ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

नेपालमै दोस्रो लालटिनको सहकारी उपभोक्ता पसल

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

रूपन्देहीमा कृषि सहकारीले नेपालकै दोस्रो उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ । बुटवल–११ देवीनगरको हिमाल पथमा गत बैशाख महिनादेखि अनौपचारिक पसल सञ्चालनमा आएको हो । जसको केही दिनमा नै औपचारिक उद्घाटन गरिँदै छ । वि.सं. २०७२ साउन महिनामा दर्ता भएका लालटिन कृषि सहकारी संस्थाले स्थापनाको ३ बर्षमा नै उपभोक्ता डिपाटमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको छ ।
सहकारीका अध्यक्ष गंगालाल सापकोटाका अनुसार१४ सय सेयरसदस्य रहेको कृषि सहकारीले ‘आफै मालिक आफै उपभोक्ता’ भन्ने मुल नाराका साथ उक्त पसल सञ्चालनमा ल्याएको हो । हाल करिब ४५ सय प्रकारका विभिन्न दैैनिक उपभोग्य सामानहरू विक्रिको लागि राखिएको उक्त डिपार्टमेन्टल स्टोर१६ सय स्क्वाएरफुटमा सञ्चालनमा रहेको छ ।
आगामी दिनमा सहकारीले बीउ विजन तथा अन्य कृषिजन्य उपजको प्याकेजिङ्गको समेत कार्य अगाडी बढाउने गरी तयारी थालनी गरिएको सहकारीका अध्यक्ष सापकोटाको भनाई रहेको छ । १ करोड लागत रहेको उक्त डिपामेन्टलस्टोर्समा ८ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । नेपालमै पहिलो पटक कृषि सहकारीले झापा जिल्लामा यस्तो प्रकृतिको उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ ।
सहकारी स्थापानको छोटो अवधीमा नै सेयरसंख्या उल्लेखिय मात्रामा वृद्धि गर्न सफल भएको लालटिन सहकारीले निकट भविश्यमा कृषिजन्य उत्पादन गर्ने लक्ष्य समेत राखेको छ । सहकारीका अध्यक्ष सापकोटा भन्छन्–‘अहिले तत्काल प्योजिङ्ग रग्रेडिङ्गका काम अगाडी बढाउने छौ । ’
सहकारी उपभोक्ता पसलमा खरिद गर्दे आफ्ना सदस्यहरूको नम्बरको आधारमा बर्षिक रूपमा पसलको नाफा समेत खाताम राख्ने गरी सहकारीले मापदण्ड अपनाएको छ । सहकारीमा आफ्नो सदस्यता कोड लिएरजाने सदस्यहरूले सोही कोडको आधारमा आफूले खरिद गरेको समानको नाफा आफ्नो खातामा जाने व्यवस्था गरिएको छ । यस्तै उक्त डिपार्टमेन्टल स्टोर्समा ठूलो मात्रामा विवाह, पार्टी, जन्मदिन, वन भोज लगायतको क्याटरिङ्ग, क्यान्टीनको सामान खरिद गरेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ । संस्थाले हिमाली, पहाडी रतराई क्षेत्रमा उत्पादन गरिएका विभिन्न कृषिजन्य उपजहरू समेत राखेका छ । ताजा रअर्गानिक मा विशेष जोड दिएको डिपार्टमेन्टल स्टोर्समा निकट भविश्यमा अनलाइन मार्फत खरिद विक्रिको समेत व्यवस्था गरिने जनाइएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%