© २०२३
छवि पाण्डे
बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक) को चौथो सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले विम्स्टेक राष्ट्रबीचको आपसी सम्वन्धलाई सुधार गर्दै विकासका साझा अवधारणा आत्मसात गर्दै अघि बढ्ने प्रण गरेको छ । यसपटकको सम्मेलनको अध्यक्षता नेपालले गर्ने अवसर प्राप्त गरेको छ र त्यसकारण पनि सम्मेलन नेपालका लागि सार्थक सिद्ध भएको ठान्न सकिन्छ । विम्स्टेक सम्मेलनको उपलब्धि सारा विश्वले ध्यानपूर्वक दृष्टि गरिरहेकोले कम्तीमा नेपालको नाम विश्वभर चिनाउन मद्दत मिलेको छ र त्यसका कारण नेपालको पर्यटनसहितको आर्थिक विकासमा यसले टेवा पु¥याउने विश्वास नेपालले लिएको छ । सम्मेलनले अल्पविकसित र भू–परिवेष्ठित मुलुकहरूको विशेष आवश्यकता र परिस्थितिलाई दृष्टि गर्दै उनीहरूको विकास प्रकृयामा आत्मसात गर्ने निर्णय गरेको छ जसको प्रत्यक्ष लाभ नेपालले लिन सक्छ । नेपाल भू–परिवेष्ठित मुलुक भएको नाताले समुद्रसम्मको सिधा यातायातको अधिकारको सवालमा सम्मेलनमा सार्थक कुरा नउठेपनि कम्तीमा त्यो आवश्यकता बोध गर्दै सम्मेलनले विशेष जोड दिनुपनि तत्कालका लागि उपलब्धि नै ठान्नुपर्दछ । किनभने कम्तीमा भू–परिवेष्ठित मुलुकहरूको बाध्यताका विषयमा सम्मेलनमा कुरा उठेको छ र साझा धारणा बनाउन त्यसले मद्दत गरेको छ ।
खासगरी विमस्टेक राष्ट्रमा पछिल्लोसमय देखिएको आतंकवाद र यससँग सम्बन्धित मुद्दा उठान र समाधानका लागि ठोस पहल गर्ने प्रतिवद्धता विमस्टेक सम्मेलनको सबैभन्दा ठूलो उपलब्धि हो भन्ने विश्वास रहेको छ । सम्मेलनले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र गैरकानुनी लागू औषध ओसारपसार रोक्न बिमस्टेक अभिसन्धिमा सदस्य राष्ट्रमध्ये अधिकांशले सहमति गरेको छ जुन यसको महत्वपूर्ण सफलता हो भन्न सकिन्छ । कानुनको पालना, सुरक्षा निकायको सुदृढीकरणको लागि विम्स्टेक गृह मन्त्रालयस्तरीय बैठक गरी प्रतिआतंकवाद र अन्तरदेशीय संगठित अपराध नियन्त्रणमा सम्मेलनले जोड दिएको छ र त्यसको कार्यान्वयन गर्ने सहमति जुटाएको छ । यो पनि सम्मेलनको महŒवपूर्ण उपलब्धि हो । नेपालमा आतंकवादको त्यति समस्या नभएपनि नेपाललाई आतंकवादीहरूले ट्रान्जिटको रूपमा प्रयोग गर्ने गरेको भन्ने समाचार बेलाबेलामा सुन्नमा आइरहेको छ । १५ वर्ष अघि काठमाडौंबाटै भारतीय विमान आतंकवादीहरूले अपहरण गरी पाकिस्तान पु¥याएको घटना पुरानो भएको छैन । भूमि प्रयोग र त्यसको दुरूपयोग गर्नमा पनि आतंकवादीहरूले ठूलो अवसरको खोजी गरिरहेका हुन्छन् त्यसको नियन्त्रण र दुरूपयोगको सिमा नियन्त्रणका लागि बिमस्टेक एउटा साधक बनोस् भन्ने हो । अर्कोतर्फ बिमस्टेक दक्षिण एसियाली राष्ट्रमा स्वतन्त्र व्यापार सम्झौता, उर्जाको सहकार्य, सदस्य राष्ट्रका जनता जनताबीचको सहकार्य गर्ने सहितको अन्तरक्रिया यसको मूल उद्देश्य हो र त्यसमा केही प्रगति भएको छ । निश्चित रूपमा विमस्टेक मुलुकवीच स्वतन्त्र व्यापारको आवश्यकता पछिल्लो समय एकदमै बढेको छ । कुनै एक देशको उत्पादित वस्तु अर्को देशको आवश्यकता वन्नुपर्ने विमस्टेकको मूल मर्म हो । जसका लागि अन्तरदेशीय व्यापार विस्तारमा विमस्टेकले जोड दिएको छ । विमस्टेकका सदस्य राष्ट्रहरूमध्ये केही सम्पन्न र केही अति गरिव समेत रहेकोले यसले तुलनात्मक रूपमा कमजोर राष्ट्रको सुरक्षा र अर्थव्यवस्था सुधारमा जोड दिनुपर्ने सम्मेलनको जोड छ र त्यसको कार्यान्वयनमा तदारूकता र चासो अवको प्रतिक्षाको विषय हो । कम विकसित र विकसित राष्ट्रवीच आर्थिक लगानीलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने विषय विमस्टेकको लागि त्यो पनि साना र कमजोर राष्ट्रले उठान गर्ने मूख्य मुद्दा हुन तर सम्मेलनका त्रलममा त्यसमा खासै छलफल नभएको प्रतीत भएको छ । विमस्टेक सम्मेलन कमजोर राष्ट्रका लागि बरदान र ठूला राष्ट्रका लागि सम्मृद्धिको आधार स्तम्भ भएको छ भन्दा अत्युक्ति नहोला ।
विडम्वना नै भन्नुपर्दछ– विम्स्टेकलाई कमजोर वनाउने षड्यन्त्र पनि भएको छ । विमस्टेक स्थापना भएको पनि २१ वर्ष पुगेको बीचमा यसलाई लङ्गडो वनाउने प्रयास धेरैपटक भएको छ र त्यो पनि भारतवाट हुनु लज्जाको विषय हो । भारतले पाकिस्तान यसको सदस्य राष्ट्र नभएको कारण सार्कको हैसियत दिन प्रयासरत छ तर विम्स्टेकका अरू सदस्य राष्ट्र त्यो मान्न तयार छैनन् । दक्षिण एसियामा आज भारत र पाकिस्तानबीचको तनावले यो क्षेत्रको विकासमै ठूलो क्षति पुगिरहेको छ । दुवै देशले एक अर्कालाई आतंकवादलाई बढावा दिइरहेको आरोप लगाएका छन् । अर्कोतर्फ कश्मिरको भूमि विवादले भारत र पाकिस्तानवीच समय समयमा लडाइँ पनि भैरहेको छ । यी दुई राष्ट्रवीचको तनावले सार्क त प्रभावित भएको छ नै विमस्टेकलाई समेत प्रभावित बनाउन खोजिएको छ । भारतले बिमस्टेकमा पाकिस्तानलाई सदस्य बनाउन कुनैपनि अवस्थामा मान्न तयार छैन । बरू उसले सार्कमा पाकिस्तान समेत सदस्य भएको नाताले सार्कलाई बिमस्टेकमा गाभ्न खोजिरहेको छ । त्यो भयो भने विमस्टेकमा भारतको एकाधिकार स्थापित हुन सक्दछ । बिमस्टेकमा सवैभन्दा बलियो राष्ट्रको रूपमा भारत देखिएको छ र त्यसको छायाँ त्यसले गर्ने सहमति र ल्याउने मुद्दाबाटै प्रष्ट हुने गरेको छ । अर्कोतर्फ यही कारण विमस्टेकले आफ्नो आधारभूत लक्ष्य र उद्देश्य हासिल गर्न नसकेको हो कि भन्ने आशंका उत्पन्न भएको छ । निश्चित रूपमा बिमस्टेकको औचित्यमाथि प्रश्न उठ्ने नगरे पनि यसको सार्थकता, जुन उद्देश्यले यसको स्थापना भएको हो त्यसको सही उपादेयता कमजोर वनेको तथा लक्ष्य हासिल उठानमा समस्या देखिएको भने अवश्य नै हो । सार्कको विगतको सम्मेलनमा भारत सहभागी भए पाकिस्तान नहुने र पाकिस्तान सहभागी भए भारत नहुने एक प्रकारको कलुषित मानसिकताले यस क्षेत्रको समग्र आर्थिक, सामाजिक र भौगोलिक सघन विकासमा ठूलो अवरोध आएको सर्वविदित छ । सार्कको धेरैपटकको सम्मेलन यी दुई देशको तनावका कारण प्रभावित भएको इतिहास छ । सार्कलाई कमजोर बनाउने र विमस्टेकलाई प्रभावशाली वनाउने दिशामा भारतको प्रयास यो सम्मेलनमा पनि देखिएको छ । जबसम्म यो हिसाबले सार्क र विमस्टेकको औचित्य खोजिन्छ तवसम्म यसको उपादेयतामाथि प्रश्नचिन्ह लागिरहने छ ।
विमस्टेक सम्मलेन सम्पन्न भैसकेको छ । त्यसकारण यसको धेरै कमजोरीको विश्लेषणभन्दा पनि सम्मेलनवाट निस्कने प्रतिफललाई यस क्षेत्रको विकासको मेरुदण्डका रूपमा हेरिनु जरुरी छ र त्यही दिशामा यसको आगामी भूमिकालाई सशक्त वनाउनु पर्दछ । यसको स्थापना पनि यही उद्देश्यले भएको हो । त्यसका अतिरिक्त विमस्टेक स्थापनाकै दौरान यसले निर्धारण गरेको प्राथमिकताका क्षेत्रहरू व्यापार र लगानी, प्रविधिको विकास, उर्जा, पर्यटन, सञ्चारको विकास तथा त्यसवाट गरिवी निवारण गर्ने लक्ष्य हासिल गर्ने सन्दर्भमा यसले अहिले खेलेको भूमिका कमजोर नहोस् भन्ने नै हो । विमस्टेक सदस्य राष्ट्रकाबीच प्रति आतङकवाद नियन्त्रण, सिमापार आतङकवाद उन्मूलन, लागूऔषध ओसारपसार नियन्त्रण गर्ने जुन उद्देश्य लिएको छ र सम्मेलनले जुन सहमति दिएको छ त्यसको लक्ष्य हासिल गर्ने सवालमा अवरोध नहोस र सही रूपमा कार्यान्वयन भयो भने मात्र पनि सम्मेलनको सफलता ठहरिने छ । विमस्टेकको राम्रो सवाल यसको नेतृत्व सदस्य राष्ट्रहरूले पालैपालो सहमतिमा गर्ने हो । आगामी दिनमा गरिमा बढाउने, भूमिका सशक्त बनाउने, यसले गरेको निर्णय कार्यान्वयनमा लैजाने काममा बिमस्टेकको प्रयास सार्थक हुनु जरूरी छ । सदस्य राष्ट्रहरूका बीचमा भएका अपार श्रोतहरूको खोजी र त्यसलाई सबै राष्ट्रको हितमा प्रयोग गर्न सके सम्मेलनको सफलता ठहरिनेछ । फेरिपनि धेरै आशा र केही निरासा जगाएर सम्पन्न भएको विम्स्टेक सम्मेलनको औचित्य त्यसवेला सार्थक हुनेछ– जतिवेला यसले गरेका महŒवपूर्ण निर्णयहरू कार्यान्वयनको तहमा जानेछन् । विम्स्टेकलाई दक्षिण एसियाकै सशक्त साझेदार विकास संस्थाको रूपमा हेर्ने कोसिस गर्नुपर्दछ । त्यसपछिमात्र यसको स्थापनाको लक्ष्य र यसका उद्देश्य हासिल गर्न सहयोग हुनेछ । र, यसलाई सोही अर्थमा कार्यान्वयनको चरणमा समाहित गर्न तबमात्र सकिनेछ ।