© २०२३
तीज पर्व नजिकीदै गर्दा तीज गीत र भिडियोले बजार तताएको छ । तीज पर्व आउनु भन्दा केही महिना अघि नै तयारी थाल्ने कलाकारहरूले विभिन्न भाकामा यस वर्ष पनि तीजका गितहरू बजारमा ल्याएका छन् ।
तीज गीत वजारमा ल्याउनेहरूको भिडमा दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ सुगुरखोलाकी डिला बस्यालले तिन वटा तीज गित बजारमा ल्याएकी छिन् । यस अघि तीन दर्जन जति गितहरू बजारमा ल्याईसकेकी बस्यालले यस वर्षपनि तीज गीत बजारमा ल्याउन सफल भएकी हुन् । २०६९ सालमा पहिलो पटक हातमा चुरा बोलको गितबाट लोक तथा दोहोरी गित रेकर्ड गर्न सुरु गरेको उनी बताउँछिन् । बस्यालले यस बर्ष ल्याएका तीज गितहरू आलु फल्ने पिरालुको घारी, एक दुई तीन छम छमी नाचिन्छ यो सालको तीजको दिन, नाप मेरो कम्मर बोलका नाचौ नाचौ जस्तो लाग्ने गीत ल्याएकी छिन् । उनका गीतमा गायक तिलक वली र दिपेन्द्र डांगीले साथ दिएका छन् ।
स्टेज कार्यक्रमहरुमा सहभागी हुने गरेको बताउने बस्यालले तीन दर्जन गितहरू पहिलेका वर्षमा बजारमा ल्याएर चर्चा कमाइसकेकी छिन् । उनलाई यस वर्षका तीजका गितहरूले थप चर्चा बटुल्न सफल बनाउनेमा उनी ढुक्क छिन् ।