ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

चिकित्सकलाई पोशाक र परिचयपत्र अनिवार्य

१८ भाद्र २०७५, सोमबार
१८ भाद्र २०७५, सोमबार

जिल्लाको पृथ्वीचन्द्र अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी चिकित्सकले ड्युटी अवधीमा अनिवार्य रूपमा पोशाक र परिचयपत्र लगाउनु पर्ने अस्पताल विकास समितिले निर्णय गरेको छ । सरकारले उनीहरूलाई पोशाक भत्ता उपलब्ध गराए पनि पोशाक नलगाउने पाइएकोले समितिले तत्कालै पोशाक र परिचयपत्र लगाउन अनिवार्य गरेको हो ।
प्रदेश सरकार अन्तर्गत आएको ५१ सैया मुनिको अस्पतालमा प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा तदर्थ समिति गठन गरे अनुसार सो तदर्थ समितिको आईतबार पहिलो बैठकले सो निर्णय गरेको हो ।
कर्मचारीले पोशाक नलगाई काम गर्दा अस्पतालमा आउने बिरामी र सेवाग्राहीहरू समेत झुक्किने गरेको हुँदा ड्युटी अवधी भरि अनिवार्य पोशाक लगाउनु पर्ने निर्णय भएको तदर्थ समितिका अध्यक्ष एवं जिसस प्रमुख शिव शंकर रायले बताए ।
केही महिनामै अस्पताल प्रति फैलिएको नकारात्मक प्रचार चिर्दै लैजाने र अस्पतालको सेवामा गुणस्तरियता ल्याउने गरि योजना समेत बनेको उनले सुनाए । विगतका समिति र अस्पताल कर्मचारी चिकित्सक बिच प्रभाकारी ढंगले समन्वय र तालमेल नहुँदा अस्पताललाई अस्तब्यस्त बनेको थियो ।
अब यसलाई भएको साधन स्रोतको अधिक्तम प्रयोग गरेर विरामी सेवाग्राहीलाई बढी भन्दा बढि सेवा प्रदान गर्ने र बाकी स्रोत साधनको लागि सरोकारवाला निकायसंग समन्वय गरि ब्यवस्थापन गर्ने रणनीति समेत बनाउन लगाईएको अध्यक्ष रायले जानकारी गराए ।
पहिलो बैठकमा तत्काल उपलब्ध कर्मचारी र चिकित्सकलाई पोशाकमा ड्युटी समयसम्म अस्पतालमा विरामीलाई सेवा प्रदान गर्ने,परामर्श सेवा दिईने गरि निर्णय भएको र सोही अनुसार निर्देशन पनि दिइएको छ । अस्पतालमा आउने विरामी र सेवाग्राहीलाई सहज ढंगले समस्या बुझ्ने गरि एक जना कर्मचारीलाई सोधपुछ (रिसप्सन) टेबल नै राख्ने लगाइएको उनले सुनाए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताल सुदृढिकरणका लागि के के आवश्यक छ ? समेत माग गरेको हुनाले त्यसको तयारीमा लगाइको छ । एक साता भित्र सबै विवरण आइसकेपछि मन्त्रालयमा पेश गरिने छ । मन्त्रालयले तत्कालका लागि अस्पताललाई एक एम्बुलेन्स समेत उपलब्ध गराउने हँुदा यसले पनि गाउँबाट सहज ढंगले अस्पतालमा बिरामी आउने छन्, अध्यक्ष रायले भने, अब अस्पतालबाट अधिकतम सेवा प्रदान गर्दै अस्पताल प्रति जनसमुदायको विश्वास जगाउने गरि कार्य गरिने छ ।
सकभर अस्पतालमा आउने विरामीलाई रिफर सेन्टरको रूपमा प्रयोग नहुने गरि अस्पतालमा विशेषज्ञ सेवा प्रदानका लागि विशेषज्ञ चिकित्सकलाई ल्याउने प्रयासमा लागि परेका छौं । अस्पतालमा विशेषज्ञ सेवा प्रदान नगर्दा पनि बिरामी अस्पताल छाडेर निजी क्लिनिकमा गएर महँगो शुल्क तिर्न परेको उनको भनाइ थियो । यो अस्पतालको सबै भन्दा राम्रो पक्ष चौबिसै घण्टा फर्मेसी सचालन हुनु हो । यसले अस्पतालमा विगत भन्दा अहिले विरामीको चाँप बढ्दै गएको छ । पहिला अस्पतालका चिकित्सकले लेखेको औषधी बाहिर बजारका मेडिकलवालाले कम गुणस्तरको औषधी थमाई दिने हुँदा पनि विरामीलाई औषधीले काम नगर्दा त्यसको असर अस्पतालको सेवा मै प्रश्न चिन्ह लाग्ने गरेको थियो ।
तर अहिले अस्पताल भित्रै सहुलियत मूल्यको फार्मेसी संचालन छ, अध्यक्ष रायले भने, अर्को नकारात्मक प्रचार भनेको अस्पतालमा डाक्टर छैन भन्ने हो । तर अहिले पनि अस्पतालमा ६ जना मेडिकल अधिकृत काम गर्दै आएका छन् । अस्पतालकै केही कर्मचारीले दरबन्दीको चिकित्सक नभए पछि डाक्टर नै छैन भन्ने प्रचार गर्ने गरेका थिए । उनीहरूले छात्रवृतिका डाक्टरलाई पनि सरकारले खटाएको छ । उनिहरू पनि डाक्टर नै हुन् । डाक्टरी पढेर पास गरेरै सेवा दिन आएका छन् । तिनलाई डाक्टर नै नमान्नु र भ्रम छरिएका कारण पनि समस्या थियो ।
अब समितिले असोज भित्रै परिणाम देखिने गरि अस्पतालमा काम गर्ने योजना बनाएको छ । अस्पतालको सबै कोठामा एसी जडान गरिने, जेनेरेटरबाट चौबिसै घण्टा विद्युतको उपलब्धता गराउने र बिरामी तथा बिरामी कुरुवाका लागि पनि उचित ब्यवस्थापन गरि अस्पताल विकास समितिले सोच बनाएको उनले दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?