ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

विद्यालयलाई बीस लाखको सामग्री

१८ भाद्र २०७५, सोमबार
१८ भाद्र २०७५, सोमबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन गुल्मीको सहयोगमा कृषि प्राविधिक शिक्षालय संचालन सहयोग कार्यक्रम अन्तर्गत रुरु गाउँपालिकाको एक विद्यालयलाई ७ लाख ७५ हजार लागतको संरचना तथा सामग्री हस्तान्तरण गरेको छ ।
रुरु गाउँपालिका अन्तर्गत जनबोध माध्यमिक विद्यालयलाई आईतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको रोहवरमा परियोजना प्रमुख कुल प्रसाद दवाडीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कृषि अध्ययन अनुसन्धान तथा प्रसारका क्रियाकलापहरूको समन्यवयात्मक ढंगबाट संचालन गर्न तथा विद्यालय स्तरबाट नै विद्यार्थीहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्य अनुरूप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोनले प्रविधिमा आधारित सामग्री हस्तान्तरण गरेको परियोजना प्रमुख दवाडीले बताए ।
उक्त विद्यालयमा प्राविधिक धारतर्फ कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षा संचालन गर्न सहयोग गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको र यसबाट विद्यार्थीहरूको प्रयोगात्मक अध्ययनमा थप सहयोग पुग्ने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।
परियोजनाबाट हस्तान्तरण गरिएका सामग्रीहरूमा स्क्रिन हाउस, जोत्नका लागि मिनी ट्रिलर, माटो परिक्षणका लागि टुल किट, चिस्यान मापक यन्त्र, माइक्रोस्कोप, कम्प्युटर, डिजीटल पि एच मिटर, रिफ्रयाक्टोमिटरलगायत रहेका छन् । विद्यालयलाई हस्तान्तरण गरिएका संरचना तथा सामग्रीहरूले आगामी दिनहरूमा प्रयोगात्मक कक्षा संचालनमा टेवा पुग्ने तथा विद्यार्थीहरूको प्रयोगात्मक ज्ञान वृद्धि भई कृषिको उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पुग्ने परियोजना प्रमुख दवाडीले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मी जिल्ला शिक्षा क्षेत्रमा अग्रपंक्तिमा रहेको जनबोध माविले आगामी दिनमा प्राविधिक शिक्षालय मार्फत स्थानीयस्तरमा नै दक्ष जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका खेल्ने धारणा व्यक्त गरे ।
उनले विद्यालयको भौतिक संरचना सुधार मार्फत कृषि शिक्षाको गुणस्तर वृद्धिमा आगामी दिनमा प्रदेश सरकारबाट समेत सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । बरालले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक एवं अध्ययनरत विद्यार्थीहरूलाई कृषि शिक्षालाई थप प्रभावकारी एवं गुणस्तरीय ढंगबाट संचालन गर्न सुझाव दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवाली, रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम, नेकपा गुल्मीका नेता बुद्धि जिसी लगायतले परियोजनाले यसरी सामग्री हस्तान्तरण गरेर विद्यालय र विद्यार्थीहरूलाई सहयोग पुुराएको भन्दै परियोजना प्रति आभार व्यक्त गरेका थिए ।
मकै जोन परियोजनाले यसअघि गुल्मीको ईस्मा गाउँपालिका अन्तर्गत हिमालय माध्यमिक विद्यालय हस्तिचौर र धुर्कोट गाउँपालिका अन्तर्गत पाञ्चायन मावि जैसिथोकमा गरि हालसम्म तीनवटा कृषि प्राविधिक शिक्षालयहरूमा कुल २० लाख लागत बरावरको संरचना, औजार तथा उपकरणहरू हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%