ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गोटिहवा भर्ना र पूर्ण साक्षर घोषणा

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ (साबिक गोटिहवा) लाई एक कार्यक्रमबीच पूर्ण भर्ना र पूर्ण साक्षर घोषणा गरिएको छ । सरल नेपाल र दलित सामाजिक बिकास केन्द्रको सहयोगमा वडा कार्यालयको आयोजनामा सो घोषणा गरिएको हो । वडाका ५ बर्षदेखि १२ बर्ष उमेर समूहका सबै बिद्यालय भर्ना तथा ९६ प्रतिशत जनसंख्या साक्षर भएपछि वडा अध्यक्ष दिरेप कुमार चौधरीले वडालाई साक्षर घोषणा गरेका हुन् । बि.सं. २०६८ को जनगणनामा ९ सय १८ जना निरक्षर रहेकोमा ८ सय ८६ जनालाई साक्षर बनाइएको उनले बताए । बिद्यालय भर्ना अभियानमा वडाका सम्पूर्ण बालबालिकालाई बिद्यालयमा भर्ना गराइएकोमा एक पूर्ण अपाङ्ग र एक आंशिक अपाङ्गलाई बिद्यालय भर्ना गराएपछि घोषणा गर्न सफल भएको चौधरीले बताए । कार्यक्रममा तोकिएको मापदण्ड पुरा भएपछि वडालाई पूर्ण भर्ना र पूर्ण साक्षर घोषणा गरिएको उनले बताए । यस वडामा सम्पन्न गरिएको घोषणा अभियानलाई अन्य वडामा निरन्तरता दिइने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए ।
वडालाई पूर्ण भर्ना र पूर्ण साक्षर घोषणा गरिएसँगै अरू वडाले पनि सोको सिको गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले बताए । वडालाई घोषणासँगै बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई टिकाई राख्न भूमिका खेल्नु पर्ने सुझाव दिए । ‘बिद्यार्थी भर्नासँगै अभियानमुलक गतिबिधिमा सरिक गराउने र प्राबिधिक शिक्षामा समेत लगानी गर्न आवश्यक छ,” प्रजिअ पोखरेलले भने । वडा कार्यालयको आयोजनामा वडालाई घोषणा गर्नु उदाहरणीय भएको बताउँदै शिक्षामा लगानीका लागि सबैले सरोकार बृद्धि गर्नुपर्ने पूर्व मन्त्री तथा काँग्रेस नेता दिप कुमार उपाध्यायले बताए । “शिक्षामा लगानी र सुधार बिना बिकास सम्भव छैन ।
प्रत्येक बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितताका लागी सबै लाग्नुपर्छ,” उपाध्यायले भने । शिक्षा क्षेत्रको लगानीले राष्ट्र बिकासमा टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताए । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे, समाजसेवी तेज कुमार बौद्धाचार्य लगायतले पूर्ण भर्ना र पूर्ण साक्षर घोषणाको अभियानलाई अन्य वडामा निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?