© २०२३
बुटवल । शैक्षिक गुणस्तर सुधार गर्न राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाले जोड दिएका छन । गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षण संस्था र शिक्षकहरुलाई कारवाही गर्ने सरकारले पहलकदमी ल्याए मात्र शिक्षामा सुधार हुने उनिहरुको भनाई छ ।
रिपोर्टर्स क्लव प्रदेश नम्बर पांचले आईतबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताले गुणस्तरीय शिक्षाका लागि राज्यले मापदण्ड बनाउनु पर्ने बताए । पाठ्यपुस्तक र पाठ्यक्रम वैज्ञानिक हुनुपर्ने शिक्षामा लगानी बढाउनु पर्ने र शिक्षकहरुको मनोवल बढ्ने गरी सेवा सुविधा उपलब्ध गराउन सकिएमा शिक्षामा सुधार आउने उनीहरुको भनाई छ ।
राष्ट्रिय परिक्षावोर्ड बुटवलका प्रमुख टिकाराम अर्यालले शिक्षाको गुणस्तर कमजोर बन्दै गएको स्वीकार गर्दै सबै मिलेर शिक्षामा सुधार ल्याउनु पर्ने बताए ।उनले गुणस्तरीय शिक्षा दिनुको विकल्प नभएकाले आरोप प्रत्यारोपमा उत्रन नहुने बताए ।
बुटवल उप–महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख लोकराज पन्थील स्पष्ट नीति र लगानीको अभावले गुणस्तरीय शिक्षा दिनमा समस्या रहेको बताए ।
प्याब्सन प्रदेश नम्बर पांचका अध्यक्ष कृष्ण खनालले शिक्षाको गुणस्तर वृद्वि गर्न शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताए । उनले अहिलेको परम्परागत शिक्षा प्राणालीले नीजि क्षेत्रको बाधक रहेको उनले बताए ।
कालिका माध्यामिक विद्यालयलका प्राध्यानाध्यापक घनश्याम पाठकले आफ्नो राष्ट्रियता, संस्कार, संस्कृति र व्यवहारसंग मेलखाने शिक्षालाई मात्र गुणस्तरी शिक्षा भन्न सकिने बताए । उनले अहिलेको अवस्थामा राज्य व्यवस्थाले गुणस्तरीय शिक्षा दिन नसक्ने ठोकुवा गरे ।
प्याब्सनका केन्द्रिय सल्लाहाकार लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षा दिएको नीजि क्षेत्रलाई राज्यले चिन्न नसकेको बताए । राज्यले गुणस्तरीय शिक्षा मापन गर्न नसकेको उनले आरोप लगाए । शिक्षक महासंघका रुपन्देही उपाध्यक्ष मुक्तिप्रसाद भट्टराईले गुणस्तरी शिक्षाका लागि पाठ्यक्रम र पाठ्यपुस्तक एउटै हुनुपर्ने बताए ।