© २०२३
पद्मप्रसाद शर्मा
मानव सभ्यताको विकाससंगै खेतीपातीको आरम्भ भएको मानिन्छ । मानिस जब जंगलबाट आएर सुलभ स्थानमा घर बनाएर बस्न लाग्यो त्यसै समय देखि उसले खेतिपाती आरम्भ गर्न लाग्यो भन्ने कुरा मानव सभ्यताको विकासको कुराका सन्दर्भमा सुन्न पाइन्छ । वास्तवमा खेतीको आरम्भले मानवलाई जंगलबाट गृहस्थी जीवनमा ल्यायो र नयाँ नयाँ कुराको खोजीगर्ने बानीको विकास भयो । यसैले मानिसलाई आजको अवस्थामा ल्याई पु¥याएको हो । खेतीको आरम्भ भएको समय यकीन नभए पनि मानव विकासको साथमा भएको घटनाक्रमले जनाउँछ ।
वास्तवमा खेतीको कुरा गर्दा हाम्रा पूर्वजहरूले जसरी जुन बस्तुको शुरुवात गरे आज हामी त्यो अवस्थामा छैनौ । यतिवेला धेरै कुराको फेरबदल भैसकेको छ । तर खेतीपातीको विकासको क्रम जसरी अगाडि जानु पर्ने हो त्यो अनुसार नभएको भने सत्य हो । खेतीपाती गर्नका लागि आज हामी उन्नत विउका कुरा गर्छौं । उन्नत औजारको कुरा गर्छौं । किटनाशक औषधिको कुरा गर्छौं । अनि आधुनिक खेती प्रणालीको कुरा गर्छौ । सिंचाइको कुरा गर्छौं । तर, आधुनिकताको नाममा हामीले रासायनिक मलको अत्यधिक प्रयोग र किटनाशक औषधिको प्रयोगमात्र बढाएका छौं । खेतीपातीकमा संलग्न किसानहरूलाई पनि आवश्यक तालिम वा प्रशिक्षण आदिको ब्यवस्था हुन सकेको छैन ।
अहिले कृषिमा संलग्न किसानहरू आफू खुशी मल र किटनाशक औषधिको प्रयोग गरिरहेका छन् । यसबाट हाम्रो माटो दिनानुदिन विगँ्रदै गएको छ भने उर्बराशक्ति विस्तारै नष्ट भईरहेको छ । किटनाशक औषधिको प्रयोगले माटोमात्र नभएर वातावरण पनि विगँ्रदै गएको छ । कृषिलाई प्रश्रय दिनका लागि पहिलो शर्त किसानलाई सुशिक्षित बनाउनु हो । उनीहरूलाई खेतीको महŒव बुझाउनु पर्दछ अनि सरकारी स्तरबाट हुन सक्ने भरपुर सहयोग दिने योजना बनाउनु पर्दछ । हाम्रा कतिपय किसानहरू कृषिमा वर्षौं देखि संलग्दै हुँदै आए पनि त्यसका वारेमा आवश्यक ज्ञान नभएका कारणले अत्यधिक रासायनिक मलको प्रयोग र किटनाशक औषधिको विना ज्ञान प्रयोग भइरहेको छ । यसबाट समयमा बचाउन सकिएन भने एकातिर माटोको उर्वरा शक्ति छिटै नष्ट हुने अनि विस्तारै आयस्तरमा कमी हुने संभावना बढेर गएको छ । यसलाई रोक्नका लागि योजनावद्ध किसिमले तत्काल लाग्नु पर्ने छ । चाहे किसान होस चाहे कृषि मजदूरको कुरा होस सबैलाई सुशिक्षित बनाउनु आवश्यक छ । विना ज्ञान वा अल्पज्ञानले राम्रो प्रतिफल दिन सक्दैन । जस्तो नेपालीमा उखान छ अल्प विद्या भयंकरी । यो अल्प ज्ञानले हुने क्षतिको वारेमा तत्काल भन्न नसकिए पनि दीर्घकालमा यसको असर थेग्न नसक्ने खालको हुन सक्छ ।
केही वर्ष पहिले हामीले नेपालमा उत्पादन गरेको अन्नबाली विदेशमा निर्यात गरिन्थ्यो भने आज आएर विदेशबाट आयत गर्नुपर्ने अवस्था आएको छ । यसका दुईवटा कारणहरू छन् । पहिलो कृषिमा संलग्न कृषकहरूलाई आवश्यक ज्ञान प्रदान गर्न नसक्नु हो भने दोश्रो जमिन र हावापानी अनुसारको खेतीवाली रोज्न नसक्नु हो । वालीहरू मध्येमा पनि अन्नवाली, दलहन, तेलहन, तरकारी तथा फलफूल सबैको मेसो मिलाउनु पर्दछ । सबै वाली एउटाले गर्नु भन्दा पनि एउटाले एउटा वालीको खेती गर्दा वालीको वारेमा ज्ञान हुने र दक्षता हासिल हुने हुन्छ । यसको साथमा कुन स्थानमा कुन वाली हुन्छ यसका वारेमा माटो परीक्षण गरी बालीको सिफरिस गर्दा बेश हुन्छ हाम्रो देशमा सिमित स्थानमा रहेका कृषि अनुसन्धान केन्द्रले खासै प्रभावकारी भूमिका निर्वाह गर्न सकेको जस्तो लाग्दैन । गाउँमा रहेका जेटी जेटीएहरूले पनि अहिलेसम्म किसानहरूलाई खासै सेवा पु¥याउन सकेका छैनन् । विना शिक्षा कुनै कुरामा सुधार हुन सक्दैन । झन् कृषिमा अझ बेशी ज्ञानको आवश्यकता पर्दछ ।
सबैको पेटपाल्ने कामको जिम्मा नै किसानमा रहेको हुन्छ भने उसमा पर्याप्त ज्ञान नहुँदा माटो र वातावरण प्रदूषित भएको छ । विना ज्ञान भएको यो विषाक्तताले समयमा सुधार गर्न सकिएन भने हामी आगामी लामो समयसम्म विदेशबाट आयात गर्न वाध्यताकासाथ लागि रहने छौं । अर्को कुरा यहाँ हुने प्रदूषणले विदेशीलाई समेत असर गर्नेछ । नेपालको भू–बनौट हेर्ने हो भने विश्वको सबै बालिवोट यहाँ उत्पाद हुने सम्भावना छ । हावापानी र माटोको कारणले हुने उत्पादन हुनका लागि यहाँ कसैले रोक्न सक्दैन । तर, अज्ञानताको कारणले हामी सोंचेको भन्दा निकै पछाडि छौं । यो स्थानबाट अगाडि जानका लागि जनस्तरबाट चाहना र आवश्यकता सरकारसमक्ष ब्यक्त गर्नुपर्दछ र सरकारी स्तरबाट उचित कार्यक्रमको तय गरी उचित कार्य गर्नु पर्दछ ।
अहिले बेमौसमी अन्नबाली तथा तरकारीको कतै कतै आरम्भ भएको छ । यो सुखद कुरा हो । तर यो पनि ब्यवस्थित तरिकाबाट सञ्चालन भएको छैन । बेमौसमी तरकारी खेती अन्नबाली भन्दा बढ्ता कृषकहरू आकर्षित भएको अवस्था छ । यो सुखद पक्षलाई दीर्घकालिन बनाउनका लागि जानकारहरू अग्रसर हुनु पर्दछ । अहिलेको बेमौसमी खेती गर्नेहरूलाई प्रोत्साहन गर्ने नीति नभएसम्म यस्ता कामले दीर्घकालिन रूप लिन सक्दैनन् । जहाँ बेमौसी खेतिको आरम्भ भएको छ त्यहाँ पनि सिंचाइको प्रचुरता भएको पाइँदैन । विना सिंचाइ खेती राम्ररी सप्रन सक्दैन भन्ने कुरा सबैमा हेक्का हुन जरुरी छ । हाम्रा खोला तथा नदीमा पानीको कमी छैन । तर, त्यो पानीलाई सदुपयोग गर्नमा कमी भएको छ । पानीको उपयोग गर्नका लागि तीनवटै तहका सरकारले योजना बनाउनु पर्दछ । अहिलेसम्म भएका सरकारहरूबाट दीर्घकालिन योजना बनाउन नसकेकै कारणले हाम्रो माटो र वातावरण विषाक्त भएको यो सत्य कुरालाई जहिलेसम्म यसमा संलग्न किसान र सरकारी तहबाट आफै पनि महŒव बुझ्न र बुझाउनु सकिँदैन त्यतिबेलासम्म हामी आली नाघेर माथि जान सक्ने छैनौं ।
विदेशबाट अन्न, फलफूल तथा तरकारी आयात रोक्नका लागि र देश खाद्यान्न लगायत यहाँ उल्लेख भएका सबै बस्तुमा आत्मनिर्भर हुनका लागि सरकारी तहबाट आबश्यक योजना र किसान प्रोत्साहन कार्यक्रम ल्याउनुका साथै कृषकका तर्फबाट पनि यो देशको आत्मनिर्भरका साथै ब्यक्तिगत र सामुहिक रूपमा आय आर्जन वृद्धिका लागि आफूले पनि खोजी गर्नु पर्दछ । परम्परागत ढंगबाट गरिएको घिसेपिटे खेती प्रणालीले अव न देश उँभो लाग्ला न किसान उँभो लाग्ला । यसकारण हरेक कुराहरू योजनावद्ध किसिमले र दीर्घकालिन किसिमबाट गरिनु पर्दछ यसैमा सबैको भलोको साथै जीवन धान्ने राम्रो उपाय पनि हुनेछ । à