© २०२३
बैज्ञानिक र जनवादी शिक्षाप्रणाली लागू गर्न अहिलेको सरकार लागि परेको प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् । उनले गरिखाने शिक्षा नै आजको आवश्यकता भएको बताउदै शैक्षिक पद्धतिको विकासको लागि विशेष सक्रियता बढाउने बताए । रूपन्देहीको देवदहमा अवस्थित केरवानी माध्यमिक बिद्यालयको नवनिर्मित तिन कोठे भवनलाई समुद्घाटन गर्दै उनले बिद्यालयको भौतिक विकासको लागि सहयोगको हात बढाउने बताए ।
राज्यले शिक्षामा अरबौ बजेट आएपनि भनेजस्तो परिणाम आउन नसक्नुले बालुवामा पानी मिसिए सरह भएको बताए । उनले प्रत्येक स्थानिय तहमा एउटा मोडेल बिद्यालय स्थापना गर्न प्रदेश सरकार लागि परेको बताउँदै बिद्यालयको भौतिक विकासको लागि संघिय सरकारसंघ सहकार्य गर्ने बताए । कार्यक्रममा मन्त्री बरालले राजनीतिक अधिकारका लागि संघर्षको चरण समाप्त भएको बताउदै अब समृद्धि र जनताले अनुभुत गर्नेगरी विकासको पाटोमा लाग्न जरुरी रहेको बताए । उनले भने “जनताको माग अनुरूप विकासका खाका कोरी सोही दिशामा अगाडि बढ्न प्रदेश तथा स्थानिय सरकार लाग्न सके जनचाहना अनुरूप विकास निमार्णले प्रश्रय पाउने छ ।”
संविधान र कानुनले प्रदान गरेको अधिकार त्यो अधिकार संगसंगै सिर्जित आर्थिक लगायतका दायित्वहरू निर्वाह गर्नतर्फ लाग्न तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश नं. ५ का सासंद डा. कृष्णप्रसाद न्यौपाने, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलराज चापागाइ, नगर शिक्षा अधिकारी हरिलाल अर्याल, बिद्यालयका प्रध्यानाध्यापक दुर्गादत्त शर्मा, बिद्यालयका सल्लाहकार प्रकाश अर्याल, वडा नं. ५ का कार्यबाहक अध्यक्ष विष्णु पाण्डे, शिक्षक कृष्ण न्यौपाने लगायतले आ–आफ्ना भनाई राखेका थिए । नेपाल सरकारको १९ लाख ५० हजार र १० लाख बिद्यालयको आन्तरिक श्रोतबाट गरी २९ लाख ५० हजारमा तिन कोठे भवन निर्माण गरिएको बताइएको छ ।