© २०२३
एई ग्लोवल बुटवलको आयोजनामा यहि भदौ १६ गते शनिवार बुटवलमा अष्ट्रेलिया अध्ययनको लागि जाने विद्यार्थीहरू लक्षित शैक्षिक मेला आयोजना गर्ने भएको छ । जसको सम्पूर्ण तयारी पुरा भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना एईग्लोवल रिजनल म्यानेजर गंगा प्रसाद सापकोटाले तयारी पुरा भएको जानकारी दिए । बुटवल मिलनचौकमा रहेको दियालो फुडल्याण्डमा उक्त शैक्षिक मेला आयोजना हुने छ ।
मेलामा अष्ट्रेलियाका विभिन्न विश्व विद्यालय तथा कलेजहरूका प्रतिनिधिहरूको सहभागीता रहने सापकोटाले जानकारी दिए । जसमा करिव ५० वटा भन्दा बढि स्टल सहभागी हुनेछ । विद्यार्थीहरूलाई पुर्णरूपमा निःशुल्क प्रवेश, काउन्सील र जानकारी दिइने उक्त शैक्षिक मेलामा विभिन्न विश्व विद्यालय र कलेजहरूले ३० प्रतिशत सम्म विशेष छुट दिन सक्ने एई ग्लोवल का एड्मिन डाईरेक्टर सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार उक्त मेलामा करिव २ सय भन्दा बढि विद्यार्थीको सहभागिता हुने अपेक्षा गएिको छ । १६ गते शनिबार विहान १० बजे देखि ५ बजे सम्म उक्त शैक्षिक मेला आयोजना हुनेछ । जसमा विद्यार्थीले प्रत्यक्ष रूपमा अष्ट्रेलियाबाट आएका कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरू संग भेटघाट गर्न पाउने छन् । यसको साथै फेयरमा विद्यार्थीहरूको फाईनान्सीयल एजेन्डा, बैंक प्रोसेसिङ्ग, आएल्स, टोभेल, पिईटी, स्याटको विषयमा समेत जानकारी प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । मेलामा बैंक पार्टन, एनएवि बैंक, प्रिन्ट पार्टनर सेमलार पीन्टीङ्ग प्रेस, टिकटिङ्ग पार्टनर प्लाई मि टुस एण्ड ट्राभल्स को समेत सहभागीता हुने छ । अष्टोलियाको सिड्नी र ब्रसिब्नी मा मुख्य कार्यलय रहेको एई ग्लोबलका काठमाण्डौ, भुटान, भारतका साथै नेपालमा चितवन, बुटवल, पोखरा, ईटहरी, मुर्गिया (रूपन्देही) मा शाखाहरू रहेका छन् ।