ट्रेंडिंग:

>> तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली >> छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक >> लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई >> मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ >> सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास >> भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै >> ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती >> इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो >> पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान >> महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै >> रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै >> पूर्ण बहादुरको सारङ्गीले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो >> सरकारः उपनिर्वाचन भयरहित बनाऊ >> तिललाई पहाड बनाउने काम नगरौं >> शैक्षिक प्रणालीमा परिवर्तन भएन: मन्त्री तिमिल्सिना >> बन्ला त बुटवलमा फर्निचर ग्राम ? >> कक्षा ११ र १२ अनुत्तीर्ण १४ लाख विद्यार्थीले मौका परीक्षा दिन पाउने >> ‘खर्ब बढी लगानीमा उद्योगीप्रति सरकारको वेवास्ता’ >> यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र थाइल्याण्ड खेल्दै >> पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना >> तराईको प्रचण्ड गर्मीमा स्याउ खेती >> एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ? >> क्यालिफोर्नियामा नगर सदस्यमा भट्टराई निर्वाचितः गृहनगर तिलोत्तमामा खुशियाली >> रोटरी क्लव अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन >> नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा >> सहकारी वा मानव तस्करीमा संलग्न प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्छ- महामन्त्री थापा >> नेपाल युएईसँग पराजित >> गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ >> पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : १७१ यात्रु ल्याएको जजिराले १६८ जना लिएर उड्यो >> गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान >> एमाले केन्द्रीय सल्लाहकार पोखरेलको निधन >> समयः एक अमूल्य सम्पत्ति >> ८७ जनामा डेङ्गुको सङ्क्रमण >> वडामै भत्ता पाउँदा लाभग्राहीलाई सहजता र सुबिधा >> कोलनगरमा बर्मी भिक्षुको चासो >> कलाका त्रिवेणी बेन >> डाइलासिस गर्नेलाई पालोको सकस >> बर्दघाटमा बंगुर फर्मः वर्ष दिनमा ढाई करोडको बिक्री >> आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै >> गौतमबुद्ध विमानस्थलमा आज एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान >> कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनित >> महिला अधिकार महासन्धि छायाँ प्रतिवेदनका लागि लुम्बिनीमा सुझाव संकलन >> निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए केदार >> सुर्खेतमा मिनिबस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, २५ जना घाइते >> फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक >> धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा >> विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जपानी निकायबीच सहकार्य हुने

रगतमै देख्ने कस्तो विभेद ?

१२ भाद्र २०७५, मंगलवार
१२ भाद्र २०७५, मंगलवार

गोविन्द राज पोखरेल

हिन्दु बर्णाश्रममा अनौठो चलन आयो । मान्छेले मान्छेलाई नै मान्छेको रूपमा देखेन । धन दौलत र बिलाशितामा रमाउने प्राणीले श्रम, सीप र मिहेनत गर्ने बर्गमाथि एउटा बलियो डण्डा चलायो । उसका थुकका छिटाहरू पनि किम्मती बने । तर, पसिनाका धाराहरू कौडिको बन्न पुग्यो । श्रम, सीप जाँगरलाई आप्mनो अनुकुल बनाउँदै लगे । जसले थुक बेच्छ उ अभिजात बर्ग बन्यो । श्रम र पसिना बगाउने, सीप चलाउने तल्लो बर्ग बन्न पुग्यो । रगत सबैको रातो हुन्छ । सबैको रगतले सबैलाई बचाउन सक्छ । उपचारको हकमा सहयोगको रूपमा कसैको रगत पनि तल्लो उपल्लो हुँदैन । सबैको रगतले बराबरी काम गर्दछ ।
हाम्रो परम्परा र सोंच कतिसम्म पुरातनवादी छ भने बस्तु राम्रो मानिन्छ तर पेशा घृणित छ । पेशालाई घृणित मान्नेले बस्तुको पनि अस्विकार्यता हुनुपर्ने हो । जुत्ता राम्रो मान्छौँ, गहना राम्रो मान्छौँ, गाग्री राम्रो मान्छौ तर जुत्ता सिलाउने सार्की, गहना बनाउने सुनार, हँसिया बनाउने कामी, भाँडा बनाउने टमटा, लुगा सिलाउने दमाइलाई दोस्रो दर्जाको मान्छे सम्झन्छौँ । उ बन मान्छे पनि होइन, उ चिम्पान्जी पनि होइन । तर पनि उसलाई किन मान्छेको रूप देखेन ? कुनै ब्राह्मणले छुवाछुतका व्यक्तिलाई गर्भिणी बनायो उनको गर्भमा रहेको रगत पनि बिभेदमा पर्यो । धर्मका आधारमा जात र जातका अधारमा पेशा अनि पेशाकै कारणले छुवाछुतको व्यबस्था गर्नु मानब जीवनको कलङ्कित अबस्था हो । गर्भमै मान्छेलाई अछुतको बिल्ला भिराउने र जीवनभर उ माथि गरिने अन्नयायपूर्ण व्यबहार कहालीलाग्दो नै छ । गरिवीको आहालबाट बाहिर निस्कन हात दिएकाहरूलाई आहालबाट बाहिर निकाल्नुको सट्टा झन् आहाल भित्रै गाड्ने प्रबृत्तिले मानवियता माथि नै प्रहार गरेको देखिन्छ । दलित आफै भएका होइनन् कसैले बनाएर भएका हुन् ।
नेपालमा किरातकाल पछिका २०० बर्षसम्म पनि यस प्रकारको छुवाछुतको अबस्था देखिँदैन । तर त्यसपछि झाँगिएको यो अबस्था जति पीडादायी छ त्यसलाई सामान्यायीकरण गर्न त्यत्तिकै कठीन बनाइएको छ । युरोप, अमेरिका वा बिकसित मुकुकमा जन्मिएको कालो, गोरो छाला भएको गाई , सुँगुर, कुकुर, बिरालोको मासु खाने व्यक्ति अथितिको रूपमा डाइनिङ टेवलमा बसेर ब्रेक फास्ट, डिनर र लन्च गर्दछन् तर छिमेकमा भएको, मर्दा पर्दा सधै सहयोगी बन्ने व्यक्ति दैलोको छेउँबाट सम्बोधन गर्न पनि डर छ । उसले टेकेको जमीन नै अशुद्ध हुन्छ । टेकेको जमीनलाई पनि जौं तिल कुशले शुद्ध बनाउन खोजिन्छ, सुन पानी छर्कन्छ । यो भन्दा बिडम्बना के हुन सक्छ ? गर्भको रगतमै बिभेद, पशु भन्दा पनि तल, रगतमै बिभेद, जीवनमै बिभेद, मृत्युमै बिभेद कस्तो अचम्म ?
लोकतन्त्रमा जनतालाई बाँध्नमात्र कानुन निर्माण गरिँदैन । कानुन बलियो बनाए पछि सरकार बलियो बन्छ, सरकार बलियो बनेपछि राज्य बलियो बन्छ भन्ने मानसिक्ता अहिले पनि त्यतिकै रहेको छ । कानुनको दम्भमात्र प्रयोग गर्नाले प्रजातन्त्रलाई भन्दा निरङकुशतालाई बल पुग्छ । मुलुकले अहिलेसम्म पनि राजनीतिक स्थिरता प्राप्त गर्न नसक्नु यो पनि यौटा यथार्थ हो । समाजमा कानुनी बल भन्दा नैतिक बल नै माथि हुन्छ । माक्र्सले परिकल्पना गरेको कानुन बिहिन र राज्य बिहिनको अबधारणा त्यसैलाई आधार बनाएर गरेका होलान् । सरकारमा बस्नेहरू पनि भ्रष्ट, स्वेच्छाचारी, अपारदर्शी हुन्छन् । न्यायिक स्वतन्त्रताले मुर्त रूप लिनबाट बञ्चित गर्दछन् । अभिमत वा जनमत जे भने पनि सत्तामा बस्नेलाई भौतिक सुख सुबिधा प्राप्त गर्न वा निरंकुशतामा ढाल्नको लागि अबश्य होइन । मुलुकमा थिति बसोस्, बिकास र समृद्धि बर्सोस्, आम नागरिकले शान्ति सुरक्षा र अमन चयन कायम भएको महशुस गरुन् भन्ने हो । कानुनले नागरिकलाईमात्र होइन सरकारलाई पनि बाँध्छ भन्ने सिद्धान्त हो । तर त्यसको कार्यान्वयन नभएकै कारण स्वेच्छाचारी तवरबाट आम नागरिकमाथि कानुन लाद्ने गरिन्छ । सत्तामा बस्नेलाई छुँदैन । दलित मन्त्री बन्दा, हाकिम बन्दा पनि समस्या ज्युँका त्युँ छ । सत्तामा बस्ने जोसुकै होस् उसकै स्वेच्छाचारिताले बर्णाश्रम व्यबस्थाबाट छुवाछुत प्रणालीलाई यहाँसम्म ल्याएको हो । यो बिभेदै बिभेदको गुथुरो कसेर जीवन जिउन कष्ट गरिरहेका यी प्राणीहरूलाई केही नेपाल कानुनले न्याय गर्न खोजेको तपशिलको व्यबस्थालाई हेर्न सकिन्छ ।
बर्तमान अबस्थामा नेपालको संबिधान २०७२ को धारा १७ (च) को (१) मा व्यबस्था भए बमोजिम खण्ड (क) को कुनै कुराले जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने व्यबस्था छ । यस्तै उक्त संबिधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकमा छुवाछूत वा भेदभाव गरिने छैन भन्ने व्यबस्था छ । उत्पादन वा वितरणमा, उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा, जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनैप्रकारको भेदभाव र संबिधानमा सबैप्रकारको छुवाछुत तथा भेदभावजन्य कार्य सामाजिक अपराधको रूपमा मानिने र कानुन बमोजिम दण्डनीय हुने कार्य हुनुका साथै क्षतिपूर्ति पाउने हक हुने व्यबस्था छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १६० मा भेदभावपूर्ण व्यबहार गर्न नहुने व्यबस्था गरेको छ । जसमा कानुनको प्रयोग गर्ने अधिकारीले भेदभावपूर्ण तरिकाले वा जातजाति, धर्म, बर्णको कारणले भेदभाव गर्न नपाउने व्यबस्था गरेको छ । त्यस्तै दफा १६१ ले कुनै बस्तु सेवा खरिद गरी बिक्री बितरण गर्ने सवालमा पनि कुनै निश्चित जातजातिलाई मात्र गर्न पाउने गरी गर्न नपाइने व्यबस्था गरेको छ ।
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ पनि लागु गरेको छ । तर पनि कतिपय स्थानमा अहिले पनि पेशालाई निचो बनाउँदा उचो भएकाहरूले राज गरिरहेका छन् । शायद यसै भएर होला नेपालले २५ बर्षसम्मको लागि जातीय आधारमा पछाडि पारिएका व्यक्तिहरूलाई समावेशी बनाउन र राज्यको नीतिगत तहमा माथि पुराउन आरक्षण समेतको व्यबस्था गरेको् देखिन्छ भने त्यसको कार्यान्वयन अनुगमन तथा सुपरीवेक्षणको लागि दलित आयोगको व्यबस्था गरेको हो ।
कानुनमा भएका र संबिधानमा कोरिएका शव्दहरूले छुवाछुत र भेदभावलाई अन्त्य गर्दैन । जति सभ्य समाजको निर्माण गर्दछौँ त्यति नै हाम्रा बिभेदहरू अन्त्य हुँदै जाने हो । समाजमा सम्मानपुर्वक जीवन यापन गर्ने, धार्मिक, साँस्कृतिक बिभेदको पूर्ण अन्त्य गर्न नैतिक बल स्थापना गर्न जरुरी देखिएको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा हस्ताक्षर एवं अनुमोदन गरिएका महासन्धिहरूलाई कार्यान्वयन गर्न जरुरी देखिएको छ । यसरी उल्लेख भएका धेरै कानुन यत्रतत्र भेटिन्छ । कानुनको जोरजामले मानवीयताको सम्बोधन कति भयो होला ?
कानुन, सन्धि महासन्धिहरूलाई सरसरी केलाएर हेर्ने हो भने पनि मानब समुदायप्रति गरिएको बिभेदको लागी न्याय गर्न कोरिएका शब्द हुन । मान्छेको थरले उसको रगतलाई बिटलो बनाउने त्यो अबस्थालाई कसरी सम्बोधन भयो ? आरक्षणले ? समावेशीले ? अभावमा पाएको खुशियालीले ? गरिवीको वीचबाट उठेको धरातलले जीवन भर अपहेलनामा रुमल्लीएको र पीडै पिडामा रहेको ती समुदायलाई कानुनमा कोरिएका शब्दले न्याय दिन्छ कि दिंदैन ? अर्को प्रश्न खडा भएको छ । मान्छेको व्यबहारले सदविचारले मान्छेलाई हेर्ने हो । एउटा मान्छेले अर्को मान्छेलाई मान्छेकै रूपमा किन हेरेन ? मान्छेकै कोटीलाई अर्को अर्थमा किन हेरीरहयो ? रगतमै देखिने बिभेदको अन्त्य कसरी होला ? समाजवाद उन्मुख भनेर संबिधानमा लेख्दैमा हुन्छ र ? अछुत भनेर जेल सजाय वा क्षती पूर्ति दिएर यसको निसाफ हुन्छ र ? सरकार ! रगतमै देखिने बिभेद अदालती व्यबहारले मात्रै गर्ला कि अन्य पाटो पनि छ ? à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?