© २०२३
पद्मप्रसाद शर्मा
कुनै पनि प्राणीलाई संसारदेखाउने काम उनीहरूका मातृ शक्ति रपितृ शक्तिबाट मात्र सम्भव छ । विना माता पिता यो संसारमा कोही पनि जन्मन असम्भव छ । अर्थात स्त्री रपुरुषको समागमबाट सन्तानको जन्म हुन्छ । बिरुवामा भने स्त्रीकेशररपुंकेशरको मिलन हुनुपर्दछ । फूल नफुल्ने विरुवामा विजाणु स्पोरबाट नयाँ विरुवा उम्रन सम्भव छ । मानवका लागि बाबु आमा संसारटेकाउने मात्र नभएरपालन पोषणका साथै शिक्षा दीक्षा आदि सबै जिम्मेवारी निर्वाह पनि उनीहरूबाट भएको हुन्छ । सन्तानको आगमनको खुशीयालीका साथमा उनीहरू आफू भोको प्यासो रहेरपनि आफ्नो सन्तानप्रति गर्नुपर्ने जति कर्तब्य पुरा गर्न दत्तचित्तले लागेका हुन्छन् । एउटा सन्तान हुर्कनमा बाबु आमाको कति लगानी हुन्छ भन्ने कुरा सायद सन्तानले जान्न वा बुझ्न सक्दैन । त्यो मर्म उनीहरूलाई मात्र थाह हुन्छ । जन्मदिनु हुर्काउनु पढाउनु लेखाउनुका साथै अन्य कर्महरू सबै सम्पन्न गरिदिनु बाबुआमाको कर्तब्य भित्र पर्दछ । बाबुआमाले आफ्ना छोरा छोरीप्रति जुन स्नेहकासाथ कर्तब्य निर्वाह गरेका हुन्छन् त्यसको सम्झनास्वरूप छोरा छोरीले बाबु आमाप्रति पनि संस्कारसिकाउन तथा कर्तब्यमा लगाउन उत्प्रेरित गर्ने विचारले पितृ सम्मान दिवस तथा मातृ दिवस मनाउने प्रचलन आएको हो । यो कार्य कुनै विशेष दिनमा गरिनु पर्दछ । विशेष दिनमा यसकार्यको महत्व पनि हुन्छ । त्यसै दिन सम्मान तथा संझना गर्नका लागि मातालाई मातृ दिवस तथा पितालाई पितृ दिवसका अवसरमा भेट तथा सम्झना गरिन्छ ।
पितृ दिवसको दिनलाई कुशे औंसी तथा कसैले गोकर्णे आंैशी पनि भन्ने गर्दछन् । कुशे औंशीसंग कुशको सम्वन्ध जोडिएको हुन्छ । कुश उखेल्नु रघरमा राख्नुलाई मानव जीवन रवनस्पतिको परापूर्व कालदेखि अन्योन्याश्रित सम्बन्ध छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । कुश नेपालमा प्रचलित एक प्रकारको वनस्पति जगतको झारहो भन्दा अन्यथा हुँदैन । यसलाई प्रायः गाईवस्तुले खाँदैनन् । यो झारदेवकार्य, पितृकार्य अन्य उत्सव रसंस्कारमा उपयोगि मानिन्छ । यस्तो महत्वपूर्ण कुशलाई यसै कुशे औंशीको दिनमा उखेलेरघरमा भित्राउने गरिन्छ । यसदिन घरमा भित्राइएको कुश वर्षदिन भरविभिन्न कार्यका निम्ति प्रयोग गर्न सकिन्छ । कुशे औंशीलाई पितृ औंशी पनि भनिन्छ । पिताको संझना तथा सम्मान गरिने दिन भएको हुनाले पनि यसलाई पितृ आंैशी भनिएको हो । कुशे आंैशी भने पनि गोकर्णे औंशी भने पनि पितृ सम्मान दिवस भने पनि एकै हो । नामको मात्र फरक हो । यस दिन कुश छेदन गर्ने भएको हुनाले कसैले कुशे औशीको नामले चिन्दछन् । यस दिन पिता नभएका वा पिताजीको दिवंगत भएको दिनको संझना नभएकाहरूले यसदिनमा श्राद्ध वा सम्झना गर्ने गर्दछन् । पिता हुनेहरूले घरमा अथवा अन्य कुनै उपयुक्त स्थानमा पितालाई सम्मान गर्ने गर्दछन् भने आफ्ना पिता नभएका वा पिताको निधनको मिति थाह नपाएकाहरूले पिताको सम्झनाकोलागि काठमाडौको गोकर्णमा गएरश्राद्ध कर्म गर्ने भएकाले यस दिनलाई गोकर्णे आंैशी भनियो । यसै दिन बाबु जीवित हुनेहरूले आफ्ना बाबुप्रति सम्मान भाव प्रकट गर्ने भएकाले पितृ सम्मान दिवस भनियो । यसै दिनमा विविधि कर्महरू हुने गर्दछन् । त्यसकारण यस दिनलाई विभिन्न नामले पुकारिन्छ ।
कुश छेदन गर्नेहरूका लागि यसले बेग्लै महत्व राख्दछ भने पिताका नाममा गोकर्णमा गएरवा घरमै पनि पिताको संझना स्वरूप श्राद्ध कर्म गर्नुले बेग्लै महत्व राख्दछ । अझ जसका पिताजी जीवित हुनुहुन्छ उहाँहरू आफ्नो पितालाई सम्मान गर्नका लागि विशेष उपहारसहित उपस्थित हुने हुनाले अझ यसको महत्व बेग्लै छ रमहत्व बढेको छ भन्न सकिन्छ । शास्त्रमा पिताको महत्व दर्शाउँदै भनिएको छ –पिता धर्मः पिता स्वर्गः पिताही परमं तप । पितरिप्रीतिमापन्ने सर्बाःप्रीयन्ति देवता ।। अर्थात पिता धर्म हुन् पिता स्वर्ग हुन् पिता तप हुन् पिता प्रशन्न भएमा समस्त देवगण आफै प्रसन्न हुन्छन् । यस दिन पिता जीवित भएका रपुत्रको मन पिता प्रति जीवित भएको खण्डमा आफू पिता भन्दा केही दूरीमा भए पनि हजारकार्यहरू छोडेरघरमा पुगेरपिता प्रति सम्मान प्रकट गर्ने गर्दछन् । पिताको सम्मान गर्नु भनेको आफ्नो पनि सम्मान बढ्नु हो भन्ने कुरा सत्जन छोराहरूले जान्दछन् । जसका मनमा हरि(दयाको भावना) जागृत अवस्थामा रहेका हुन्छन् उ पिताको आज्ञापालक पनि हुन्छ । जसको मनमा हरिहुँदैन वास्तवमा त्यो पिताका लागि अपुतालीको बारमात्र हो । जसले पिता प्रति कर्मले सम्मान गर्न जान्दैन उसका लागि उसका पिता भनेको नागरिकतामा नाम राख्नका लागि रकसैले पिताको नाम सोधेमा कष्टका साथ नाम भन्नका लागि मात्र काम लाग्दछ ।
सबै सबैका पुत्रहरूमा हरिहुँदैन । जस्तो भनिएको छ –शैले शैले नमाणिक्यं मौक्तिकं न गजे गजे । साधवो न हि सर्वत्र चन्दनं न वने वने ।। सबै पहाडमा मणि माणिक्य हुँदैन सबै हात्तीमा मति हुँदैन, यसैगरी सबै स्थानमा साधक (योग साधना गर्ने वा ज्ञानले पूर्ण भएको ब्यक्ति) हुँदैनन् रसबै वनमा चन्दन हुँदैन । त्यस्तै हो पुत्र पनि । सबैका पुत्रहरू मति भएका वा सुमतिका हुँदैनन्् । सुमति नहुनेहरूका लागि यो दिवसको कुनै अर्थ हुँदैन । पिताको अर्थ पालक वा संरक्षक हो । जसले आफ्ना सन्तानको पालन पोषण रसंरक्षण गर्दछन् तिनैलाई पिता भनिएको छ रभनिन्छ पनि । आफ्नो पालक, संरक्षक वा हित चाहनेका लागि एकदिन पनि सम्मान भाव ब्यक्त गर्न नसक्ने छोरालाई के सन्तान भन्नु ? जस्तो नीति शास्त्रमा भनिएको छः– क्रोथ पुत्रेण नजातेन योन विद्वान नभक्तिमान किंतया क्रियेते धेन्वा यान सुते नदुग्दधा ।। भावार्थ छोरो जन्मिएरन असल हुन सक्यो न विद्वान हुन सक्यो न भक्तिमान हुन सक्यो त्यसको के काम ?
जस्तो गाई पालिएको छ न ब्याउँछ न दुध दिन्छ । थारो गाई र भक्ति नभएको छोरो एकै हो भनिएको छ । पिताप्रति भक्तिभाव नभएको छोरोलाई कुशे औशीले के ग¥यो मातृ औशीले के ग¥यो ?कौवालाई बेल पाकेर न हर्ष हुन्छ न विष्मात हुन्छ त्यस्तै हो भक्तिहिन छोराका लागि पितृसम्मान दिवस ।
आफूलाई सच्याएर अगाडी जान सकिन्छ । जसले आफ्ना पिता प्रति सकारात्मक धारणा राख्न सकेका छैनन् उनी पनि जीवनलाई बदल्न सक्छन् । आफुलाई सुमार्गमा लैजान सक्छन् । यो दिन विगतका दिनको कल्मस मेटाएर सत्संगमा लाग्न प्रेरित गर्ने दिन हो । यसको महत्व नबुझेकाहरूलाई बुझाउनु बुझेकाहरूको कर्तब्य हो । बचनं किं दरिद्रम् भनिन्छ । यसकारण कुशे औशीको महत्वलाई दीर्घकालसम्म कायम राख्नका लागि यसलाई जुनसुकै नामले चिन्न वा चिनाउन सके पनि यसको मर्मको वारेमा बुझ्न बुझाउन जरुरी छ । पितृ सम्मान दिवसले हाम्रो धर्म तथा संस्कृति जीवन्त रहन्छ । पिताको महिमा भनेर वा गाएर कहिल्यै सकिदैन । आफ्नै पिता प्रति सकारात्म सोंच राख्न नसक्ने पाखण्ड छोराले के दुनियाँको भलो गर्न सक्ला ? के देशको सेवक भएर बाँच्न सक्ला ? माता पिताको सम्मान जस्तो धर्म अर्को कुनै धर्म छैन । वृद्ध माता पितालाई वृद्धाश्रममा राखेर आफू सभ्य बन्छु भन्ने सोंचाई ढोंग मात्र हो । पाखण्डी सोंचाइ हो । यसलाई निरुत्साहित गर्नका लागि पनि पितृ सम्मान दिवसको आवश्यक्ता छ । चेतना भया ।