© २०२३
अर्जुन ज्ञवाली
टे«ड युनियनका दुवै शब्द अंग्रेजी हुन् । यसमा पछिल्लो, युनियन शब्दसँग वाद शब्द जोडिएको छ । भाषाको प्रचलित नियमानुसार एउटा भाषाका शब्दको अर्को भाषाका शब्दसँग सन्धि समास हुँदैन । तर, चलनचल्तीले दबाएपछि भाषामा नियम कानुन गौण बन्दो रहेछ । नियम कानून गौण भएको अवस्थामा अंग्रेजीको टे«ड युनियन शब्दसँग संस्कृत, हिन्दी हुँदै आएको नेपाली वाद शब्द जोडिएर टे«ड युनियनवाद शब्द बनेको छ । टे«ड युनियनवाद शब्द अब धेरैको जिभ्रोमा आइसकेको छ ।
जीवन र जगत्को संरचनाकै सम्बन्धमा दृष्टिकोण दिने दर्शनको अर्थवाहक वाद शब्द र टे«ड युनियन शब्दको अर्थगत ‘म्याचिङ्ग’ कत्तिको मिलेको छ, त्यतातिर अहिले नजाऊँ । किनभने अहिले त्यस कुराको फारो लाउन गाह्रो छ । बोलिचालीमा आएको टे«ड युनियनवादले हामीकहाँ जे काम गरेको छ, त्यसलाई हामीले जसरी बुझेका छौं, त्यसको अर्थ त्यही हो । यहाँ यस शब्दको अर्थ लगाउन खोजिएको छैन । बुझेको अर्थलाई सर्वसाधारण गैह्रके शेयर गर्न मात्र खोजिएको छ ।
टे«ड युनियनवादले नेपाल खाने भयो । खाइरहेकै छ । यही ताल हो भने खाएर सिध्याउन सक्छ । बचाउनका लागि अब अन्तिम अवसर मात्र बाँकी छ । जबर्जस्त सार्थक प्रयास गर्न सकियो भने मात्र बचाउन सकिएला । अहिले यसै विषयमा चर्चा सान्दर्भिक छ । सान्दर्भिक भएरै यसलाई यहाँ कोट्टाउन खोजिएको हो ।
जग जाहेर छ । घाम झैं छर्लङ्ग छ– हेटौंडा कपडा कारखाना, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, बाँसवारी छाला जुत्ता कारखाना टे«ड युनियनवादका प्रत्यक्ष शिकार हुन् । मजदुर अधिकारका नाउँमा उद्योगले धान्न नसक्ने आर्थिक माग, प्रविधि प्रयोगमा घुसपैठ, बन्द हडतालका प्रत्यक्ष कारणबाट यी उद्योगहरू ढलेका हुन् । बजारमा प्रायोजित अस्वस्थ प्रतिस्पर्धा एंवम् कच्चा पदार्थ आपूर्तिमा व्यवधान अप्रत्यक्ष कारण हुन् । नेपालगंजमा कपास उत्पादन गर्ने, बुटवलमा धागो कात्ने र हेटौंडामा कपडा बुन्ने गरी एउटा राम्रो उद्योगको माला उनिएको थियो । त्यो सुन्दर माला ! हेरिरहूँ लाग्ने राम्रो माला ! नेपालीले आफ्नो गलामा लाउन नपाउँदै चुँडालियो । जनकपुर चुरोट कारखानालाई स्थानीय सूर्ती उत्पादन र चुरोटको उच्च गुणस्तर माथिनै आँखा लगाएर थला पारियो । कारखाना बन्द भएको धेरै वर्ष भयो, जनकपूर चुरोट कारखानाको अन्तर्राष्ट्रिय गुणस्तरको याक चुरोटको नाम अजै पनि सर्वसाधारणबाट गुमनाम हुन सकेको छैन । यो सब टे«ड युनियन अधिकारको नाममा विभिन्न आवरणमा पहिल्यै भारतबाट र त्यसपछि युरोपियन युनियनबाट आयातित गोल्ड कोटेड टे«ड युनियनवादको परिणाम हो । यस कुरालाई प्रायोजकले नसकार्ला तर इतिहासले चाँहि नकार्दैंन । यसै टे«ड युनियनवादको पेरिफेरीमा भृकुटी राष्ट्रिय कागज कारखाना बेचियो । गोरखकाली टायर कारखाना ‘कोमा’ मा छ । थुप्रै राष्ट्रिय उद्योग धुकुर धुकुर छन् ।
टे«ड युनियनवादले शिक्षा र स्वास्थ्य जस्तो आम मानवीय सरोकारको क्षेत्रमा धावा बोलेको छ । आफूले तिरेको करबाट चलेका अस्पतालबाट न्यूनतम सेवा पाउने भन्ने कुरा हाम्रो खप्परमा लेखिएको रहेनछ । जन जनलाई थाहा छ– डाक्टरहरू अस्पताल मुखी छैनन्, निजी क्लिनिकमुखी छन् । सरकारी अस्पतालहरू डाक्टरहरूले जागिर खाने अंग मात्र भए । अनि बिरामीलाई निजी क्लिनिकमा बोलाउने सम्र्पक कार्यालय मात्र भए । सरकार निरीह छ । यिनका संगठनको दवावमा यिनीहरूवाट न्यूनतम निश्चित सेवा पनि सरकारले लिन सकेको छैन । अरू त अरू, सरकारी कोटामा निश्चित सेवा शर्तमा पढेका डाक्टरहरूसित पनि सरकारले सेवा लिन सकेको छैन । यसै अकर्मण्यताको फल स्वरूप प्रा.लि. स्वास्थ्यको जन्म भयो । यसलाई अर्को शब्दमा सरकारी अकर्मण्यताको वाइ प्रोडक्ट भन्दा पनि हुन्छ ।
सरकारी अस्पतालहरूले सम्पूर्ण सामथ्र्यलाई प्रयोग गरी स्वास्थ्य सेवा प्रदान गरेको भए अहिलेको जस्तो कहालिलाग्दो स्वास्थ्य स्थिति अवश्य आउने थिएन । अस्पतालहरूले आफ्नो सामथ्र्य प्रयोग गर्दा गर्दै पनि सेवा पर्याप्त नहुन सक्थ्यो । त्यस अवस्थामा निजी क्षेत्रबाट पनि स्वास्थ्यसेवा आवश्यक हुन सक्थ्यो । त्यस अवस्थामा निजी क्षेत्रबाट भएको प्रयास अवश्य वाञ्छनीय हुन्थ्यो । अलिकति सन्तुलन बन्थ्यो । त्यसभित्र स्वास्थ्य अहिलेको जस्तो सर्वसाधारणको पहँुच बाहिर हुने थिएन । यो सब माथिको उल्लेखित टे«ड युनियनवादको परिणमा हो ।
टे«ड युनियनवादकै प्रभावमा हाम्रो सार्वजनिक शिक्षा ध्वस्त भएको छ । अनावश्यक बन्द हड्तालका कारण स्कूल कलेजमा पढाइ भएन । शिक्षकहरूलाई स्कूल कलेजमा पढाउन परेन । राजनीतिक पार्टीको सदस्य बनी जुलुस खेल्ने, पार्टीको झोला बोक्ने र पार्टी कार्यालयमा हाजिर भए पुग्ने भयो । स्कूल कलेजहरू स्कूल कलेज भएनन्, शिक्षकले जागिर खाने अड्डा मात्र भए । आर्थिक सुबिधाका लागि आन्दोलन गर्ने तर कर्तव्य निर्वाह चाहिँ नगर्ने संस्कृतिको विकास भयो । यसैको परिणाम सार्वजनिक शिक्षामा पनि प्रा.लि. शिक्षाको जन्म भयो । सरकारी स्कूल कलेजले आफ्नो पूरै सामथ्र्य प्रयोग गरेको भए स्थिति अलि फरक हुन्थ्यो । त्यस अवस्थामा अहिलेको जस्तो कहालिलाग्दो स्थिति अवश्य हुने थिएन । स्कूल कलेजले आफ्नो सामथ्र्य प्रयोग गर्दा गर्दै पनि शिक्षा पर्याप्त रूपमा सर्वसुलभ नभएर निजी क्षेत्रबाट पनि शिक्षादीक्षाको प्रबन्ध आवश्यक हुन सक्थ्यो । त्यसको प्रबन्ध वाञ्छनीय हुन्थ्यो । अलिकति सन्तुलन हुन्थ्यो । सन्तुलित अवस्था भित्रको शैक्षिक प्रबन्ध अहिलेको जस्तो सर्वसाधारणको पहुँच बाहिर अवश्य हुने थिएन । अहिले हुनेखाने संभ्रान्तहरू आफ्ना छोराछोरी विदेशमा पढाइरहेका छन् । विभ्रान्तहरू गुणस्तरका लागि भनेर प्राइवेट खालका शिक्षण संस्थाहरूमा पढाइरहेका छन् । सरकारी शिक्षालयहरू गरीब–गुरुवा, सुकुम्वासीका छोराछोरी पढ्ने पाठशाला हुन् । त्यसमा पनि विडम्वना छ, सम्पन्न परिवारका कतिपय पाका, छोराछोरीका बाउ आमा बनिसकेका विद्यार्थी नेताहरू आफ्ना छोराछोरी भाइबहिनीलाई प्राइवेट स्कूलमा पढाउँछन् । आफूहरूचाहिँ गरीब–गुरुवा सुकम्वासी विद्यार्थीको नाउँमा टे«ड युनियन राजनीति गर्छन ।
नेपालमा मौजुदा ट्रेड युनियनको प्रभाव बारे चर्चा गर्दा यहाँसम्म जति चर्चा गरियो त्यति चर्चा तपसिलको चर्चा हो । मूलरूपमा चर्चा गर्नु पर्दा सरकारको मुख्य अङ्गमै जबर्जस्त पारेको प्रभाव वारे चर्चा गर्नु आवश्यक हुन्छ । टे«ड युनियनवादले सरकारको मेरुदण्ड नै समातिसकेको छ । निजामती सेवा सरकारको मेरुदण्ड हो, त्यसलाई नै समातिसकेको छ । निजामती सेवामा संगठित कर्मचारीहरूको टे«ड युनियन एउटा शक्ति केन्द्र बनेको छ । संविधानले गाउँ गाउँ नगर नगरमा सिंहदरार बनाइदिएको छ । तर निजामती कर्मचारीका नाइके, दाइ नाइके, भाइ नाइकेहरू चन्द्र सम्सेरको सिंह दरवार छोड्न तयार छैनन् । नानाथरी अडङ्गा झिकेर त्यहीं अड्डा जमाइरहेछन् । जसका कारण संघीयताको स्पिरिट अनुसार कर्मचारी संयोजन हुन सकिरहेको छैन । यो कुरा सामान्य कुरा होइन, मक्सदमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई चुनौती हो । समानान्तर शक्तिकेन्द्रको रूपमा देखिएको ट्रेड युनियनको नेतृत्वले कर्मचारी हकहितको नाममा सरकारका निर्णयहरूलाई विभिन्न कोणबाट चुनौती दिइरहेको छ । युनियनको नाममा कर्मचारी नेताहरू निश्चित अड्डामा काम गर्दैनन् । केन्द्रमा काजमा बसेर आफू, आफ्ना सन्तति, नाता कुटुम्बको बन्दोबस्तीमा तल्लीन छन् । मालदार अड्डामा आफू र आफ्ना मान्छेको नियुक्ति, सरुवा बढुवा मिलाउनमै तल्लीन छन् । प्रशासनको खासै अनुभव नभएका मन्त्रीहरूलाई गलत सल्लाह दिएर कमजोर निर्णय गराई बदनाम गर्ने काम गरिरहेछन् । अहिले नेपाल कम्यूनिष्ट पार्टी ने.क.पा. को सरकार छ । बहुमत मात्रको होइन, दुई तिहाई मतको सरकार छ । यो सरकार थुप्रै हण्डर र ठक्कर खाएपछि सुखी नेपाली संमृद्ध नेपाल बनाउन बनेको सरकार हो । यिनै कर्मचारी, शिक्षक, किसान, मजदुर, डाक्टर, इन्जिनियर समेत सम्पूर्ण उद्योगी व्यापारीले मत हालेर बनाएको सरकार हो । आस्थाको हिसावले शिक्षक मजदुर संगठनहरूमा जस्तै निजामती कर्मचारी संगठनमा यसै सरकारका पक्षधरहरूको बर्चस्व छ । तर, आफ्नै आस्थाको सरकारलाई यिनीहरूले नराम्ररी असहयोग गरेका छन् । यो काम प्रविृत्तिगत रूपमा भएको छ । माथि भनिए झैं पहिले भारतबाट र पछि युरोपियन युनियनबाट आयातित टे«ड युनियनवादको प्रभावमा व्यवसायिक अधिकारको मिठाइ ‘कोटेड’ गरेर योजनावद्ध रूपमा गरिएको छ । पैसा देखेपछि शिवजीका तीन नेत्र भन्ने कुरा साँचो रहेछ । अरू केही होइन, मात्र अतिरिक्त लाभका लोभले कर्मचारीहरूले अहिले आफ्नो खुट्टामा बञ्चरो हानेका छन् ।
थाहा होला– बारबार अस्थिर सरकार बन्दा मुलुक समृद्ध भएन भनेर सम्पूर्ण टे«ड युनियन समेत सम्पूर्ण नेपाली जनताले स्थिर सरकार बनाउन र मुलुकलाई समृद्ध बनाउन नेकपालाई दुई तिहाई मत दिएका हुन् । यसले मुलुुुुुकलाई समृद्ध बनाउनु पर्छ । मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक जिम्बेवारी यस सरकारलाई छ । आफू समर्थ अवस्थामा रहेकोले अब फलाना र ढिस्कानाले सहयोग गरेन र काम गर्न सकिएन भनेर माफ पाइनेवाला छैन ।
यो पनि थाहा होला–यो सरकारले मुलुक बनाउन सकेन भने सरकार असफल हुन्छ । सरकार मात्र असफल हुँदैन देश असफल हुन्छ । अब उप्रान्त कुनै जादूको छडीले कसैको दुई तिहाइको सरकार बन्नेवाला छैन । सुखी नेपाली र समृद्ध नेपाल बनाउने जिम्मेवारी यसै सरकारलाई प्राप्त छ । यो जिम्मेवारी इतिहासले सुम्पेको जिम्मेवारी हो । यसलाई चुनौती दिने छूट कुनै पनि शक्ति, कुनै पनि प्रवृत्ति र कुनै पनि वादलाई छैन ।
जनताले मत दिए । उनले भावना पोखे । जनभावना अनुुसार जनमत प्राप्त सरकारले जनताको भलो हुने काम गर्ने हो । यसमा प्रशासन यन्त्रको मुख्य कार्यकारी भूमिका हुन्छ । यसको मेरुदण्ड निजामती कर्मचारी हुन् । सहयोगीको रूपमा शिक्षक, मजदुर, विद्यार्थी, उद्योगी, व्यापारी हुन् र तिनकाटे«ड युनियन हुन् । वर्तमान अवस्थामा टे«ड युनियनहरूको भूमिका सकारात्मक देखिएन । नकारात्मक देखियो । समय बाँकी छ । टे«ड युनियनहरू सकारात्मक हुनु पर्छ । हामीले भोट दिएर जिताएको हौं । हाम्रो भोटले बनेको सरकार हो । हामीलाई त्यसको मोल दिनु पर्छ भनेर सरकारलाई अफ्ठारो पार्न भएन । आफ्नो दुनो सोझाउने काम मात्र गर्न भएन । राष्ट्रलाई सर्वोपरि राख्नु प¥यो । राष्ट्र रहेर राष्ट्र बने स्वतः त्यसको लाभ राष्ट्रवासी सबैको हो । सबै टे«ड युनियनहरूलाई चेतना भया ।
अहिले अवस्था विशिष्ट छ । विशिष्ट हो, दुई नम्बरी धन्दा गर्नेहरूले पनि भोट दिएर यो सरकार बनेको हो । हाम्रो सरकार हो भनेर हामीले दुई नम्बरी गर्न पाउनु पर्छ भन्न भएन । अब दुई नम्बर धन्दा गर्नेहरूले दुई नम्बर धन्दा छोडेर एक नम्बर धन्दा गर्नुपर्ने अवस्था छ । घुसखोरहरूले पनि भोट दिएर यो सरकार बनेको हो । अब घुसखोरहरूले हाम्रो सरकारमा अझ बढी घूस खान पाउन पर्छ भन्नु भएन । अब घुस खान छोडेर विना घुस तोकिएको काम गर्नुपर्ने अवस्था छ । जग्गादलालहरूले पनि भोट दिएर यो सरकार बनेको हो । अब जग्गा दलालहरूले झन् बढी दलाली गर्छौ भन्न भएन । अब दलाली होइन, शुद्ध व्यवसाय गरेर कमाइ गर्नु पर्ने अवस्था छ । मजदूरहरूले कलकारखाना बन्द गरेर होइन, खुला गरेर रोजगारी बनाउनु पर्ने अवस्था छ । निर्माणको काम गर्ने ठेकदारहरूले पनि भोट दिएर यो सरकार बनेको हो । ठेकेदारहरूले हाम्रो सरकार छ भनेर कर्मचारीलाई घुस पोसेर कमसल काम गरी देशलाई कमजोर बनाउन भएन ।डाक्टरहरूले अस्पतालमा बिरामी जाँचेर, शिक्षकहरूले पार्टीका झोला बोकेर होइन, स्कूल कलेजमा पढाएर जागिर गर्नुपर्ने अवस्था छ । उद्योगीले उद्योग खोलेर, किसानले खेतवारीमा पसिना बगाएर, अरव जाने मूड बनाएका युवाहरूले आफ्नो बुद्धि–विवेक यहीं मुलुकमा लगाएर, आफ्नो पसिना यहीं माटोमा बगाएर, आफ्नो दशनङ्ग्री यहीं माटोमा खियाएर यहीं चरीको दूध निकाल्न पर्ने अवस्था छ । यो अवस्था भनेको विशिष्ट अवस्था हो । नेपाल बनाउने शर्तमा, मुलुकको अस्तित्व जोगाउने शर्तमा यति भाँती गर्नु पर्ने अवस्था छ । देश समृद्ध भए पापको कमाइगरिरहनु पर्दैन, धर्मकै कमाइ प्रर्याप्त हुन्छ ।
नेपालमा ट्रेड युनियनवादको प्रभाव बारे यति चर्चापछि अब उपसंहार गर्दा हुन्छ । उपसंहारमा – नेपालका टे«ड यनियन आजको विशिष्ट अवस्थामा सच्चिनु जरुरी छ । सम्पूर्ण देशभक्त कर्मचारी, शिक्षक, इन्जिनियर, डाक्टर, मजदुर, विद्यार्थी प्रायोजित ट्रेड यनियनको भ्रमजालबाट मुक्त हुन जरुरी छ । प्रायोजित ट्रेड युनियनवादको भ्रमजालबाट मुक्त हुन सकियो भने सर्व साधारण नेपाली जनता इमान्दार छन् , मुलुक बन्न गाह्रो छैन । अन्यथा उही भस्मासुरको कथा हो ।
एउटा राक्षसले शिवजीको उग्र तपस्या गरेछ । शिव आशुतोष परे, छिटै खुसी भएछन् र भनेछन् – राक्षस, तिम्रो के माग छ भन ।
राक्षसले भनेछ – हे शिव शंकर ! म जसको थाप्लोमा हात राखूँ, त्यसको थाप्लो भस्म होस् ।
शिवले तुरुन्तै ‘तथास्तु’ भनेर वरदान दिए ।
राक्षसले भन्यो– शिव शंकर महादेव, खै ! थाप्लो थाप्नुस्, म तपाईंको वरदानको परीक्षण गर्छु ।
प¥यो फसाद । भगवान्को वरदान फरक पर्नेवाला थिएन । तैपनि, एकछिनलाई शिवजी उपाय खोज्न भागे । चारै चौरास भाग्दै विष्णुको शरणमा पुगे । राक्षस पनि पछि पछि गयो ।
विष्णु कुटनीतिज्ञ । कुरो बुझेपछि विष्णुले भने– ए राक्षस, एउटा भँगडी गजँडी जोगीले दिएको वरदान नलाग्न पनि सक्छ । एकचोटि तिम्रै थाप्लोमा हात राखेर हेर त थाहा भइहाल्छ नि !
हो त नि भनेर राक्षसले आफ्नो थाप्लोमा हात राख्यो । अनि आफैं भस्म खरानी भएछ । सरकारमा बस्नेलाई यत्ति कथा काफी छ ।à