© २०२३
डम्मरबुढा मगर
गलकोट नगरपालिकाको दुदिलाभाटीमा किबि फल प्रति किसानको चासो बढ्दै जान थालेको छ । युरोपका देशतिरप्रशस्त मात्रामा पाइने किबि फलप्रति गलकोटका कृषकको चासो बढ्दै जान थालेको हो । किलोको ५ सयदेखि ८ सयसम्म कारोबारहुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको दुदिलाभाटीका अगुवा कृषक गणेश खत्रीले बताए । उनले किबिखेती प्रबद्र्धनका लागि कृषि विकास कार्यालयले कृषकलाई अनुदान समेत दिन थालेपछि दुदिलाभाटीमा किबि खेति गर्नेको संख्यामा वृद्धि भएको छ ।
खेती सुरु गरेकोे ३ वर्षमा फल दिन सुरु गर्ने भए पनि यो क्षेत्रमा भने दुई वर्षमै फल दिएको रराम्रो आम्दानी भइरहेको कृषक खत्रीको भनाई छ । खत्रीले केहि वर्षदेखि किबि खेति गर्दै आएका छन् । दुदिलाभाटीका स्थानिय कृषक अधिकांशले किबि खेती गरेका छन् । अन्य अन्न बालीको तुलनामा आम्दानी बढि हुने रबजारीकरणका लागि पनि सजिलो हुने भएपछि कृषकहरू किबि खेतितर्फ आकर्षित बनेको दुदिलाभाटीका लालबहादुररानाले बताए ।
यहाँ उच्च स्थान काफलडाडाँमा समेत किबि खेति गरिएको छ । काफलडाडाँका स्थानीय खड्क बहादुरगुरुङले व्यवसायीक रूपमा किबि खेती नगरे पनि परिक्षणमा लगाएका दुई, चारबोट राम्रोसँग हुर्किएको गुरुङले बताए । दुदिलाभाटीका करिब १ दर्जन बढि कृषकहरूले यतिबेला किबि खेति गरेका छन् । दुदिलाभाटीका चौराहमा समेत किबि खेति राम्रो भएको स्थानीय सिताराम पुनले बताए । उत्पादित किबि स्थानीय घरगाउँ सँगै बाग्लुङ, पोखरासम्म माग हुने गरेको छ । दुदिलाभाटीमा अहिले अधिकांस कृषकहरूले किबि खेति गरेका छन् । à