© २०२३
विगत लामो समय देखि कृषि क्षेत्रमा पहिचान बनाएका रूपन्देहीका गाईपालक किसान शसी शर्मा पौडेल राष्ट्रपति बाट विभुषित भएका छन् । यस अघि ‘विकास रत्न’ बाट विभुषित भएका पौडेललाई मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीले ‘जनसेवा श्री’ पदकबाट विभुषित गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र विभुषण समितिका अध्यक्ष ईश्वर पोखरेल विभुषित पौडेललाई बधाई दिएका छन् । यस अघि उत्कृष्ट राष्ट्रिय किसान सम्मानबाट समेत सम्मानित भएका पौडेलले रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा लुम्बिनी एग्रो एण्ड रिसर्च फर्म सञ्चालन गर्दै आएका छन् । नेपालमै सबैभन्दा ठुलो गाई फर्म सञ्चालन गर्दै आएका पौडेललाई यसअघि विश्व बैंकले समेत सम्मान गरेको थियो । अमेरिकाको डिभि चिठ्ठा त्यागेर स्वदेशमा आई कृषि कर्म गरेका पौडेल नेपालमा नै नमुना किसानको रूपमा पहिचान बनाएका छन् ।