© २०२३
नवलपरासी, ०९ कार्तिक ।
जिल्लाको सुस्ता २ हर्कपुराका स्थानीय उद्यमीहरूले निर्माण गरेको हस्तकलाद्वारा निर्मित पटेरका सामग्रीहरूको बिक्री पर्खाइमा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह लगायतका विभिन्न निकायले तालिम सिप प्रदान गरि उत्पादन गर्न लगाउने तर बजारी करण नगरिदिँदा निर्मित पटेरका आकर्षक हस्तकला सामग्री बिक्रीको पर्खाईमा रहेको छ ।
स्थानिय क्षेत्रमा पटेरहरूबाट बनेका चकटी, मोढा, अन्य भाँडाकुडा, झोला लगायतका सामग्री स्थानीय महिलाहरू घर घरमा तयार गरेको स्थानिय माधव चौधरीले बताए । तालिम धेरैले लिन्छन्, उनले भने, तालिम लिदासम्म बनाउने उत्साह हुन्छ, तर बजार नपाउँदा बिस्तारै उत्पादन गर्न छोड्दै जाने गरेका छन् । केही महिलाहरू आफ्नो दिन विताउनका लागि भए पनि उत्पादन गर्दै आएका छन्, उनले पटेरबाट बनेका सामग्री देखाउँदै भने, महगोँ पनि खासै पर्दैन तर बजारीकरण कस्ले गरिदिने भन्ने समस्या छ ।
बजारीकरण भयो भन्ने तालिम दिइने सबै महिला तथा पुरुषहरूले धमाधम उत्पादन गर्न सक्थे, तर बजारीकरण नै भएन् । उनका अनुसार एक सय भन्दा बढि उद्यमीले यस्ता तालिम लिइएका छन् । तर सामग्रीले बजार नपाउँदा उनीहरू उत्पादन गर्न छाडेर बसेका छन् । पर्यटकिय क्षेत्रहरूमा पनि स्टलहरूसम्म पुर्याएर यस्ता समाग्रिको बजार बनाउन सकिन्छ,तर त्यहाँसम्म पहुँच पु¥याउन कुनै संघसस्थाले नै पहल गर्नु पर्छ, ग्रामिण महिलाहरूको त्यहाँसम्म पहुँच पुग्दैन् ।
विगतमा केही बर्ष पहिला यहाँ बनेका समाग्रि अमेरिका लगायतका देशमा पनि आउने पर्यटकहरूले लिएर जाने गर्थे, तर अहिले केही समय देखि रोकिएको छ । बर्षमा दुई देखी ३ लाखसम्मका समाग्रि तिनै सस्थाहरू मार्फत काठमाडौ पठाईने गरिएको थियो । यी हस्तकला निर्मित समाग्रिको बजारीकरणका लागि पहल गरिदिन उनीहरूले सो क्षेत्रका साँसद मेयरलाई पनि आग्रह गरिएको सुनाए । त्यसै गरि संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजनलाई पनि बजारीकरणका लागि आग्रह गर्दै भने,बजार पाए गाउँका सबै महिलाहरू गाँउ वरिपरि नै रहेका पटेरबाट यस्ता समाग्रि बनाउथे, पटेर पनि त्यसै खेर गई रहेको छ, महिलाहरू पनि घरमा मोवाईल चलाएर दिन बिताउने गरेकी छिन् । प्लाष्टिक समाग्रिले बजार लिइएको छ । यसबारे आम उपभोतmाहरूले पनि वातावरणमैत्री समाग्रि खरिद गरिदिन र सरकारी पक्षबाट पनि प्लाष्टिक नियन्त्रण गरि जैविक सामग्रीले बनेका स्थानीय हस्तकलाका सामग्री प्रयोग गर्नमा प्रोत्साहित गरिदिए पनि हुन्थ्यो ।
यसका लागि गाँउका महिलाहरूको पहुँच पुग्दैन्,चौधरीले साँसद हरिजनलाई आग्रह गर्दै भने, तपाईहरूबाट यस्ता हस्तकला जैविक सामग्रीको बजारीकरण र प्रोत्साहनका लागि पहल गरिदिन पर्छ । यसले घरमा बसेकी महिलाहरूको मोवाईल चलाउने बाध्यता हट्थ्यो, घरदैलोमै काम गर्ने बानीको विकास हुन्थ्यो, दुई पैसा महिलाहरूको हात पथ्र्यो, आर्थिक रूपमा आत्मनिर्भर हुने अवस्था आउँथ्यो । प्लाष्टिकले हुने प्रदुषण र आयात दुबै नियन्त्रण हुन्थ्यो । तर स्थानिय सरकार पनि तिनै प्लाष्टिक जन्य समाग्रिलाई नै प्राथमिकतमा राखेको छ । स्थानीय उत्पादन नारामा मात्रै सिमित भएका छन् । जबकी करोडौ बजेट खर्चेर स्थानिय सरकारले पनि आफ्नो शिक्षा क्षेत्रका विद्यालय, पुस्तकालय, स्वास्थ्य चौकी लगायतका स्वास्थ्य सस्थामा यस्ता समाग्रि खरिद गर्दा प्लाष्टिक भन्दा स्थानिय जैविक उत्पादनलाई खरिद गर्ने सोच र योजना बनाईदियो भन्ने स्थानिय स्तरमा रोजगारीको सृजना हस्तकलाको संरक्षण, यहाँका कच्चा पदार्थको उपयोग जस्ता बहुयामिक फाईदा पुग्ने देखिन्छ । यसका लागि पहुँचवाला ब्यतिmले नै भनिदिनु पर्ने आशय चौधरीको थियो ।