© २०२३
भैरहवा , १९ असोज ।
विश्व पशु दिवसको अवसर पारेर भैरहवा स्थित सिद्धार्थनगर नगरपालीकाले सामुदायीक कुकुरहरुको बन्ध्याकरण एवंम रेबिज भ्याक्सिन कार्यक्रम सुरु गरेको छ ।
सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उदेश्यले यो कार्यक्रम सचांलन गरीएको सिद्धार्थनगर नगरपालीकाका प्रमुख ९मेयर० ईस्तियाक अहमद खानले जानकारी दिए । सामुदायीक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रम सिछार्थनगरले बिगत तिन बर्षदेखी सचांलन गर्दै आएको छ ।
यो कार्यक्रम यसपटक पहिलो चरणमा यहि असोज २३ गतेसम्म गरीने र सवै छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउन छुटेमा फेरी पनि कार्यक्रम सचांलन गरीने नगरप्रमुख खानले बताए ।
६ दिनसम्म सचांलन हुने यो कार्यक्रममा नगरका टोल टोलमा गएर कुकुरहरु ल्याईने छ । सकंलीत कुकुरहरुको बन्ध्याकरण रबिज भ्यासिकन लगाउने काम हर्ट नेपालका पशु चिकित्सक एवं प्राबिधीक टोलीने गर्ने सिद्धार्थनगर नगरपालीकाका कृषी तथा पशुन्छि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए।
उनका अनुसार पहिलोदिन आईतवार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाईएको छ, भने कार्यक्रम सचांलन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिईएको छ ।