© २०२३
दाङमा यस बर्ष धान उत्पादन घट्ने सम्भावना रहेको छ । यस बर्ष ढिलो गरिबर्षा हुनु, हाईब्रेट जातको बिउमा समस्या देखिनु, धानमा मरुवा, गवारो किरा लाग्नु जस्ता कारणले यस बर्ष धान उत्पादनमा गिरावट आउने बाली विज्ञ पिताम्बरबस्नेतले बताए ।
ढिलो गरी बर्षाद हुँदा ब्याड राखेको दुई महिनासम्म पनि रोप्न नपाउँदा धानमा गाँज उत्पादन गिरावट आउने रउत्पादन घट्ने उनले बताएका छन् । यस बर्ष दाङमा ब्याड राखेको समयमै रोप्ने वातावरण बनेन् उनले भने ब्याड राखेको एक÷दुई महिना पछि मात्रै रोप्दा धानमा गाँज हाल्ने संख्या घट्दै जान्छ । ब्याड राखेको २० दिन भित्रै रोप्दा धानले ८०÷९० वटा गाँज राख्ने उनले बताए । तरत्यो भन्दा बढि हुँदै गएमा गाँज हाल्ने संख्यामा घट्दै जाने उनले जानकारी दिएका छन् । ढिला गरिरोपाई भएकाले चिसो हुने समयमा पसाउने हुँदा पनि उत्पादन घट्ने उनको भनाई छ ।
अहिले धान पसाउने समय भएको उनको भनाइ छ । तरढिलागरी रोपाइँ भएकाले कार्तिकमा मात्रै पसाउने भएकाले चिसोमा पसाउँदा उत्पादन बढ्न सक्दैन । धानमा रोग रकिराको समस्या भएकाले पनि उत्पादन घट्ने उनले बताए । केही दिन अघि मात्रै तुलसीपुरमा भएको बाली शिबिरमा धानको स्याम्पललाई हेर्दा धेरैमा धानमा मरुवा रगवारो किरा लाग्ने गरेको पाइएको उनको भनाइ छ । यो तुलसीपुरको मात्रै नभई समग्र दाङकै समस्या रहेको उनले बताए । यसले गर्दा पनि उत्पादनमा ह्रास आउने उनको भनाइ थियो । धानमा मरुवा रगवारो किरा लाग्ने गरेको पाइएको छ । यसले धान उत्पादनमा गिरावट आउने सम्भावना छ ।
हाईब्रेट धानको लागि उचित वातावरण नहुनु हाईब्रेट धानको लागि उचित वातावरण नहुँदा पनि उत्पादन घट्ने सम्भावना रहेको उनले बताए ।
हाईब्रेट धानको बिउ भारत रचीनबाट आउने गर्छ । भारत रचिनबाट आउने धानको बिउ सोही ठाउको वातावरण अनुसारतयारपारिएको हुन्छ । त्यही वातावरणले यहाँ म्याच ग¥यो भने राम्रो उत्पादन पनि हुन्छ, यदि त्यहाँको जस्तो वातावरणमा म्याच गरेन् भने उत्पादनमा गिरावट आउने बालि बिज्ञ बस्नेतले बताए । यस बर्ष हाईव्रेटका लागि उपयुक्त वातावरण छैन्, ढिला गरिरोपाई भएको छ’ उनले भने चिसो समयमा हाईब्रेट राम्रोसंग उत्पादन नदिने भएकाले यसबर्ष धान उत्पादन घट्ने सम्भावना देखिन्छ ।
दाङका लागि सरकारले हाईब्रेट धानलाई सिफारिश नगरेको उनले बताए । दाङमा स्थानीय स्तरमै उत्पादन भएको रामधान, मंसुली, सुख्खा १, सुख्खा २, सुख्खा ३, सुख्खा ४, सुख्खा ५, सुख्खा ६ लगायतलाई सिफारिश गर्ने गरको बताउँछन् । तरएग्रोभेटहरूले अहिले पनि बिभिन्न भ्रमहरू सिर्जना गरेरहाईब्रेट बिक्रि गर्दै आएको भन्दै यसले उत्पादनमा गिरावट आउने सम्भावन रहेको उनको भनाई थियोे ।
सरकारले सिफारिश गरेको बिउ प्रयोग गर्नुपर्ने चेतना नहुँदा पनि यस्तो समस्या रहेको उनले बताए । देउखुरी क्षेत्रमा त्यस्तो समस्या नभए पनि अन्य क्षेत्रमा भने यो समस्या देखिएको उनले बताए ।
दाङमा ३५ हजारहेक्टरमा रोपाई
यस बर्ष दाङमा ३५ हजारहेक्टरक्षेत्रफलमा रोपाई भएको छ । जिल्ला कृषि बिकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीका अनुसारयस बर्ष ९७.५ प्रतिसत रोपाई भएको हो । गत बर्ष दाङमा ३६ हजार४ सय १० हेक्टरक्षेत्रफलमा धान खेती भएको थियो ।
बर्षेनी दाङमा खेतीयोग्य जमिन घट्दै गएको छ । दाङको कूल क्षेत्रफल २ लाख ९५ हजार५ सय हेक्टरमध्य ६९ हजार९ सय ५० हेक्टरमा खेतियोग्य जमिन हो । यस बर्ष धान उत्पादन पनि घट्ने सम्भावना रहेको बालि बिज्ञ पिताम्बरबस्नेतले बताए । गत बर्ष दाङमा एक लाख ६८ हजारसात सय ७७ मेट्रिकटन धान उत्पादन भएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा तीन प्रतिसतले बढि हो । अघिल्लो आर्थिक बर्षमा एक लाख ६७ हजारछ सय आठ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय दाङको तथ्याङ्कमा उल्लेख छ ।