ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न
मुख्य समाचार

मतदाताको प्रश्न : चुनावपछि को फर्किएला कुमाल बस्ती ?

२४ कार्तिक २०७९, बिहीबार
२४ कार्तिक २०७९, बिहीबार

लमही, २४ कार्तिक ।
गढवा गाउँपालिकाको केन्द्र गढवा बजारको पुर्व दक्षिणमा बजारसंगै सटेको कुमाल समुदायको बस्ति बत्तिमुनिको अध्यारो भनेजस्तै सबै सुविधाबाट उपेक्षित भएको स्थानीयहरुले बताएका छन् । चुनाव आउँदा नेताहरु भोट माग्न आउँछन तर जितेर गएपछि न फर्केर आउँछन् न त बोलेका बाचाहरु नै पुरा गर्छन–स्थानीय बासिन्दा कालिदेवी कुमालले भनिन ।
चुनाव आउँदा ठूलठूला आश्वासन बाड्ने तर जितेर गएपछि काम त के अनुहार पनि नदेखाउने नेताहरुको संस्कार अन्त्य हुनुपर्ने स्थानीय बासिन्दाहरुको भनाई छ । हाम्रो गाउँलाई नमुना बस्ति बिकास गर्ने र एकै खालका घरहरु निर्माण गरि सडक तथा ढलनिकास सहितको ब्यवस्थीत बस्ति बनाउने आश्वासन धेरैले बाँडे तर हालसम्म कसैले सिन्को भाँचेनन् । अब जुनसुकै पार्टीको उमेद्वार होस काम गरेर देखाउनेलाई मात्र भोट दिन्छौं, स्थानीयको आक्रोस छ ।

हाम्रो गाउँलाई नमुना बस्ति बिकास गर्ने र एकै खालका घरहरु निर्माण गरि सडक तथा ढलनिकास सहितको ब्यवस्थीत बस्ति बनाउने आश्वासन धेरैले बाँडे तर हालसम्म केहि सिन्को भाँचेनन् स्थानीय युवा आकाश कुमालले भने । हामीलाई पार्टी चाहिएको छैन, पुरानाले केही गरेनन । अब जुनसुकै पार्टीको उमेदवार होस काम गरेर देखाउनेलाई मात्र भोट दिन्छौं उनले भने ।
नजिकैकोबजार सडक बत्तिले झिलीमिली छ हाम्रो बस्तिमा यौटापनि बत्ति छैन । न त ब्यवस्थित सडक छ न नाली र ढलनिकास नै । बर्षात्को बेला पुरै गाउँ डुवान हुन्छ,कसरी ज्यान बचाउने हामीलाई हम्मे हम्मे हुन्छ– उनले भने ।
हामीलाई काम गरेर देखाउने नेता चाहिएको छ पुराना नेताहरुले हाम्रो बस्तिमा केहि काम गरेनन्–उमेदवार शान्ता चौधरी र गंगाराम भट्टराई संग उनले देखेसो पोखे । हाम्रो समुदायमा माटोका भाँडाहरु बनाउने पुख्यौली पेशा माटो र दाउरा नपाउँदा संकटमा परेको छ । कसैको जमिन छैन हामी सबै अर्काको मजदुरी गरेर बाँचने समुदायका मान्छे हौं । नेताहरुले चुनाव आउँदा युवालाई रोजगार दिन्छौं भन्छन तर जितेर गएपछि हामी खाडीमा जान बाध्य हुन्छौं–स्थानीय श्रादे कुमालले भने । पैसा बाँडेर भोट किन्ने नेता होइन अब काम गरेर देखाउने नेताको खोजिमा छौं–स्थानीयहरुले भने । लालपुर्जा दिन्छौं भनेर धेरै बर्ष झुलाएर हामीलाई उपयोग मात्र गरे अब लालपुर्जा दिन सक्ने नेता चाहिएको छ–स्थानीय समाजसेवी मनिषा चौधरी कुमालले भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?