© २०२३
मथुरा पिया
१५ असारको दिन जताततै रोपाइँको मेलोमेसो । बिहानैदेखि सिमसिम पानी परीरहेको छ । झरीबीच दलानमा बसेर पढ्दै छु । घुँडा टेकेर परीक्षाको तयारीमा जुटेको छु । भोलि अंग्रेजी बिषयको अन्तिम परीक्षा छ । १९ असारमा परीक्षाको सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ । तीन क्लास पढेका विद्यार्थीहरूको लागि लिइएको परीक्षा हो यो । परीक्षा सेन्टर रत्नराज्य लक्ष्मी मिडिल स्कूल टुँडिखेलमा छ । परीक्षाको अवधि दुई घण्टा तोकिएको छ । दिउ“सो १ बजेसम्म परीक्षा सकिने छ । झरीले टँुडिखेलदेखि बजारसम्मको आफ्नो घर जाने बाटो हिलाम्मे छ । साथमा दुई चारजना परीक्षार्थी साथीहरू पनि छन् । क्याम्पस बिल्डिङ (उहिलेको खरदारको घर) छिम् एक हुल मानिसहरू देखिन्छन् । सबै चिनेजानेका स्थानीय हुन् । समुहमा दुई चारजना स्कूलका माष्टरहरू पनि छन् । बीचमा दारी पालेका, गोरा खाईलाग्दा नया“ अनुहारका एकजना बडो फुर्तिला व्यक्ति पनि छन् । मिति याद भएन । लगभग ६०÷६१ बर्ष पहिले १५ असारमा भएको एउटा घटना हो यो । आफू त्यतिखेर सायद ७ बर्षको हु“दो हँु । एकदिन पहिले हामीले क्याम्पसनजिकै देखेका ती दाह्री पालेको मान्छे घुम्दै फिर्दै बन्दीपुर आइपुगेको रहेछन् । पढेलेखेका मान्छे भन्ने थाहा पाएपछि स्थानीय समाजसेवीहरूले मिडिल स्कूलमा जागिर दिने कुरा चलेछ ।
विस्तृत कहानी छ । यिनी बन्दीपुरमा २०१५ सालमा छिरेका हुन् । चा“दनी चोकमा आठ, दशजना हेर्दै लब्धप्रतिष्ठित लाग्ने व्यक्तिहरू पेटीमा बस्दै गफ गरिरहेको देखेछन् । उनी सहयोगकोलागि उनीहरू बसेको ठाउ“ पुगेछन् । त्यसमध्येका एकजना विद्यालय सञ्चालक समितिका सचिव मित्रलाल प्रधान थिए । उनी सहयोगको लागि तम्सेछन् । केहिछिनको वार्तालापपछि उनी अंग्रेजीको ज्ञाता रहेछन् भन्ने थाहा पाए । सचिवले उनलाई तीन महिनाकोलागि मौखिक सम्झौताबाट शिक्षकमा नियुक्त गरे । शिक्षकको नाम टेकबहादुर रायमाझी भएता पनि यहा“ आएपछि अजय मास्टरको नामले चिनिए । सानोमा उनलाई भोटुदाइ पनि भनिन्थ्यो रे । उनी काठमाडौंको ज्ञानेश्वरमा वि.सं.१९९२ पौष महिनामा माता नेत्रकुमारी र पिता रेखाबहादुर रायमाझीको कोखबाट जन्मेका हुन् । सिने जगतका वरिष्ट अभिनेत्री सुशीला रायमाझी नाताले उनको बुहारी पर्दथिन् । पुख्र्यौली घर बीरगञ्ज रहेछ ।
एस.एल.सी. (२००८ साल) र प्रमाणपत्र तह (२०१० साल) दरभङ्गा बिहारबाट गरेका । भारतबाट फर्केपछि अमेरिकी संस्था यु.एस.ओ.एम (यूनाइटेड स्टेट अपरेशन मिसन २०११ साल) मा नोकरीमा लागे । पछि त्रिचन्द्र कलेजमा ब्याचलर अफ आर्टमा भर्ना भए । अजय मास्टर स्थानीय थाइले टोलका कपडा साहुजी बन्धु पियाको घरमा बास बसे । पछि नारायणस्थानका साहुजी बुद्धिमान श्रेष्ठको घरमा सरे । स्थायी रूपमा चाहि“ रानीवन घेँचमा रहेको जोगीको पाटीमा बस्न थाले । बस्दै गरेपछि आफैले पाटीलाई रिनीभेट पनि गरे । मास्टरी भेषमा बन्दीपुर छिरेका यिनले शैक्षिक क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा बढि नाम कमाए । यिनले धेरैको ज्यान बचाए । त्यतिखेर स्वास्थ्य सुविधा नगन्य थियो । उनले यू.एस.ओ.एस. संस्थामा जागिरको बेलामा नै स्वास्थ्य सम्बन्धी धेरै टे«निङ पाएका रहेछन् । यिनले उपचार गरेका केहि बिरामीहरूको कुरा गर्दा स्थानीय भगवती चोकका कस्तुरी श्रेष्ठको बच्चैदेखि आ“खाको समस्या थियो । ठूला ठूला डाक्टरसंग जँचाए । काठमाण्डौंसम्म उपचारको लागि पुगे । पछि अजय मास्टरको निगरानीमा बसेपछि आ“खा ठिक भयो । त्यस्तै २०२० सालमा उनकै भाइ जापान प्रधान माघे संक्रान्ती जात्रा हेर्न जाने क्रममा नारायणगढको देवघाट जंगलमा ट्रक एक्सिडेन्टमा परे । मुख नै फाट्यो । शान्त भवन काठमाण्डौं लाने काम भयो । त्यहा“का डाक्टरसँग अजय मास्टरसाबको राम्रो चिनाजान रहेछ । अप्रेशन सफल भयो । भैसेखारका कृष्णकुमार श्रेष्ठ “गोरे” लाई टी.बी. भएछ । मास्टरसाबले १ महिना सुई लगाउने काम गरे । गोरे ठिक भए । थाइलेक नारायण पियाको दिदी मिश्री पियाको हातमा समस्या देखियो । बर्षौंसम्म मलम दल्दा पनि निको भएन । भाइले उपचारको लागि दिदीलाई पटना लिएर गए । संगै अजय मास्टरसाब पनि गएका थिए । दिदीको हात त्यहा“को उपचारले ठिक भयो । श्रेय अजय मास्टरसाबलाई जान्छ ।
गाउ“लेका भा“चिएका हात खुट्टालाई मास्टरसाबले बाँसको सिन्काहरू बुनेर कप्टेरासंगै कपडाले कसीदिन्थे । १५ दिनमै भा“चिएका हात खुट्टा ठिक हुन्थे । समाजसेवी नमस्ते लाल भूमिको आमा कुन्ती भूमी, साहित्यकार मोहन बहादुर कायस्थका फुपुहरू द्वय, समाजसेवी कृष्ण भूषणको श्रीमति रुकमणि प्रधान, चिनकाजी प्रधानका भाइ बुहारी चिरञ्जीवी प्रधान र गंगा प्रधान, गैराटोलका राजकुमारको आमा, यिनी त केही उदाहरणमात्र हुन् । उनले सञ्चो गराएका, ज्यान बचाएका मानिसहरू अहिले पनि थुप्रै छन् ।
२०२२ सालमा अजय मास्टरसाबले बन्दीपुर छाडे । अमेरिकातिर लम्किए । त्यहा“ उनले भाषा प्रशिक्षकको रूपमा काम गरे । त्यहा“ तीन बर्ष बिताएछन् । काठमाण्डौंमा पिस कोर्समा जागिर खाए । डाईरेक्टर भए । २०२५ सालमा मास्टरसाब पुनः बन्दीपुर फर्के । उनी फर्कंदा बजार नै खुसीले झुमेको थियो । बन्दीपुरमा पुरानै धन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा दत्तचित्त भए । २००७ सालमा देशमा प्रजातन्त्र भित्रिएको हो । प्रजातन्त्रको लागि बन्दीपुरेहरूको पनि केही योगदान छ । यहा“ पनि दुईचार जना सहिद भए । २०१५ सालको आम चुनावमा कांग्रेसले टु थर्ड बहुमत ल्यायो । बि.पी.ले सरकार बनाए । २०१७ सालमा राजा महेन्द्रले कु गरे । देशमा निदर्ल भित्रियो । दलीय आस्था राख्नेहरू लुक्नुपर्ने स्थिति सृजियो । बन्दीपुरमा कम्युनिष्ठ र कांग्रेसको कार्यकर्ताहरू बढि थिए । सरकारको दृष्टि यस ठाउ“प्रति सकारात्मक भएन । सदरमुकाम नै सारिदियो । २०२५ साल मंसिर महिनाको पहिलो हप्ता दमौलीबाट डाँडै छेक्ने गरी हुलका हुल मान्छे अड्डा सार्ने भनेर आए । दोहोरो भिडन्त भयो । संघर्षमा अजय मास्टरसाबले नेतृत्वदायी भूमिका निभाएका थिए । सदरमुकाम त सर्यो नै । तैपनि अजय माडसाबले हरेस खाएनन् । बन्दीपुरमै बसी विकासको लागि जोतिइ रहे ।
यकीन मिति याद भएन । २०२९ सालतिर हुनुपर्छ । साहिला बाको छोरा देशीराम पिया र म काठमाण्डौं क्षेत्रपाटी चौकमा रुमलिँदै थियौँ । साँझको बेला थियो । भर्खरै हामी कोठाबाट थकित भएर निस्केका थियौं । दिनभरी हामी परीक्षाको तयारीमा जुटेका थियाँै । इण्टरमिडियट अफ आर्टअन्तर्गत अंग्रेजी बिषयको जा“च दिनु थियो । त्योताका काठमाडौं मात्र सेन्टर (जा“च दिने ठाउ“) हुन्थ्यो । हामी दुवै भरतपुर कलेजमा पढेका हौं । फाइनल जा“च दिनको लागि काठमाडौं आएका । ठमेलतर्फबाट अजय मास्टरसाब एक्लै हिँड्डै आई रहेको देखेँ । क्षेत्रपाटी चौकबाट देब्रे असनतिर मोडिनमात्र के लाग्याथ्यौँ मास्टरसाबले हामीलाई देखिहाले । हामीले मास्टरसाबलाई नमस्कार ग¥यौँ । मास्टरसाब हतारमा देखिन्थे । मास्टरसाबले हामीलाई राम्ररी पढ्नु, राम्ररी परीक्षा दिनु, ज्ञानी गुणी बन्नु भन्दै हिँडीहाले । हामी दुवै मास्टरसाबलाई भेटेपछि पहिले नै आश्चर्यमा परेका थियाँै । मास्टरसाबको शरीरमा मैलो लुगा, खुट्टामा पुराना चप्पल थिए । तालुु सवै खुइलिसकेको थियो । पिसकोर्सको डाइरेक्टर भएको मान्छेको यो हविगत कसरी भएछ । हामीले यो रहस्य बुझ्न्को लागि मास्टरसाबलाई कुनै न कुनै दिन भेट्ने सोंच बनाउ“दै कोठातिर लाग्यौँ । तर हामी दुवैको यो अभिलाषा सदैको लागि तुहियो । किनकी हामीले मास्टरसाबलाई भेटेको डेढ बर्षपछि त उनले आत्महत्या गरे भन्ने पो खबर सुनियो । माष्टर बनेर गाउँमा आई विरामीहरूलाई हरतरहले उपचारमा सहयोग गरेका, पढेलेखेका, विदेशमा गएर काम गरेका मानिसलाई त्यस्तो अवस्था कसरी आयो ? त्यसको उत्तर अहिले पनि पाउन सकिरहेको छैन ।