ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रुकुममा ३ बर्षे सिभिल ओभरसियर पढाइ

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

रुकुममा पहिलो पटक ३ बर्षे सिभिल ओभरसियरमा पठाई हुने भएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटि) ले यस शैक्षिक सत्र देखि सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माबिलाई सिभिल ओभरसियरको कक्षा संचालन गर्न अनुमति दिएको हो ।
लामो समय प्रतिक्षा पछि रुकुम पश्चिम जिल्लामै पहिलो पटक सिभिल ओभरसियरको ३ बर्षे पढाई शुरु हुन लागेको बिद्यालयका प्राचार्य हरि प्रसाद खनालले जानकारी दिए । उनका अनुसार बिद्यालयले एक शैक्षिक शत्रमा बढीमा ४८ जना सम्म बिद्यार्थीहरू पढ्न पाउने छन ।
‘रुकुमेली बिद्यार्थीहरूको लागि यो खुसिको कुरा हो, यसअघि रुकुम सगै छिमेकी जिल्लाहरू सल्यान र जाजरकोट सम्म पनि यो कक्षा थिएन’ उनले भने, ‘देशका मुख्य सहर र राजधानीम गएर पढ्नुपर्ने बिद्यार्थीहरू अब आफ्नै आटोपिठो आएर सिभिल ओभरसियरको पढाई गर्न सक्छन ।’ ४८ जनाको सिटमा चार जना सिटिईभिटिले नै छात्रबृत्तिमा पारेका बिद्यार्थीहरू निःशुल्क अध्ययनका लागि आउनेछ् भने एक जना प्रबेश परिक्षामा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी पनि निशुल्क पढ्न पाउनेछन । त्रिभुवन जनता माध्यामिक बिद्यालय रुकुम जिल्लाकै सबैभन्दा जेठो बिद्यालय हो । सिभिल ओभरसियरमा भर्ना हुनलाई यसअघि प्राबिधिक एसएलसी पढेका वा हालको एसईईमा सहभागी बिद्यार्थीहरूले कम्तिमा गणित र बिज्ञान बिषयमा सि र अन्य बिषयमा डि प्लस ग्रेड ल्याएको हुनुपर्छ ।
त्यस्तै न्यूनतम दुई जिपिए पनि ल्याउनु पर्छ । सिभिल ओभरसियर पढाईको क्रममा लाग्ने खर्च बिद्यार्थीको ब्यक्तिगत जीवनशैली, खानपान र अन्य हिसाबले पनि खर्च कम वा बढी हुने भन्ने कुरा निर्धारण हुन्छ । तर सामान्यतया ३ बर्षमा ३ लाख सम्म खर्चमा पढाई सक्काउन सकिन्छ ।
बिद्यालयका प्राचार्य खनालका अनुसार प्रत्येक बर्ष बिद्यालयले प्रति बिद्यार्थी १ लाख रूपैयाँ खर्च लाग्छ । ‘हामीले एउटा बिद्यार्थीबाट १ लाख रूपैया १ बर्षमा लिन्छौं, ३ बर्षमा ३ लाख खर्च हुन्छ’ उनले भने, ‘त्यसबाहेक सिटिईभिटिले केहि थोरै मात्र शुल्क पनि लिनसक्छ अनी बिद्यार्थीको ब्यत्तिगत खानपान र बसाई खर्च त छुट्टै भयो ।’ सिभिल ओभरसियरको प्रयोगात्मक कक्षा संचालनमा लागि बिद्यालयले करिब १६ लाख रकम खर्च गरेर सामाग्री समेत ल्याएको छ । ‘बिद्यालय प्रशासन, जिल्ला स्थित राजनीतिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने बिद्यार्थी संगठनका नेतृत्व र सरोकारवाला सबै निकायहरूको सहयोगले यहाँ सम्म बिद्यालय आएको छ’ प्राचार्य खनालले भने, ‘सबैको सहयोग र यसरी नै प्राबिधिक तथा व्यवसायिक शिक्षा बिद्यालय निरन्तर दिईराख्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?