ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

गृहमन्त्रीको उपस्थितिमा आचारसंहिताको उल्लंघन : प्रचारप्रसारमा बालिकाको प्रयोग

१६ कार्तिक २०७९, बुधबार
१६ कार्तिक २०७९, बुधबार

भैरहवा, १६ कात्तिक ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंंघन गर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिताविपरीतका गतिविधि भइरहेका छन् । निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग, पोल र भित्तामा पोस्टर, सडकमा डिजे र व्यानरसहितको गाडी प्रयोग भएको पाइएको छ ।

उम्मेदवारले आचारसंहितामा रही निर्वाचनको गतिविधि गर्ने भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिबद्धता जनाए पनि बहालवाला गृहमन्त्री नै आचारसंहिताविपरीत बालिकालाई प्रचारप्रसार कार्यालयको उद्घाटनमा प्रयोग गरेका छन् । पाँच दलीय गठबन्धनले मंगलबार निर्वाचन क्षेत्र नम्बर अन्तर्गत सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ७ को प्रचारप्रसार कार्यालय उद्घाटनमा कक्षा ६ मा पढ्ने एक बालिकालाई झण्डासहित नृत्यमा प्रयोग गरेका छन् । स्थानीय सनसाइन स्कुलमा अध्ययनरत ती बालिकाले गृहमन्त्री प्रमुख अतिथि रहेको उनकै कार्यक्रममा नेपाली कांग्रेस जिन्दावाद नामक गीतमा रुख चिह्नअंकित झण्डासहित नृत्य गरेकी छन् । गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभामा नेपाली कांग्रेसबाट बहालावाल गृहमन्त्री बालकृष्ण खाण र प्रदेशसभा क्षेत्र नम्बर ३ एक बाट लोसपाका सन्तोस पाण्डे उम्मेदवार छन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ खण्ड ट मा राजनीतिक दल, उम्मेदवार दलको भ्रातृ संगठन तथा सम्बन्धित् व्यक्तिले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने र खण्ड घ मा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा दलको उम्मेदवारको निर्वाचन चिह्न वा झण्डाअंकित बोक्न नहुने भनिए पनि गृहमन्त्री नै सामेल भएको उनकै क्षेत्रको कार्यक्रममा बालिकाले झण्डासहित नेपाली कांग्रेस जिन्दावाद भन्दै नृत्य गरेकी छन् ।

यस्तै पाँच दलीय गठबन्धनकै उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीत गाडीमा उम्मेदवारको फोटोसहितको व्यानर लगाई साउन्ड बाजासहित प्रचारप्रसारमा रहेका छन् । परिच्छेद ४ को खण्ड १३ ण मा प्रचारप्रसारमा बाजा, गाजासहित जान नहुने उल्लेख छ । तर, उम्मेदवारले सोहीलाई प्रयोग गरी प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै हिँडेका छन्, जो आचारसंहिता बाहिर गएर प्रचारप्रसार भएको छ ।

यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार राउत र सलाउद्दीन आलम, स्वतन्त्र उम्मेदवार केशव विक्रम खडका, स्वतन्त्र उम्मेदवार इशरत अलीले पनि आचारसंहिताविपरीत पोल र भित्तामा पोस्टररव्यानर लगाएका छन् । आचारसंहिताको परिच्छेद ४ दफा १३ को खण्ड ज मा निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान र सडकको पोलमा दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टास्न पाइँदैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका प्रवक्ता शोभाकर खरेलले आचारसंहिताको उल्लंघन भए प्रमाणका साथ लिखित उजुरी गर्न सकिने व्यवस्था रहेको र अहिलेसम्म उजुरी नआएको बताए ।

यता निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णु प्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गरे भनेर रोहिणी गाउँपालिकविरुद्ध लिखित उजुरी परेको बताए ।  हामीले पनि गाउँपलिकालाई कुस्तीको विषयमा लिखित स्पष्टीकरण सोधेका छौँ, आयोगलाई जानकारी पनि भइसकेको छ, उनले भने,  हिजो बालिकाको प्रयोग भनि फोटो र भिडियो पनि आएको छ । यसलाई पनि आयोगमा पठाएका छौँ । – न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?