ट्रेंडिंग:

>> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री >> ३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त >> गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो ! >> सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

जानकी साहित्य पुरस्कार भण्डारीलाई

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

गुल्मी, १९ भदौ ।
गुल्मीको किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्राः लगायतका विधामा कलम चलाउँदै आउएका भण्डारीलाई यस वर्षको ‘जानकी साहित्य’ पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो ।

गुल्मीको सत्यवती गाउँपालिका –५ अन्तरगत जुहाङ्, खैरेनी निवासी ७१ वर्षीय साहित्यकार भण्डारीले विभिन्न विधामा दुइ दजर्न भन्दा बढी कृतिहरू प्रकाशित गरिसकेको पुरस्कार छनौट समितिका संयोजक दीन पन्थीले बताए । पुस्तकालयद्वारा आयोजित समारोहमा किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी एवं लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले साहित्यकार भण्डारीलाई नगद सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।

साहित्य क्षेत्रमा निकै रुचि राख्ने स्वर्गीय जानकी ज्ञवालीको सम्झनामा परिवारद्वारा उक्त पुरस्कार स्थापना गरिएको थियो । किरण पुस्तकालयको समन्वयमा स्थापना गरिएको पुरस्कार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जनामा लाग्ने सर्जकहरूलाई प्रत्येक वर्ष प्रदान गरिदै आएको छ ।

२०७३ सालमा स्थापना भएको उक्त पुरस्कारवाट यस अघि साहित्यकार सूर्यबहादुर सेन वली, भागीरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम, र रुद्र ज्ञवाली र हरिप्रसाद भण्डारीलाई प्रदान गरिसकिएको छ । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनु भएकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन उनका श्रीमान शंकर प्रसाद गौतमको विशेष अग्रसरतामा जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरिएको छ ।

प्रतिष्ठानको नाममा किरण पुस्तकालय गुल्मीमा दुइ लाख रूपैयाँको अक्षय कोष स्थापना गरिएको छ । सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी बनाई इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पु¥याउने सर्जकलाई जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिदैं आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?