© २०२३
विद्यालयमा जंक फुड निषेध, विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन, कक्षा १ मा नेपाली विषयको ९० मिनेट पढाइ देखि पोषण तथा जीविकोपार्जनमा महत्वपूर्ण उपलव्धीहरू जिल्लामा प्राप्त भएको दलित विकास समाज (डीडीएस) सल्यानले जानकारि दिएको छ । सदरमुकाम खलंगामा मंगलबार सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरि दलित विकास समाजले आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालनमा रहेका कार्यक्रम र गरेका क्रियाकलाप तथा प्राप्त उपलब्धीका बारेमा जानकारि गराएको हो ।
संस्थाले गर्नुपर्ने उत्तरदायीत्व वहन गरेनगरेको सुनिश्चीत गर्न तथा संस्थामा पारदर्शीता प्रवद्र्धन गरि प्राप्त सुझावको आधारमा आगामी दिनमा अघि बढ्नका लागी सामाजिक परिक्षण कार्यक्रम गरिएको समाजकी उपाध्यक्ष पूर्णिमा विकले बताइन् ।
कार्यक्रममा समाजका कार्यकारी निर्देशन दुर्गा पुनले आर्थीक वर्ष २०७४÷०७५ मा एकिकृत परियोजना, पहल कार्यक्रम, सुआहारा कार्यक्रम, साक्षरता कार्यक्रम, गरिवि निवारण कोष कार्यक्रम र सोलार मुस कार्यक्रम सञ्चालन गरिएको जनाएका थिए । जुन कार्यक्रमका लागी ६ करोड ९६ लाख ११ हजार ५ सय ५६ रूपैयाँ खर्च भएको जानकारि दिए । न्युन तौल भएको जन्म घटाउने, विपन्न वर्गको आयआर्जन बढाउने कार्यमा संस्थाका क्रियाकलापले भुमिका खेलेको देखि भौतीक पूर्वाधार निर्माणमा पनि आफूहरूले काम गरेको जानकारि पुनले गराएका थिए । ‘१९ वटा भौतीक पूर्वाधारका क्रियाकलाप सञ्चालन भएका छन् । यहाँका ३८ विद्यालयमा नेपाली विषयको पढाइ ९० मिनेटको हुन्छ,’ उनले भने, ‘पाँच विद्यालयले जंक फुड निषेध गरेका छन् ।’
पत्रकार महासंघ सल्यानका सचिव शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले कुनै पनि संस्थाले कार्यक्रम शुरु गर्नुभन्दा पहिले नै सरोकारवाला निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा जोड दिए । यस्तै शारदा नगरपालिकाका नगर उपप्रमुख सावित्रा वस्नेत र सहायक प्रमुख जिल्ला अधिकारि श्रीधर टण्डनले सरकारी निकायकै सहयोग र सहकार्यमा कार्यक्रम र योजनाहरू सञ्चालन हुने भएकाले एनजीओहरूले आफूले मात्रै सबै गरेकोजस्तो भएर प्रस्तुत हुन नहुनेमा जोड दिए । यस्तै कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा, खानेपानि तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख गुणनिधि पोख्रेल, पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, उद्योग वाणिज्य संघका महासचिव भरत वस्नेत, वन महासंघका सरिता हमाल लगाएतकाले बोल्दै दलित विकास समाजले गरेका कामको प्रशंशा गरेका थिए । यद्यपि सार्वजनीक परिक्षणमा जिल्लाभरका सबै स्थानीय तहका प्रतिनिधीहरूलाइ उपस्थीत गराउन सक्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संस्थाको संगठनात्मक संरचना, साझेदार संघसंस्थाहरूसंगको सम्बन्धका बारेमा समाजकी सहसचिव गीता पहाडीले जानकारी गराएकी थिइन् भने बाल संरक्षण नीतिका विषयमा गुमानसिंह नेपालिले अवगत गराएका थिए । सामाजिक परिक्षणमा विभिन्न परियोजना तथा कार्यक्रमका संयोजकहरूले सहभागीहरूबाट उठेका जिज्ञासालाई मेटाउने प्रयास गरेका थिए ।