ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

क्षेत्रिय शहरी बिकास आयोजनाको काम सुस्त

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ बस्ने बर्ष ७ की जेव्रा खातुन र बर्ष ५ की जाद्रा खातुन अन्य दिन जस्तै बिहिबार बिद्यालय जान सकेनन् । बिद्यालय जान भनि हिडेका उनिहरू दुवै जना भैरहवा स्थित भिम अस्पतलामा उपचार गराउन जानु पर्यो । हासी खुशी बिद्यालय हिडेका दुवै दिदी बहिनी हिलै हिलो भएको बाटोमा लडे पछि बिद्यालयको सट्टा अस्पताल पुग्नु परेको थियो ।
यी दुई दिदी बहिनी मात्र हैन भैरहवाको अधिकांश बाटोहरू समयमै निर्माण नहुदा दैनिक दुर्घटना बढ्दै गई रहेको छ । भैरहवाको मिलनचोक देखी बिमानास्थल सम्म जाने मूल सडकको बाटो नै हिलामय छ । पहिला सुगरमिल जाने खण्डमा अहिले हत्पत कुनै सवारी जान सोच्नै पर्छ । यस क्षेत्रमा हुने दैनिक दुर्घटनाले स्थानियलाई चिन्तित त बनाएकै छ उत्तिकै आक्रोशित पनि बनाएको छ ।
एशियाली बिकास बैंकको सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्र्तगत निर्माण भई रहेको बाटो समयमै नबन्दा स्थानियहरूको आक्रोश बढदै गएको छ । बिहिबार पनि दुर्घटनामा परि दुई दिदी बहिनी घाईते भए पछि उनिहरूको आक्रोशले बिरोधको रूप लियो र उनिहरूले बिमानास्थल जाने उक्त मूल बाटोमै बाँस लगाएर बाटो नै बन्द गरि दिए ।
“पटक पटक दुर्घटना बारे जानकारी गराएर क्षेत्रिय शहरी विकास आयोजनालाई बाटो मरम्मतको लागी आग्रह गर्यौ उनिहरूले नमानेको र दुर्घटना बढ्दै गए पछि बाटो नै बन्द गर्नु परेको हो । ” सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला) ले भने ।बिमानास्थल जाने उक्त बाटोमा आयोजनाले करिब ६ महिना काम शुरु गरे पनि अहिले सम्म काम सकेको छैन । पिपरहिया चोक सम्म पक्की गरि सकिएको उक्त सडक खण्ड त्यस पछि साविकको शुगर मिल सम्म भने जानै नसक्ने अवश्थाको रहेको छ । बाटोको दुवै तर्फ खाल्डो खनेर राखेको छ जसले बर्खामा धेरै दुर्घटना बढाएको स्थानियहरूको भनाई छ । कतिपय अवश्थामा ब्यक्तिगत खर्चमा बाटो मरम्मत गरे पनि दुर्घटना कम नभए पछि क्षेत्रिय शहरी विकास आयोजनालाई दबाव दिन बाटो बन्द गर्नु परेको वडा अध्यक्ष यादवले बताए । जनताको सुरक्षा र बाटो निर्माण बारे प्रतिवद्धता नआए सम्म बन्द नगरिएको बाटो नखोल्ने भन्दै रूपन्देही प्रदेश नम्बर ३ का प्रदेश सभा सांसद सन्तोष पाण्डेले नै त्यसको अगुवाई गरेका थिए । सांसद पाण्डेकै नेतृत्वमा समूहले सिद्धार्थनगर नगरपालिकाको कार्यालय अगाडी केही बेर नाराबाजी समेत गरेका थिए ।
एकिकृत शहरी बिकास आयोजना अन्र्तगत भैरहवामा अहिले बिभिन्न बाटोहरू निर्माणाधिन अवश्थामा रहेका छन । एउटै ठेकेदार कमपनीले एकै पटक धेरै बाटोको निर्माण काम शुरु गरेको र निर्माण सामाग्री तथा कामदारको अभावमा निर्माणधिन धेरै बाटोहरू समयमै पुरा हुन सकेका छैनन् ।
यता क्षेत्रिय शहरी बिकास आयोजनाका आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठले भने तत्काल त्यो बाटो निर्माण हुन नसक्ने बताएका छन । समयमै काम शुरु गरेको भए पनि स्थानियहरूले सहयोग नगरेको उनको भनाई छ । “स्थानियहरूले सडक मापदण्ड भित्र परेका संरचना नभत्काउदा समयमै काम गर्न सकिएन र बर्षा शुरु भयो । ” श्रेष्ठले भने “अहिले पनि बर्षा हुदै छ, बर्षा नसकिए सम्म बाटोको काम अगाडी बढाउन प्राविधिक कठिनाई छ ।”
निर्माण शुरु भएको उक्त बाटोमा ढल निर्माणको काम सकिएको छ भने बाटो निर्माणमा ढिला सुस्ती भएको हो । भैरहवाको मूख्य बाटोको रूपमा मानिएको यो बाटो बिशेष गरि ब्यापारीहरूको लाईफ लाईनको रूपमा रहेको छ । बाटो मरम्मत गर्ने प्रतिवद्धता आए पछि स्थानियहरूले गरेको अवरोध हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission