ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

प्राविधिक शिक्षाले विद्यार्थीमा खुसी

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

जिल्ला बाहिर महंगोमा पढ्नुपर्ने प्राविधिक शिक्षा जिल्लाको मध्य क्षेत्रमा शुरुभएपछि विद्यार्थीहरू खुसी भएका छन् । आइ.एस.सी, एजी (बाली विज्ञान) शंकाय तर्फको पढाई क्षेत्र विकास माध्यमिक विद्यालय प्यूठान नगरपालिका–७ विजुवार पूण्यखोलाले शुरु गरेको छ ।
भदौको पहिलो हप्तादेखि पठन पाठन सुचारु गरेपनि औपचारिक उद्घाटन बुधवार गरिएको छ । प्यूठान सहित बाहिरी जिल्लाका गरी हाल ४० जना विद्यार्थी भर्ना भएका छन् ।
‘बाली विज्ञान विषय नै पढ्ने मन थियो’,प्यूठान नगरपालिका–८ धर्मावती खप्रेङखोलाका १६ वर्षिय अरूण थापाले भने,‘बाहिरी जिल्ला गएर कसरी पढ्ने भन्ने चिन्ता थियो । जिल्लामै खुलेपछि सजिलो भयो ।’ घरपरिवारले समेत प्राविधिक शिक्षा पढ्न सुझाव दिएको उनले बताए ।
उनीजस्तै खलंगा सारीवाङकी हेमा केसीको पनि जिल्लामै प्राविधिक शिक्षा पढ्ने सपना पुरा भएको छ । ‘हामी पहिलो ब्याजी भयौँ’,उनले भनिन्,‘धेरै खुसी छौँ । घरबाटै आएर पढ्न पाइने भयो ।’ एक महिनाको अवधिभर पढाई समेत राम्रो चलिरहेको उनले अनुभव सुनाइन । बाहिरी जिल्ला गएर पढनुपर्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई यसले धेरै सहजता दिलाएको छ ।
तीन वर्षे कोर्ष अध्ययन गर्नका लागि एक लाख ७० हजार रूपैयाँ शुल्क लाग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाराम पौडेलले जानकारी गराए । जिल्लामा पढाई हुने मध्यमा आफूहरूले सवैभन्दा सस्तो शुल्क लिएको उनले दावी गरे । बुधवार प्यूठान क्षेत्र नम्वर २ का प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्राविधिक शिक्षाको औपचारिक उद्घाटन गरेका छन् । उनले भर्ना भएका विद्यार्थीहरूलाई टिका लगाएर स्वागत गरे । कार्यक्रममा बोल्दै खड्काले राज्यले लिएको समृद्धिको सपना पुरागर्न प्राविधिक शिक्षाले मद्दत पु¥याउनेमा विश्वास व्यक्त समेत गरे । बाल्यकालमा यसै विद्यालयमा आफूले पढेको सम्झना गर्दै उनले विद्यालयको समग्र विकासमा विशेष भूमिका निर्वाह गर्ने आश्वासन दिए ।
क्षेत्रविकास सहित जिल्लाका तीन वटा विद्यालयमा बाली विज्ञान विषयको पढाई हुँदै आएको शिक्षा विकास तथा सम्वन्य इकाइ प्रमुख शिवराज पण्डितले जानकारी गराए । भानुभक्त मावी बर्वोट र बालविद्या मावी मरन्ठाना मजुवाले यसअघि नै पठनपाठन शुरु गरिसकेका छन् । ‘सामुदायिक विद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै बन्न थाले’,उनले भने,‘समाज परिवर्तनको पहिलो आवश्यकता प्राविधिक शिक्षा बनिसक्यो । यसतर्फ सरोकारवाला लाग्नु जरुरी देखिन्छ ।’ व्यवसायिक र प्राविधिक शिक्षाले नै मुलुकलाई सही बाटोमा लैजाने उनले उल्लेख गरे ।
सिटीइभिटीबाट सम्वन्धन प्राप्त गरेर विद्यालयले प्राविधिक विषयको पढाई सुचारु गरेको प्राधानाध्यापक पिताम्वर खड्काले बताए । यस विषयको पढाई संचालन गर्नुपूर्व धेरै क्षेत्रबाट सहयोग मिलेको उनले सुनाए । विद्यालयको संस्थागत विकासका लागि प्यूठान नगरपालिकाले दश लाख, वडा कार्यालयबाट सात लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सेभ द चिल्डे«नबाट ६÷६ लाख र यूवा तथा खेलकुद मन्त्रालयबाट चारलाख रूपैयाँ सहयोग प्राप्त भएको उनले बताए । प्राप्त सहयोगबाट विद्यालयमा चमेना गृह, पुस्तकालय निर्माण, विद्यालयको रंगरोगन, माटो परिक्षण, फर्निचर लगाएत क्षेत्रमा खर्च गरेको खड्काले जानकारी गराए । जिल्लाको मध्य क्षेत्रमा बालविज्ञान विषयमा पढाई भएपछि सवै क्षेत्रका विद्यार्थीहरूलाई पायक परको छ । मल्लरानी गाउँपालिकाको भानुभक्त मावी बर्वोटले धेरै वर्षअघिदेखि नौ देखि १२ कक्षासम्म बाली विज्ञान विषयमा पठनपाठन संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?