ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

मंसिरको तेस्रो साता ‘प्रथम मगर साहित्य महोत्सव’ हुने

५ भाद्र २०८१, बुधबार
५ भाद्र २०८१, बुधबार

बुटवल, ५ भदौ। मगर कला, साहित्यको प्रचारप्रसार र नया पुस्तालाई पुस्तान्तरण गर्ने उदेश्यका साथ रुपन्देहीमा प्रथम मगर साहित्य महोत्सव हुने भएको छ । मगरात अध्ययन केन्द्र बुटवल रुपन्देही र नेपाल महिला मगर संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा आउदो मंसिर २१ र २२ गते ‘आफ्नो कथा आफै लेखौ ।’ नारासहित प्रथम मगर साहित्य महोत्सव २०८१ हुने भएको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि दुई दिनेसम्म चल्ने महोत्सवमा मातृभाषा कविता प्रतियोगिता, पुस्तक प्रदर्शन, किताब बिमोचन, चित्रकला प्रदर्शन तथा विक्रि, मौलिक नृत्य प्रदर्शन, आदिकवि जित बहादुर सिजालीमगर/रेख बहादुर सारु मगर साहित्य पुरस्कार, गोरे बहादुर खपाङगी मगर सामाजिक योगदान पुरस्कार, प्राचीन सामग्रीको प्रदर्शन, विद्घत प्रवचन, संवाद तथा बहस, अभिलेखन लगायत विविध रचनात्मक कार्यक्रम गरिने महोत्सव समितिका प्रवक्ता शंकर गाहाले बताए । सामाजिक संस्था स्थापना भएको ३३ वर्षमा साहित्यिकको क्षेत्रमा रुपन्देहीमा पहिलोपल्ट कार्यक्रम आयोजना हुन लागेको उनले बताए । ‘काठमाडौ र पुर्व क्षेत्रमा हुने गरेको भएपनि पश्चिममा भने पहिलो पटक हुन लागेको हो ।’—उनले भने ।

कार्यक्रमको संवाद तथा बहस कार्यक्रममा पूर्व डिआईजी पार्वती थापा, निर्देशक अनिल बुढा, मानवसास्त्री सुरेश ढकाल, महाबिर पुन, युवा चलचित्र निर्देशक गोपाल आचार्य, हरि बुढा लगायतका ब्यक्तित्वहरु सहभागी हुने निश्चित भएको उनले बताए । यसैगरि स्थानिय साहित्यकारहरुको समेत सहभागिता रहने उनले बताए । यसैगरि कार्यक्रममा हुने गाला राउण्डमा मास्टर मित्र सेन, अरुण थापा, क्रान्ति आले, हेमन्त राना, मगर गितहरु प्रस्तुत गरिने उनले बताए ।

कार्यक्रममा महोत्सव आयोजक समितिका सदस्य तथा पत्रकार यम रानाले साहित्य क्षेत्र सबल र मजबुत भएमात्र समाज सबल हुने भन्दै पुर्खाबाट नै उत्कृष्ट साहित्यको ईतिहास बोकेका आफुहरु यसको जर्गेनामा लागेको बताए । मातृभाषा कविता प्रतियोगिता अन्तरगत मगर भाषामा लेखिएका कविताहरुको प्रतियोगिता हुनेछ । प्रथम पुरस्कार १० हजार, दोस्रो ७ र तेस्रो ५ हजार र सान्त्वना दुई जनालाई २ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । पहिलोपटक आयोजना हुन लागेको कार्यक्रमको निरन्तरता हुने गरि आर्थिक रुपमा सबल बनाउन कोष स्थापना गर्ने समेत योजना रहेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष निर्मला थापाले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरी रहेको बताईन । प्रतियोगिता सम्पन्न गर्न १९ लाख ९५ हजार खर्च हुने अनुमान आयोजकको छ ।

 

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?