© २०२३
बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले असल अभिभावक अभियान कार्यक्रम गरेको छ । कक्षा चारमा अध्ययनरत बालबालिकाहरूका अभिभावकहरूलाई सोमबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक टीकाराम न्यौपानेले विद्यालयका गतिविधिका बारेका जानकारी गराउँदै विद्यालय र अभिभावक मिलेर मात्र बालिबालिकालाई राम्रो बनाउन सकिने बताए ।
उनले बालबालिकामा असल संस्कार विकास गर्नका लागि विद्यालयले जहिलेपनि प्राथमिकता दिएको उल्लेख त्यो प्रयास अभिभावकहरूले पनि गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा प्रशिक्षक दिनेश खड्काले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका थिए । अभिभावकहरूलाई असल बन्ने तरिका, खेल्नूपर्ने भूमिका र दायीत्वकाको बारेमा प्रयोगात्मक रूपमा बताईएको थियो । करीव १ सय ३० सय जना अभिभावकको सहभागिता रहेको र यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयका उपप्राचार्य ज्ञानु थापाले जानकारी दिईन् ।
à