© २०२३
रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ का सुविन सुनारलाई प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सक्दो सहयोग गर्ने बताएका छन् । सुनारलाई नियमित रूपमा विद्यालयमा अध्यापन गराउने अवस्था नरहेपनि सिटिईभिटी अन्तर्गतको मेकानिकल ईन्जीनियरिङ्ग लगायतको विषय अध्ययनको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । बुटवलको कान्ति माविमा सोमबार प्रदर्शन गरिएको सुनारले बनाएको रोवर्ट र मोटरसाईकल अवलोकन पश्चात मन्त्री बरालले प्रदेश सरकारले उत्कृष्ट युवा आविस्कार, उद्यमीहरूलाई सम्मान गर्ने समेत कार्यक्रम राखेको भन्दै पहिलो चरण अध्ययनको लागि सुनारलाई सहयोग गर्न सकिने बताएका हुन ।
नेशनल ईन्ष्टिच्युट अफ ईन्टरप्रेनरसिप डेभलपमेण्ट (निड नेपाल) को आयोजना र कान्ति माध्यमिक विद्यालयको सहयोगमा उक्त प्रविधि प्रदर्शनमा गरिएको थियो । आन्तारिक तथा कानुन मन्त्रालयका सचिव मान बहादुर वि.क, बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टंक पराजुली लगायतका व्यक्तिहरूले अवलोकन गरेका थिए ।
आर्थिक अभावका कारण उच्च शिक्षा पढ्न नपाएको समाचार बुटवल टुडे दैनिक र अन्य सञ्चारमाध्यममा आएपछि नेशनल ईन्ष्टिच्युट अफ ईन्टरप्रेनरसिप डेभलपमेण्ट (निड नेपाल) ले उच्च शिक्षा पढाउने जिम्मा लिएको थियो ।
निड नेपालका अध्यक्ष एम.वि. विश्वकर्माले सुविनको क्षमता प्रदर्शन यस क्षेत्रका ईन्ष्टिच्युट सञ्चालकहरूलाई देखाउने र उनले चाहेको अध्ययनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।