© २०२३
देउखुरीका तरकारी व्यवसायी गर्ने कृषकहरू निक्कै निरासा वन्न थालेका छन । आफूहरूले उत्पादन गरेको तरकारी संकलन केन्द्र नहँुदा बिच वाटोमै मनोमानि रूपमा विचौलियाले हस्तक्षेप गरेको वताउँछन् । लमही नगरपालिका ३ का श्यामेश चौधरी भन्छन तरकारी संकलन केन्द्र पनि छैन तरकारी व्यवसाय समिति पनि छैन मूल्य निधारण पनि हुदैन । हामीले दुख्ख गरेर उत्पादन गरि वजार नपुराउँदै वाटोवाट आफैले मूल्य गरेर थोक व्यापारीले लैजान्छन ।
उनी जस्तै वर्षौदेखि तरकारी संकलन केन्द्रको व्यवस्पान र मूल्य निधारणका लागि माग राख्दै सम्वन्धीत निकायहरूमा धाउन थाले पनि सम्वन्धीत निकायले चासो नदिएको लमही नगरपालिका ६ कश्यपपुरका तरकारी व्यवसाय कृषक श्याम वहादुर चौधरीले वताए । २ घण्टा टाउकोमा वोकेर लमही वजार पुराउनु पर्छ । जनतन वजार पुराउदा मूल्य पनि थाहा हँुदैन थोक व्यापारीहरूले आफै मूल्य गर्छन । घर फर्काउन भन्दा सस्तोमा भए पनि वेचेर आउँछौ चौधरीले भने । देउखुरीमा पछिल्लो सयममा ठूलो परिमाणमा मौसमी तथा वेमौषमी तरकारी खेती उत्पादन हुदै आएको छ । तर पनि उत्पादित तरकारी व्यवस्थापन गर्नका लागि नत संकलन केन्द्रनै छ, नत व्यवसायि समिति जसका कारण अधिकांश किसानहरू आफूले उत्पादन गरेको तरकारी राजमार्गको आसपासमा वसेर विक्रि गर्दै आएको वताउछन । लमही नपा ७ घुम्नाकी सुनिता चौधरी भन्छिन । तरकारी लगाउदा कति मेहोनत छ , लगानी उत्तिकै छ तर उत्पादन भएको तरकारी आफैले वजार सम्म लगी वेच्दा पनि न्यून पैशमा वेच्नु पर्छ नत घर फर्काउने हुन्छ नत संकलन केन्द्र्रनै । त्यसैले पनि थोक व्यापारीले जतीमा भने पनि दिन वाध्य हुन्छौ । कहिले काहीँ बजारभर डुलाउँछौ विक्रि नभइ पून घरमा ल्याएर दानामा हाल्छौ । यो पिडा यो गुनासो उनको मात्र होइन । देउखुरीमा व्यवसायि रूपमै तरकारी खेत ीगर्ने सवैको गुनासो हो । यति वेला देउखुरीमा प्राप्त मात्रमा तरकारी उत्पादन भएकाृे छ । तर तरकारी जिल्ला वाहिर पठाउने व्यवस्था नहुदा जिल्लामा मात्र खपत हुँदैन । जसका कारण सस्तोमा विक्रि गर्नु पर्ने वाध्यता रहेको छ । काँक्रा १५ देखि २० रूपैयाँ, लौका २० रूपैयाँ, वोडी १५ देखि २० रूपैयाँ प्रति किलो र घिरौला प्रतिकिलो १० देखि २० रूपैयाँमा विक्रि हुने गरेको कृषकहरू बताउँछन । यो त उनिहरू टाउकोमा वोकेर लमहीमा वेच्ने मूल्य हो, घरमा गाडी लिएर जाने विचौलियाहरू त झनै कममा लिने तथा तौलमा ठग्ने गरेको तरकारी व्यवसायी कृषक गुनासो गर्छन ।
महगो विउ खरिद गरि तरकारी उत्पादन भए पनि उत्पादित तरकारीको वजार र मूल्य नपाउँदा कृषकहरू खेती प्रतिको चासोमा कमी आएको केही कृषकहरू वताउँछन । लमही नपा २ का तुल्सी चौधरी भन्छन । तरकारी कृषक एक्लै र समुहमा लगाउँछौ तर वेच्ने वेलामाा विक्रि नहुने भएमा पनि न्यून रकममा मात्र विक्रि हुने हुँदा पनि कृषकले खेती तर्फ चासो कम दिन थालेका छौं ।
यता लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का वडा अध्यक्ष बिम वहादुर केसी तरकारी संकलन केन्द्रका लागि धमाधम सरमचना निर्माण भइ रहेको वताए । हामीले तरकारीहरूलाइ एउटै स्थानमा राख्न पर्छ भन्ने ठहर गर्दै कृर्षि उपज केन्द्रको हाता भित्र टहराहरू बनाएका छौ । अव केही सयम पछि तरकारी व्यस्थीत हुन्छ । अझ दिर्घकालिन रूपमा लमहीलाइ राष्ट्रिय तरकारी संकलन केन्द्र बनाउने तयारीमा छौं प्रवक्ता केसीले भने ।
तर कृषकहरू भने स्थानीय सरकारले कृषिमा विषेश नीति कार्यक्रम ल्याए पनि कहाँ केमा खर्च हुन्छ लक्षित वर्गमा नपुगेको बताउँछन । वरु एनजीओ आइएनजिओले सहयोग गरेको बताउँछन् । देउखुरीमा दैनिक रूपमा ठूलो परिमाणमा तरकारी उत्पादन हुने गर्दछ । तर उत्पादित तरकारी जिल्लाका केही ठाउँमा मात्र जाने गरे पनि अन्य छिमेकी जिल्लाहरूमा पठाउने व्यवस्था हुन सकेको छैन । त्यस कारण पनि उत्पादित तरकारीले मूल्य पाउन नसकेको हो ।