© २०२३
तिलकराम न्यौपाने
श्रीकृष्ण भगवान हुनुहुन्छ, किनकी उहाँ पूर्ण भगवानको रूपमा अवतरित हुनुभयो । कुनै विशेष कार्यहरू सम्पादन गर्नका लागि जस्तै भक्तहरूलाई आकर्षण गर्नुकासाथै दुष्टको संहारकानिम्ति धर्मको संरक्षणकानिम्ति, वेदको रक्षाकानिम्ति र गौ भक्त, साधु सन्तको रक्षाकानिम्ति उहाँ सक्षम हुनुहुन्छ । अन्य सम्पूर्ण कार्यहरू भगवानले बैकुण्ठबाटै बसीबसी गर्न सक्नुहुन्थ्यो भगवानको रूप धारण गरी । तर, कर्मका लागि मानव रूप धारण गरी स्थुल शरीरसहित उदाहरण बनी कर्म सिकाउनका निम्ति श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ । अनेक प्रकारका लिलाहरू रच्ने क्रममा भगवानले द्वापर युगको अन्त्यमा कलिको प्रारम्भ विन्दुमा अर्को शब्दमा कलिको पूर्व सन्ध्यामा सम्पूर्ण लिलाहरू भगवान श्रीकृष्णको जन्म संगसंगै रच्नुभयो ।
धर्म शास्त्रअनुसार कंशकी बहिनी देवकीलाई उहाँकै कर्मका आधारमा श्राप परेकोले छैठौँ गर्भसम्म देवकी र बसुदेवको बच्चालाई जन्माउने वित्तिकै बहिनी देवकीको हातबाट त कहिले ज्वाईं वसुदेवको हातबाट खोस्दै उहाँहरूकै आँखा अगाडि आफ्ना भान्जीहरूलाई उचाल्दै पछार्दै मामा कंशले मार्ने गर्दथ्यो । सातौँ गर्भको रूपमा कन्या रहेकी थिइन् । तर, सम्पूर्ण मानिसहरूले देख्ने गरी गर्भ तुहेको अर्थ लगाए पनि योगमायाले तानेर रोहीणीको गर्भमा प्रतिस्थापित भई संकर्षण मार्फत बलरामको जन्म हुन पुग्यो । आफ्नो बहिनी र ज्वाईंको आठौं गर्भको बच्चाले मामा कंशलाई मार्ने भविष्यबाणी भएकोले कंशले प्रथम गर्भ देखि छैठौं गर्भसम्मका भान्जीहरूलाई मा¥यो । सातौँ गर्भको बच्चा तुहिएको भने पनि भगवानकै लिलाले गर्भ नै अरूको गर्भमा प्रतिस्थापित गराई बलरामको जन्म भएको कुरा कंशलाई थाह भएन । अरू कशंलाई मार्ने क्षमता भएको अद्भूत शक्तिशाली बालक जन्मन सक्दछ । त्यसैले कडा सुरक्षा व्यवस्था गरी त्यो आठौं गर्भको बच्चालाई या त पेटमै जिउँदो रहन दिनुहुँदैन या त जन्मने वित्तिकै मार्नुपर्दछ भन्ने कंशको योजना स्वरूप बहिनी देवकी र ज्वाईं बसुदेव दुवैलाई आफ्नो दरबार भित्र कंशले नजरबन्द गरिदिएको थियो ।
जेल भित्र कडा सुरक्षा गरिराखेको अबस्था भए पनि कंश मनोवैज्ञानिक रूपमा अत्यन्त भयभित थियो । किनकि आठौं गर्भबाट जन्मेको भान्जाले नै उसको विनास गर्नेछ भन्ने भविष्यबाणि धेरै पहिल्यै गरिसकिएको थियो । चारैतिर सुरक्षाकर्मीहरू तैनात बसिरहेको अवस्थामा अचानक कृष्ष्ण पक्षको अष्ठमी तिथिको राती १२ बजे एक बालकको देवकीकै गर्भबाट जन्म भयो । आफ्नो जीवित छोरा जन्मेको खुसीयाली भन्दा पनि एकदम अद्भूत आनन्द देवकी र बासुदेवका निम्ति भयो । त्यो दरबारमा उज्यालै उज्यालो सहितको शंख, चक्र, गदा र पद्म धारण गरेका भगवान विष्णुले प्रत्यक्ष दर्शन दिनुभकोमा गौरवान्वित बन्नुभयो । आफ्नो प्रशव पीडालाई विर्सी भगवान विष्णुलाई नै कंशबाट जोगाउने तानवाना बनेर चाँडो त्यहाँबाट बाहिर गर्दा सुरक्षित हुने भएकोले त्यसको लागि अनुरोध गर्नुभयो । तेजै तेजले ढाकिएको अवस्थामा अपार अमृत वर्षाउनु भयो । ताकि कंशले थाहा पायो भने अनिष्ट होला । विष्णु भगवानले बच्चा कृष्णलाई उद्धार गर्न बसुदेवलाई आह्राई सिकाई गरी निर्देशन दिनुभयो । कृष्णलाई लगी यशोदाकी छोरीसंग साटी छोरीलाई लिएर आउन भन्नुभयो । यशोदाले आफु प्रशव पीडामा भएकाले छोरा वा छोरी केही थाहा पाइनन् । देवकीको अवस्था पनि त्यस्तै थियो । उता बसुदेवले यशोदाकी छोरीलाई काखमा लिई आफ्नी श्रीमती देवकीको सामुन्ने आउँदासम्म गेटहरू पूरा खुला भएका थिए । गेटपाले तथा सुरक्षाधारीहरू साथै कंश मस्त निदाएको अवस्थामा थिए । दरवारभित्र छिरी देवकीको काखमा जब ती छोरी राख्नुभयो तव कन्या रुन कराउन थालिन् । बच्चाको रुवाइको आवाजले गेटपाले तथा कुरुवाहरू ब्युँझे, त्यसैबेला कंश पनि उठी आयो र आफ्नी बहिनीसंग बहिनी देवकी त्यो बच्चा मलाई नै देउ । मैले मार्छु भन्यो ।
बहिनी देवकीले अनेकौँ अनुरोध गरिन् । कंश दाइ मेरा ६ वटा छोरीलाई उचाल्दै पछार्दै, मेरै आँखा अगाडि मार्नुभयो । सातौँ गर्भ तुहियो । आठौं गर्भमा भएको छोराले तपाईंलाई मार्ने भनिए पनि यो त छोरी भएको छ । दाइ यसलाई नमार्नुुहोस् । तपाईंलाई मार्न पनि सक्दिन, त्यसैले छोरीको प्राणको भिख माग्दछु भनि विन्ती गर्दा पनि कंशले मानेन । पाँचवटा छोरीहरूलाई उचाल्दै पछार्दै मारे झैँ यसलाई पनि मार्छु भनि दुई हातमा लिई उचाल्दा बच्ची हातबाट फुत्किएर आशकगंगामा दिव्य उज्यालो छर्दै माथि गइन् । र, आकावाणी मार्फतः कंश तैँले मलाई मार्न सक्दैनस् । बरु तँलाई मार्नेवाला जन्मी सकेको छ भनिन् । योभनाइले कंश झनै भयभित भयो । योगमायाको मलाई आशिर्वाद छ । उनले भनेको भविष्यबाणी सत्य छ भन्दै क्रुद्ध भएको कंशले त्यस दिन जन्मेका सर्बसाधारण मानिसका बच्चाहरूलाई खोजी–खोजी मार्न थाल्यो । सबैलाई भयभित तुल्यायो ।
कृष्णलाई रेखदेख, संरक्षण लालनपालन सबै यशोदाले गर्नुभयो । जुन कुरा कंशलाई थाहै भएन । उसरी गुप्त रूपमा कृष्ण लिला (बाललिला) शुरु भयो । एघार बर्षसम्मको उमेरमा यशोदासंग बसेर उहाँकै पुत्रको रूपमा रहेर बाललिलाकै क्रममा बकासुर, आधासुर र अन्य राक्षहरूको दमन गर्नुभयो । गोपीहरूलाई अपार आनन्द दिनुभयो । गोपिनीहरूलाई समेत अपार आनन्द दिनुभयो । यस्तो अद्भुत क्षमता भएको बालक भन्ने गाउँ शहरतिर व्यापक हल्ला चलिरहेको बेला एक दिन नारदले खुसुक्क सुइँको दिए की यशोदाको घरमा रहेको बच्चा नै श्रीकृष्ण हुन् । देवकी र बसुदेबका ८ औं पुत्र हुन् भन्ने थाह पाएपछि धनुष यज्ञको आयोजना गरी कंशले मल्ल क्रिडा मार्फत मार्ने षड्यन्त्र गर्यो । आफ्ना तर्फका लडाकुहरू उद्घोष ग¥यो । अर्कोतिर कृष्ण बलराम गोप र गोपिनीहरू लडाइका लागि तयार हुनु प¥यो । त्यसैवेला मल्लयुद्धमा कृष्ण स्वयंले सबै दुष्टहरूसहित कंशलाई मारी विजय प्राप्त गर्नुभयो । यसरी श्री कृष्णले बाल्याअवस्थामा अनेकौं लिलाहरू प्रकट गर्दै अन्त्यमा आफ्नो धाममा फिर्ता हुनुभयो ।
वैकुण्ठबाट सिधै भगवानले हामी सबै मानबजाति पशु पंछी तथा बनस्पतिको संरक्षण, रेखदेख गर्न सक्नुहुन्थ्यो । विवेकशील प्राणीहरूमध्ये मानब जातिको रूप धारण गरी श्री कृष्ण मानवीय रूपमा मानबले गर्ने क्रियाकलापको सांकेतिक जानकारी गराउनका निम्ति द्वापर युगको अन्त्य, कलियुगको पूर्वसन्ध्यामा भक्तहरूलाई आकर्षण गरी रक्षा गर्दै दुष्टहरूलाई संहार गर्न धर्मको संरक्षण गर्न वेदको रक्षा गर्न साथै कर्म गर्ने तरिका सिकाउनकानिम्ति स्थुल रूप धारणा गरी प्रत्यक्ष भगवान अवतरण गरेको विश्वास गरिन्छ । धर्म, अर्थ, काम, मोक्ष सम्पूर्ण प्रयोग गर्दै भक्ति ज्ञानकर्म लोकलाई दिँदै भक्तहरूलाई गुह्यज्ञान वितरण गरेकोले जन्माष्ठमीको महत्व विशेष प्रकारको छ । यक्ष कारण पनि यहि हो । योगी तपश्वीहरू लोभ लालच नगर्ने, धर्म क्रोध मोह मद मत्स्यलाई त्याग गर्ने भगवानको नित्य सम्झना गर्दै आएका छन् । यो लोकमा आनन्दपूर्वक राज गर्न सबैलाई सुखद् निमन्त्रण दिँदै आफ्नो सम्पूर्ण शक्ति भगवतमा स्थापित गर्दै भगवानको जन्मोत्सव कृष्ण पक्षको आज अष्टमी तिथिमा किर्तन भजनसहित नाचगान गरी मनाउने गरिएको छ । यस अबसरमा सबैको कल्याण होस् भन्ने शुभकामना छ । à