाई कफि, कागती, सुन्तला लगायतका विभिन्न फलफूलको विरुवा चाहिएमा उनी उपलब्ध गराउँछन् । अहिले उनको नर्सरीमा कफि, कागती, अमिला लगायतका विरुवा हुर्की रहेका छन् । बोटमा फल्ने गोलभेंडा (रामभेडा) समेत उत्पादन गरेका उनले अलि बढि अमिलो रुचाउने व्यक्तिहरूले लैजाने गरेको बताउँछन् । गत बर्ष ३५ हजारजतीको रामभेंडा पनि विक्रि गरेको उनको भनाइ छ । यस्तै काँक्रो स्थानीय रहाईब्रेड गरी कुल १ सय १० क्विन्टल जती विक्रि गरेका छन् । ति सबै पंैचो पसलले लैजाने गरेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?